बैशाख १३, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
मंसिर २०, २०७५
काठमाडौं– नेपालको शैक्षिक इतिहाससँग जोडिएको त्रिचन्द्र कलेज पछिल्लो समय अस्तव्यस्त र भद्रगोलको नमूना बन्दै गएको छ ।
कलेजमा प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायक गरी २ सय ४७ जना ‘शिक्षक’ छन् । तर उनीहरू त्रिचन्द्रभन्दा बाहिरका निजी तथा संस्थागत कलेजमा बढी सक्रिय हुने गरेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा कलेजमा कार्यरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायकमध्ये धेरैजना (तलब) पकाउन मात्रै कलेज आउने गरेको देखिएको छ ।
त्रिचन्द्र कलेजका शिक्षकदेखि कर्मचारीसम्मले कार्यालय समयको पालना समेत नगरेको सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ । यस्तै प्राध्यापकहरू कक्षा कोठामा सहभागी नै नहुने गरेको समेत सतर्कता केन्द्रले जनाएको छ ।
अस्तव्यस्तको नमूना
सतर्कता केन्द्रका अनुसार त्रिचन्द्र कलेजका भवनदेखि अन्य भौतिक संरचना समेत दयनीय अवस्थामा छन् । शौचालयहरू प्रयोग गर्न नसकिने अवस्थामा छन् । सरसफाइको अवस्थामा अत्यन्तै नाजुक रहेको सतर्कता केन्द्रले आफ्नो छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ ।
क्याम्पसको भवन समेत जीर्ण हुँदै गएको छ । प्रयोगात्मक अभ्यासका लागि आवश्यक पर्ने सामग्रीदेखि रसायनसम्म पनि अपुग रहेको सतर्कता केन्द्रले औंल्याएको छ ।
कर्मचारी नियुक्तिमा अनियमितता
त्रिचन्द्र कलेजमा गणित, जलवायु, तथ्याङ्क, प्रणीशास्त्र, वातावरण, भूगर्भ, माइक्रोवायोलोजी, रसायनशास्त्र, भौतिकशास्त्र गरी १० वटा विभाग छन् ।
ती विभागका लागि १ सय ९७ जनाको दरबन्दी स्वीकृत भएकोमा १ सय ५१ जना स्थायी रूपमा नियुक्त छन् । रिक्त ४६ पदमा करारबाट नियुक्त गरिएको छ । तर करार कर्मचारी नियुक्तिमा आर्थिक अनियमितता भएको सतर्कताले जनाएको छ ।
त्रिचन्द्र कलेजमा १ सय ५० जना शिक्षण सहायक कार्यरत छन् । उनीहरूलाई पनि करारमा नियुक्त गरिएको हो ।
त्रिवि कर्मचारी सेवासम्बन्धी नियम १० को उपनियम (१) र (१) को (क) अनुसार सेवा आयोगको सिफारिसका आधारमा मात्रै रिक्त पदमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गरिएको छ ।
पद रिक्त भएको १ महिनाभित्रमा सेवा आयोगलाई सूचना दिएर कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिने नीतिगत व्यवस्था भएपनि त्रिचन्द्रमा शिक्षकदेखि कर्मचारी नियुक्त गर्दा सेवा आयोगलाई सूचनासम्म दिइएको छैन ।
त्रिवि कर्मचारी प्रशासन महाशाखाको निर्णय नम्बर ४५४ का अनुसार कुनै विषयको आंशिक शिक्षक नियुक्ति गर्दा त्रिवि केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ ।
स्नातक तहका लागि साप्ताहिक न्युनतम १५ पिरियड र स्नातकोत्तर तहका लागि साप्ताहिक कम्तिमा १२ पिरियड कक्षा भार भएमा पाठ्यक्रम बनाएर केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर त्रिचन्द्रमा नियुक्त गरिएका कुनै पनि आंशिक शिक्षकको हकमा भने यो व्यवस्था लागू भएको छैन ।
सतर्कता केन्द्रले गरेको छानबिनबाट त्रिचन्द्र कलेजमा सामग्री खरिदको विषयमा समेत अनियमितता भएको भेटिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ तथा खरिद नियमावली, २०६४ अनुसार वार्षिक खरिद योजना तयार गर्नुपर्ने हुन्छ । साथै यस्तो खरिदका लागि खरिद इकाइ गठन गर्नुपर्ने कानूनी व्यवस्था छ । तर त्रिचन्द्र कलेजले गरेका सबै खरिदमा कानूनी प्रक्रिया मिचिएको सतर्कता केन्द्रले जनाएको छ ।
यस्तै विभिन्न कार्यक्रम आयोजनाका लागि आर्थिक सहायताका वितरणको नाममा पनि अनियमितता भएको सर्तकर्ता केन्द्रले औंल्याएको छ । कलेज प्रशासनले कलेज भित्रैका विभिन्न संस्था र व्यक्तिलाई हचुवाका भरमा रकम बाँडेको अख्तियारको छानबिनबाट फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...