×

NMB BANK
NIC ASIA

थाइल्यान्ड आमनिर्वाचन : मतदानमार्फत सैनिक कू !

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सन्देहवादीहरूका लागि आइतवार सम्पन्न आमनिर्वाचन अर्को सैन्य कू हो । तर यो कू बुलेट (गोली) मार्फत नभई ब्यालट (मतपत्र) मार्फत सम्पन्न भएको हो । अलिक आशावादी मूल्यांकनमा चाहिँ दक्षिणपूर्वी एसियाको यो मुलुकले राजनीतिलाई सडकबाट सदनमा पुर्‍याएको छ ।

Muktinath Bank

यी दुवै दृष्टिकोणका आआफ्नै विशेषता छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच वर्षअघि शासनसत्ता हातमा लिएका जनरल प्रयुत चान–ओचा फेरि पनि सत्तामा आउने सम्भावना छ । तर यसपालि उनी निर्वाचित नेताका रूपमा आएका छन् । सैनिकपरस्त पालाङ प्रचारत पार्टीले मतगणना गरिएका ९४ प्रतिशत भोटमध्ये ७७ लाख मत पाएको निर्वाचन आयोगको फेसबूक पेजमा पोस्ट गरिएको छ । 


Advertisment
Nabil box
Kumari

देशको सबभन्दा ठूलो दल फेउ थाइ दोस्रो स्थानमा रही ७२ लाखभन्दा अलिकति बढी मत पायो । पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको यो दलले सन् २००१ पछि पहिलोपटक चुनावी हार बेहोरेको छ ।

Vianet communication
Laxmi Bank

तर यसमा कथा बेग्लै छ । सिद्धान्ततः प्रयुतले तल्लो सदनको ५०० सीटमध्ये १२६ सीट मात्र जिते पुग्छ किनकि माथिल्लो सदन सिनेटमा सैनिक जुन्ताले २५० जना सांसद ल्याउन पाउँछ र आगामी प्रधानमन्त्री छान्नका लागि उनीहरूको पनि तल्लो सदन जत्तिकै भूमिका हुन्छ । 

यसको विपरीत थाक्सिनपरस्त पार्टीले बहुमत ल्याउनका लागि तल्लो सदनमा ३७६ सीट ल्याउनुपर्छ (दुवै सदनमा गरी कुल ७५० सीट छन्) । 

त्यसमाथि समानुपातिक प्रतिनिधित्वसम्बन्धी नयाँ नियमले थप जटिलता निम्त्याएको छ । सन् २०११ कै जस्तो भोट शेयर पाए पनि फेउ थाइ पार्टीले ४१ सीट कम पाउने द बैंकक पोस्टले छापेको छ । यसबाट भुम जय थाइ पार्टी जस्ता क्षेत्रीय दललाई फाइदा पुग्छ । गाँजालाई पूर्णतः वैध बनाउने प्रतिज्ञा गरेको भुम जयले पूर्व प्रधानमन्त्री अभिसित वेज्जाजीवको डेमोक्रेट पार्टीभन्दा राम्रो प्रदर्शन गरेको छ । निर्वाचनमा खराब परिणाम आएपछि अभिसितले राजीनामा दिएका छन् । 

दलहरूले प्राप्त गरेका सीटको कुरा गर्दा फेउ थाइ पार्टीले १३७, पालाङ प्रचारथ पार्टीले ९७, भुम जय पार्टीले ३९, डेमोक्रेट पार्टीले ३३, फ्युचर फर्वार्ड पार्टीले ३० र अन्य दलले १४ मत पाएका छन् । कसैको पनि पूर्ण बहुमत नआएकाले गठबन्धनका लागि जोडघटाउ भइरहेको छ । फेउ थाइ र पालाङ प्रचारथले अन्य दललाई फकाउन भरमग्दूर प्रयास गरिरहेका छन् ।

सन् २००१ मा थाक्सिन शिनावात्राको उदय भएपछि राजाको वरिपरि रहने बैंककका सम्भ्रान्तहरूले थाइ राजनीतिबाट उनको प्रभाव हटाउने प्रयास गरिरहेका छन् । थाक्सिनपरस्त एक दलले एक राजकुमारीलाई आफ्नो दलका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउन खोजेको थियो । यसबाट उसले संवैधानिक राजतन्त्रको अपमान गरेको ठहर गर्दै दल नै विघटन गरियो । 

तर सन् २००६ मा भएको कूपछि सत्ताच्युत भएर देशबाट निर्वासित थाक्सिन अझै पनि लोकप्रिय नेता हुन् । भ्रष्टाचारको आरोपमा अभियुक्त बनाइए पनि उनी अल्पविकसित उत्तरपूर्वी क्षेत्रमा लोकप्रिय छन् । उनले गाउँमा लगानी गर्ने कार्यक्रम ल्याएर राजधानीवरिपरिको क्षेत्रसँग रहेको खाडल भर्ने कोशिश गरेको भनी अझै पनि प्रशंसा हुने गर्छ । 

तर केही कुरा परिवर्तन भएका छन् । थाक्सिन वा उनकी बहिनीको लोकरञ्जनवाद (पपुलिजम) फेरि नदोहोरियोस् भनी जुन्ताले अल्पविकसित क्षेत्रलाई आवाज उठाउन दिने इच्छा देखाएको छ । सन् २०११ मा प्रधानमन्त्री निर्वाचित भएपछि यिङलक शिनावात्राले बजार मूल्य भन्दा बढीमा किसानहरूसँग अन्नबाली किनेकी थिइन् र थाइ चामलको निर्यातमा भएको प्रतिस्पर्धा अन्त्य गरेकी थिइन् । यसले गर्दा राज्यलाई आर्थिक भार प–यो । सन् २०१४ मा उनलाई सत्ताच्युत गरिएपछि चामलमा छुट दिने उनको कार्यक्रममा लापरवाही गरिएको भन्दै एक अदालतले उनलाई सजाय सुनाएको थियो । देशबाट भागेर उनले कारावास सजाय छलिन् । 

थाक्सिन अर्थतन्त्रको अन्त्य भए पनि क्षेत्रीय विभेद बाँकी नै छ । बैंककको दक्षिणपश्चिममा रहेको क्राबीमा पर्यटनको स्थिति राम्रो छ । त्यसैको छिमेकमा रहेको त्राङमा रबर खेती गर्नेहरू चिनियाँ सामानको व्यापार घटेसँगै समस्यामा परेका छन् । सन् २०११ को तुलनामा रबरको मूल्य दुईतिहाइले घटेको छ । 

उक्त क्षेत्र लामो समयदेखि डेमोक्रेट पार्टीको गढ थियो तर यसपालिको निर्वाचनमा उसको हारपछि साना दलका सांसदले स्थानीय सरोकारका विषयलाई संसदमा ल्याउने सम्भावना छ । 

विगत एक दशकमा थाक्सिनका रातो शर्ट लगाउने समर्थक र पहेंलो शर्ट लगाउने उदारवादी डेमोक्रेटहरूबीच हिंस्रक संघर्ष भएका छन् । त्यसमा अब अन्य दल पनि मिसिने भएका छन् । आइतवारको निर्वाचनपछि भविष्यमा कूको जोखिम कम हुने भयो भने लगानीकर्ताहरूको जीत हुनेछ । निर्वाचित भएर आएपछि सेनाले नागरिक मामिलामा आफ्नो नियन्त्रण मजबूत बनाएको छ र उसले फेरि कू गरिरहनुपर्ने आवश्यकता छैन । 

आइतवार सम्पन्न निर्वाचनले स्थिर सरकार नभए पनि टिकाउ लोकतन्त्रको बाटो खोल्छ भन्ने कुरामा सबैथोक निर्भर छ । टिकाउ लोकतन्त्र र स्थिर सरकार भएमा थाइल्यान्डले स्टार्टअप व्यापारलाई बढाउन पाउँथ्यो । लगभग ७ करोड जनसंख्या भएको देशमा स्टार्टअपहरू चल्नका लागि राम्रो बजार छ । 

थाइल्यान्ड स्वास्थ्यका लागि गाँजाको प्रयोगलाई वैध बनाउने पहिलो दक्षिणपूर्वी एसियाली मुलुक हालै बनेको हो । रबर खेती गर्ने कृषकहरू समस्यामा परेपछि भुम जय थाइको चुनावी प्रतिबद्धतामा उनीहरू ध्यान पक्कै पनि पुगेको हुनुपर्छ : ‘हामीलाई मत दिनुस् अनि हामी तपाईंलाई खुला रूपमा गाँजा रोप्न दिन्छौं ।’ 

थाइ मुद्रा भाट सन् २०१५ को अन्त्यदेखि एसियाको सबभन्दा अब्बल मुद्रा हो र थाइ भाटमा कारोबार गर्नेहरूले थाइल्यान्डलाई थप डलरको कमाइ गराउन पाउने स्थितिलाई बेवास्ता गरेका छैनन् । 
थाइ मतदाताले दिएको परिणामबाट प्रयुत सन्तुष्ट छन् । तर उनले भविष्यमा कठिन कार्य गर्न बाँकी नै छ ।

ब्लूमबर्गमा प्रकाशित एन्डी मुखर्जीको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x