×

NMB BANK
NIC ASIA

काठमाडौं –व्यापारी उपेन्द्र महतोको नेपाल मेडिसिटी अस्पताल प्रालिले राजकुलो (नक्सामा उल्लेख भएको र परम्परागत रूपमा चलिरहेको/नरहेको पानी बग्ने कुलो)सहित करिब साढे ३ रोपनी सरकारी जग्गा अतिक्रमण गरेको खुलासा भएको छ । लोकान्तर डटकमको एक महिना लामो खोजले यस्तो खुलासा गरेको हो ।

Muktinath Bank

मिचिएकोमध्ये एक रोपनी ४ आना जग्गामा मेडिसिटी अस्पतालको भवन नै ठडिएको छ । थप २ रोपनी ४ आना सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर अस्पताललाई ७०० बेड क्षमतामा विस्तार गर्ने प्रस्ताव सरकारी कार्यालयहरूमा पुर्‍याइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुर महानगरपालिका वडा नम्बर १८ साविक सैंबु ६ (क), ललितपुर–४ मा पर्ने साविक सैंबु ४ (च) र ४ (ज) मा गरी साढे २ सय रोपनीभन्दा बढी जग्गा उपेन्द्र महतोले खरिद गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अधिकांश जग्गा आश्विन्स मेडिकल कलेज प्रालिका नाममा छन् । सैंबु ६ (क) मा मात्र आश्विन्स मेडिकल कलेज प्रालिको नाममा १३४ कित्तामा करिब ९१ रोपनी जग्गा छ ।

Vianet communication

आश्विन्स मेडिकल कलेजका नाममा रहेका जग्गाहरूको कुल क्षेत्रफल (यहाँ केही कित्ताहरू छुटेका छन्)

मेडिकल कलेज सञ्चालनको उद्देश्यले उपेन्द्रले त्यति धेरै जग्गा किनेका हुन् । तर डा. गोविन्द केसीको पटक–पटकको आन्दोलनको बलमा काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने कानून बनेपछि उनको योजनाले मूर्तरूप लिन सकिरहेको छैन ।

यसका अलावा नेपाल मेडिसिटी प्रालि, उपेन्द्रका बुवा रामआशिश साहु र भाइ वीरेन्द्रप्रसाद महतोका नाममा पनि जग्गा खरिद गरिएको छ । एक कित्ता जग्गा उपेन्द्र महतोका नाममा समेत रहेको देखिन्छ ।

नेपाल मेडिसिटी प्रालिका नाममा रहेका जग्गाहरूको कुल क्षेत्रफल

सैंबु ६ (क) मा कित्ता नम्बर ४५९ र कित्ता नम्बर ७०६ को बीच भएर एउटा राजकुलो र एउटा कुलो उत्तर–पश्चिमतर्फ अघि बढेको नक्सामा देख्न सकिन्छ । २५७ र ९९७० कित्ता नम्बरका ती दुई कुलोको बीचमा ४५३, ४५४, ५१३ लगायतका कित्ता पर्छन् । कुलो आसपासका यी सबै कित्ता आश्विन्स मेडिकल कलेज प्रालिका नाममा छन् । 

२५७ नम्बर राजकुलोको क्षेत्रफल ७ रोपनी ४ आना छ । यो राजकुलो निकै परसम्म आश्विन्स मेडिकल कलेज, नेपाल मेडिसिटी प्रालि, रुविन हाउजिङ, एमजी हाउजिङ लगायतका संस्था तथा उपेन्द्र महतोका परिवारका सदस्यहरूको नाममा रहेका जग्गाको बीच हुँदै अघि बढ्छ । यी सबैजग्गा महतो परिवार र उनीहरूकै कम्पनीसँग सम्बन्धित छन् ।

हेर्नुहोस्, नक्सा :

९९७० नम्बर कुलो भने पूर्णरूपमा आश्विन्स मेडिकल कलेजकै नाममा रहेको जग्गाको बीचमा पर्छ । उक्त कुलोको क्षेत्रफल ३०३ वर्ग मिटर अर्थात् करिब ९ आना २ पैसा छ । 

सरकारको नाममा रहेको ३९० नम्बर कित्ताको ४ आना जग्गा कित्ता नम्बर ३८९, ३९१, ३८६, ३८७, २३८, ६७७ र ६७८ को बीचमा पर्छ । यीमध्ये ३९१ र २३८ नम्बर कित्ताको जग्गा उपेन्द्र महतोका बुवा रामआशिश साहु र बाँकी जग्गा आश्विन्स मेडिकल कलेज प्रालिका नाममा छन् ।

संस्थाको प्रयोजनमा प्रयोग हुने गरी प्लानिङम परमिटमा समेत समेटिएकाले व्यक्तिको नाममा रहेका जग्गाहरूको विवरण पनि यहाँ उल्लेख गरिएको हो ।

यसरी ठडियो सरकारी जग्गामा भवन

२०७२ साउन २९ मा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री स्तरीय निर्णय अनुसार स्वीकृत तथा स्थानीय तहहरूलाई पठाइएको ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन’मा भनिएको छ– सार्वजनिक, ऐलानी, पर्ती जग्गाहरूलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयविना कोही कसैलाई कुनै पनि प्रयोजनका लागि हक भोग हस्तान्तरण गर्न वा उपयोग गर्न सिफारिस गर्न पाइने छैन ।

मेडिसिटी अस्पताल रहेको भवन त्यसअघि नै उपत्यका विकास प्राधिकरणको भवन निर्माण मापदण्ड–२०६४ को जगमा टेकेर ठडिएको देखिन्छ । तर उसले प्राधिकरणकै मापदण्ड अनुसार दिन्छु भनेको सट्टा जग्गा समेत अझै दिएको देखिन्न ।

आवास क्षेत्र, हस्पिटलजस्ता ठूला संरचना बनाउनका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट प्लानिङ परमिट अर्थात् स्वीकृति लिनुपर्ने हुन्छ । सरकारी तथा सार्वजनिक जग्गालाई समेटेर प्लानिङ परमिट दिन मिल्दैन । 

बीचमा कतै सार्वजनिक तथा सरकारी जग्गा र सञ्चालनमा नरहेका राजकुलो तथा कुलो परेको छ भने त्यसको सट्टामा सरजमिन गरी स्थानीयहरूको समेत सहमतिमा अन्यत्र कतै सट्टा जग्गा दिन सकिने कुरा मन्त्रिपरिषद्बाट नै स्वीकृत भएको भवन निर्माण मापदण्ड २०६४ मा उल्लेख रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

यसैमा टेकेर २०६६ कात्तिक ११ मा साविक सैंबु गाविसले दिएको सिफारिस पत्र लिएर आश्विन्स मेडिकल कलेजका प्रतिनिधि प्लानिङ परमिटका लागि उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय ललितपुरमा पुग्छन् ।

पत्रमा लेखिएको हुन्छ – कित्ता नम्बर २५७ को राजकुलो र ३९० नम्बर कित्ताको सरकारी पर्ती जग्गा गरी करिब ३ रोपनी जग्गा प्रस्तावित आश्विन्स मेडिकल कलेजको भवन निर्माण क्षेत्रभित्र पर्ने भएकाले त्यसको सट्टामा कित्ता नम्बर २०१ बाट १ रोपनी १२ आना, कित्ता नम्बर २०२ बाट १० आना ३ पैसा, कित्ता नम्बर ७७८ बाट ३ आना ३ पैसा र कित्ता नम्बर ७७९ बाट ३ आना ३ पैसा सट्टा लिने गरी सिफारिस गरिएको छ ।

गाविसको लेटरप्याडमा पठाइएको उक्त पत्रमा गाविसका तत्कालीन सचिव कुमारबहादुर केसीले हस्ताक्षर गरेका छन् । केसीले पत्रमा गाउँ परिषद्को २०६६ वैशाख २८ गतेको निर्णयका आधारमा सिफारिस गरिएको उल्लेख गरेका छन् ।

नख्खु खोला करिडोरमा पर्ने जग्गा सट्टामा दिन्छु भनेर सरकारी निकायलाई कसरी पंगु बनाइयो भन्ने विषय दोस्रो भागमा उल्लेख गरेका छौं ।

सट्टा दिने गरी प्रस्तावितमध्ये २०१ नम्बर कित्ता उपेन्द्र महतोका भाइ वीरेन्द्रप्रसाद महतो र २०२ तथा २७९ नम्बर कित्ता आश्विन्स मेडिकल कलेजको नाममा रहेको छ ।

५० रोपनी जग्गामा ३०० शय्या क्षमताको अस्पताल भवन निर्माणका लागि भनेर परमिट प्राप्त पनि हुन्छ । तर परमिट दिँदा गाविसको सिफारिसमा रहेका कित्ताहरू नभई हाल मेडिसिटीको भवन रहेको स्थानबाट दक्षिण–पूर्वमा पर्ने नख्खु खेलातर्फको जग्गा छाड्ने भनी रेखाङ्कन गरिएको छ ।

हेर्नुहोस्, प्लानिङ परमिट :

प्राधिकरणले परमिट दिँदा सरकारी जग्गा र सट्टामा दिनुपर्ने जग्गाको स्वामित्व हस्तान्तरण भइसकेको हुँदैन । कानून र सरकारी मापदण्डलाई लत्याएर ‘विश्वास’का भरमा सरकारी तथा सार्वजनिक जग्गामा संस्थालाई भवन ठड्याउने अनुमति दिइन्छ ।

‘उसले सट्टामा यति जग्गा कट्टा गर्नका लागि स्वीकृति दिन्छु भनेपछि उतिबेला विश्वासमा परमिट दिएका होलान्,’ प्राधिकरणका ललितपुर जिल्ला आयुक्त दिनेशकृष्ण पोते श्रेष्ठले लोकान्तरसँग भने, ‘सट्टामा जग्गा राख्नुपर्ने हो तर अहिलेसम्म पनि राखेको देखिएन ।’

सरकारी निकायले सट्टा जग्गा किन राखेनन् त ? यसै समाचारको दोस्रो भागमा विस्तृत जानकारी समावेश गरिएको छ ।

सरकारी तथा सार्वजनिक जग्गामा संस्थालाई भवन ठड्याउन दिनेजस्तो कुरामा पनि विश्वास भन्ने हुन्छ ? कानून अनुसार अघि बढ्न पर्दैन ? भन्ने प्रश्नमा श्रेष्ठले थपे, ‘पहिला गर्नेले त्यसो गरे । यसबाट हामीले पाठ सिक्यौं, अहिले सट्टा जग्गा कट्टा नगरेसम्म परमिट दिने गरेका छैनौं ।’

यसरी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हुनुमा प्राधिकरण पनि मतियार बनेको देखिन्छ । तर श्रेष्ठ भने मतियार बनेको स्वीकार्न तयार छैनन् । 

त्यसरी लिइएको परमिट भने कारबाही स्वरूप खारेज हुनसक्ने उनको भनाइ छ ।

‘कारबाही स्वरूप प्लानिङ परमिट रद्द हुन सक्छ । परमिट रद्द भएपछि हस्पिटल चलाउन नपाउनेसम्मका कुरा हुन्छन् यो कानूनी कुरा भयो मैले पनि हेर्नुपर्छ,’ श्रेष्ठले भने ।

सैँबु ६ (क) को नक्सा

एउटा कुलो नै गायब !

मेडिसिटीको भवन बनेकै क्षेत्रमा पर्ने ९९७० नम्बर कित्ताको कुलो (जसको क्षेत्रफल ९ आना २ पैसा छ) बारे भने गाविसको सिफारिसदेखि प्लानिङ परमिटका लागि पेश गरिएका कागजातहरूमा समेत केही उल्लेख छैन । तर यो कुलोमाथि नै अहिले मेडिसिटी अस्पताल सञ्चालन भइरहेको छ ।

यस कित्ताबारे जिल्ला मालपोत कार्यालय ललितपुरमा बुझ्दा कुनै विवरण भेटिएन । त्यसपछि नापी कार्यालयको फिल्ड बूक चेक गर्दा भने क्षेत्रफलसहितको विवरण भेटियो । उक्त कुलोको क्षेत्रफल ९ आना २ पैसा छ ।

एक फिट पनि यताउता भएको छैन, बरु ३–४ रोपनी परे पनि दिन्छौं : महतो

आश्विन्स मेडिकल प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र महतो आफूहरूले एक इञ्च पनि जग्गा यताउता नगरेको जिकिर गर्छन् ।

‘जुन कुलो हाम्रो जग्गामा परेको छ, त्यसको साटो हामीले एक्स्ट्रा (अतिरिक्त) जग्गा बाटोलाई दिएका छौं,’ महतोले लोकान्तरसँग भने, ‘यो २०६६ सालदेखिको कुरा हो, अहिले ०७६ साल भइसक्यो, यहाँ काम नै हुँदैन, सम्बन्धित निकायहरूमा बुझ्नुस्, त्यहाँ पनि कुनै डिपार्टमेन्टमा प्रोसेसमा होला ।’

महतोले उल्लेख गरेको बाटोबारे हामीले अर्को अंकमा प्रस्तुत गरेका छौं । जहाँ स्थानीयले पनि बाटोका लागि जग्गा छाडेका छन्, मेडिसिटीले मात्र होइन ।

हदबन्दीको पनि समस्या रहेको उल्लेख गर्दै उनले जग्गा किन मिच्नुपर्‍यो भन्ने प्रतिप्रश्न गरे । ‘जग्गा हदबन्दीको पनि कुरा छ, बरु हाम्रो ३–४ रोपनी गए पनि जाओस्, हामीलाई जग्गा मिच्नुपरेको छैन,’ महतोले भने ।

पहिले आफूहरूले गाविसको सिफारिसमा प्रक्रिया अघि बढाएको उल्लेख गर्दै महतोले निर्वाचनपछि नयाँ नियमहरू आउँदा अर्कै प्रक्रियामा जानुपर्ने अवस्था आएकाले समस्या भएको बताए । 

‘पहिले कार्यान्वयन हुन सकेन, उहाँहरूसँग अधिकार नै थिएन । त्यो भएर हामीलाई अर्कै प्रक्रियामा जानुपर्ने भयो,’ महतोले भने ।

महतोले जे भने पनि अहिलेसम्म मिचिएको कुलोको सट्टामा अर्को जग्गा दिएको देखिँदैन । मेडिसिटी अस्पताल सरकारी तथा सार्वजनिक जग्गा मिचेर निर्वाध रूपमा सञ्चालनमा आइरहेको छ ।

हेर्नुहोस्, अन्य ३ भाग :

मेडिसिटीले नचायो सरकारी संयन्त्र, ‘षड्यन्त्र’ देखेर स्थानीयमा त्रास ! [लोकान्तर खोज– २]

नख्खु खोला नै धकेल्ने खेलमा मेडिसिटी [लोकान्तर खोज– ३]

बाटो छेक्ने गरी रातारात पर्खाल, अदालतमा मिलापत्रपछि त्यही देखाएर अतिक्रमण ढाकछोप [लोकान्तर खोज- ४]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x