×

NMB BANK
NIC ASIA

पूरा नभएको ओलीको त्यो आश्वासन, प्रचण्डको त्यो भरोसा

फागुन २७, २०७५

NTC
Premier Steels

काठमाडौं – ‘कतिपयलाई भोट हाल्न मन लागेपनि दलीय ह्विपले दिँदैन होला । यहाँबाट बाहिर गएपछि तपाईंलाई ड्राइभरले सोध्लान् केपी ओलीलाई भोट दिनुभएन ? घरमा खाना बनाउनेले सोध्लान्, ओलीलाई भोट दिनुभएन ? भोट दिन मिलेन भनेपनि देश बन्छ, ढुक्क भएर सुत्नुहोला, धैरै चिन्ता नलिनुहोला,’ ठीक १ वर्ष अगाडि अर्थात् २०७४ फागुन २७ गते संसदमा विश्वासको मत जिते क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । 

Muktinath Bank

ओलीलाई भोट माग्ने क्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘जनताले यो देशमा अराजकता होइन, बेथिति र विकृति होइन, विकासको नयाँ युग शुरू हुनुपर्छ भनेर मत दिएका हुन्, देशका सबै विकृति र विसंगतिविरुद्ध सरकारले कठोर कदम चालोस् । तपाईंहरूको हात बलियो छ, भ्रष्टाचार नियन्त्रण गर्न कठोर कमल चाल्नुहुनेछ भनेर विश्वास गरेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अलमलमा बितेको एक वर्ष


Advertisment
Nabil box
Kumari

नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको झण्डै १३ महिना र विश्वासको मत जितको १ वर्ष पूरा भएको छ । गत वर्षको फागुन ३ गते राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त ओलीले फागुन २७ गते संसदमा विश्वासको मत लिएका थिए ।

Vianet communication

सरकारले पहिलो वर्षको कार्यकाल समृद्धिका लागि आधार वर्ष भएको दाबीसहित सफल भएको बताएको छ । ओली सरकारको १ वर्ष पूरा हुँदै गर्दा आमजनतामा आशाभन्दा निराशा बढेको देखिन्छ । कारण जेसुकै भएपनि सरकारलाई समर्थन गरेको मधेश केन्द्रित राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा र कांग्रेसपछि तेस्रो दल रहेको राजपाको समर्थन फिर्तालाई सांकेतिक रूपमा पनि अर्थपूर्ण ठानिएको छ ।

रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला गरेको विरोधमा राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपनि आइतवार संसद्मा राजपाका नेता महिन्द्रराय यादवले भने, ‘सरकारको बोली र व्यवहारले जनताको शीर निहुरिएको छ ।’ यो त समर्थन फिर्ता लिने दलको कुरा भयो । सरकारमै रहेका र सरकारलाई समर्थन गरेका दलका नेताहरू समेत ओली सरकारको कार्यशैलीप्रति सन्तुष्ट देखिँदैनन् । गायक पशुपति शर्माले गाएको गीत ‘लुट कान्छा लुट’मार्फत् अभिव्यक्त भएको प्रतिक्रियाले पनि सरकारको काम कार्यशैली बारेको असन्तुष्टि बुझ्न सकिन्छ । 

सुदूरपश्चिमको प्रदेश सभामा गएर प्रधानमन्त्री ओलीले ‘जनताले मन नपराएपछि गायक’ले गीत हटाएको भनेर सफेद झूट बोले । शान्ति सुरक्षा कायम गर्न नसक्नु, बढ्दो भ्रष्टाचार र महंगी रोक्न नसक्नु तथा रोजगरी सिर्जनामार्फत आर्थिक विकासको मार्गमा हिँड्नु पर्नेमा गफमा भुलेको भनेर ओलीको आलोचना भएको छ । 

खनखन नगद र उधारोको प्रसंग

ओलीले विश्वासको मत लिने क्रममा प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं युवा नेता गगन थापाले सरकारसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि दुई तिहाइका लागि माथापच्चिसी गरिरहेको भन्दै दुईतिहाइको दिव्यशक्तिको मोहपछाडिको कारण सोधेका थिए । 

वाम गठबन्धनको घोषणापत्रमा उल्लिखित विकासे नारा उल्लेख गर्दै गगनले प्रश्न गरेका थिए, ‘प्रधानमन्त्रीज्यूले घोषणापत्र कण्ठ गरेर आइस् भन्नुहोला, अब कण्ठस्थ पार्ने मात्र होइन, पटक÷पटक यहाँ भन्नेछु, कांग्रेस अब माग्ने ठाउँमा आइपुगेको छ । अब वाचा पूरा गरेर देखाउनुस्, नगदमा चाहिन्छ, खनखन गनेर ....।’

विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले भनेका थिए– ‘अघि यहाँ एक जनाले भन्नुभो, हामी पढेर कण्ठ गरेर आउँछौ र पटक–पटक सवाल उठाउँछौँ, अत्यन्त खुशी लाग्यो, धन्यवाद ! त्यो घोषणापत्र बिहानबिहान पाठ गरेर पारि तरौँला भन्या होइन, देश बनाउनका लागि घोषणा गर्‍या हो । हामी पारि तर्ने होइन, यो देश वारि नै बनाउने भन्या हो ।’

भोट दिएकाहरू सोचमग्न हुने अवस्था आयो : गगन

त्यसपछि पनि गगनले ओलीलाई सदनमा प्रश्न गर्न छाडेका छैनन् । ओली र गगनबीच बेलाबखत घोचपेच पनि चलिरहन्छ । ओली सरकारले संसद्मा विश्वासको मत जितेको एक वर्षपछि गतवर्ष संसदमा ओलीलाई प्रश्न गर्ने गगनलाई सोध्यौं– ‘भोट नदिएकोमा पश्चाताप गर्नुपर्ने अवस्था आयो कि आएन ?’

जवाफमा गगनले भने– ‘त्यो बेलामा मैले प्रतिपक्षको सांसदको हिसाबले सरकारमाथि हाम्रो निगरानी रहिराख्छ, हाम्रा प्रश्न रहिरन्छ, तपाईंहरूले डेलिभर गर्नुपर्छ भन्ने आशयले राखेको थिए । प्रधानमन्त्रीले पनि त्यसलाई बढो उपहासको विषय बनाउनु भएको थियो र सार्वजनिक रूपमा पनि अति धेरै मानिसले मलाई धेरै मानिसहरूले सरकारप्रति र खासगरी प्रधामनन्त्री ओलीप्रति धेरै विश्वसनियता थियो र अहिले नै प्रश्न उठाउने भनेर त्यसलाई नकारात्मक रूपमा लिनुभएको अवस्था थियो । साँच्चिकै ओलीले भन्नुभए जस्तै भोट नहालेको मानिस पनि किन भोट हालिनँ भनेर सोचमग्न भएको अवस्था थियो । मैले त्यो बेला भनेको थिएँ– तपाईंहरूले केही पनि भन्न पाउनुहुन्न, तपाईंहरूको हातमा सबै कुरा छ । उधारोमा होइन क्यासमा दिनुपर्छ । भोट नदिएको मान्छेले सोचमग्न हुनेगरी एकवर्ष अगाडि उहाँको यात्रा शुरू भएको थियो । अहिले भोट दिएको मान्छे सोचमग्न भएको छ, किन दिएछु भनेर । प्रधानमन्त्री ओली आफैंले बोलेको कुरालाई जोडेर हेर्‍यो भनेदेखि कुनै एउटा क्षेत्रमा पनि बोलेका या गर्न चाहेका काम पूरा भएको छैन । सरकारले भनेका सबै कुरा गर्न सक्दैन, तर यो एउटा क्षेत्रमा मैले भनेको जति गरेँ, या जनताले अपेक्षा गरेको भन्दा बढी गरेँ भनेर एउटा क्षेत्र पनि देखाउन सक्नुहुन्न ।’

ओलीको वचन खेर जान्न : शान्ता चौधरी

ओलीको आश्वासन कहिले पूरा हुन्छ भन्ने प्रश्नमा नेकपा सांसद शान्ता चौधरीको जवाफ यस्तो छ– ‘केपी ओलीले दाबी गरेजस्तो बन्छ देश, विश्वस्त हुनुस् । यो सरकार नौ महिना टिक्ने या १ वर्षका लागि होइन । केपी नेतृत्व लिँदा देशले संघीयताको पहिलो अभ्यास गर्नुपर्ने अवस्थामा थियो । भौतिक संरचना निर्माण, कानून निर्माण र कर्मचारी व्यवस्थापन गर्न पर्ने परिस्थिति थियो । देशको अर्थतन्त्र मजवुत थिएन । अर्थतन्त्र सुदृढ गर्नुपर्ने थियो ती सबै चुनौतीको सामना गर्दै अगाडि बढ्न पर्ने अवस्था थियो । आज ओली नेतृत्वको सरकारमाथि हिजोको सरकारबाट भएका कमजोरीको अपजस पनि थोपरिएको छ । तर भ्रम र यथार्थको पहिचान जनताले गर्नेछन् । सबै प्रतिकूल अवस्थालाई सम्हाल्दे यो वर्ष जे काम भए त्यो पनि सामन्य होइन । अबको आर्थिक वर्षबाट जनताले अनुभूति गर्दै जाने गरी सरकारले पिकअप लिँदै जानेछ, विश्वस्त बनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x