फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडौं– सरकारले आर्थिक वर्षको अन्तिममा आएर तीव्र रूपमा बजेट खर्च गरेको छ । शनिवारसम्म कुल बजेटको ७७ प्रतिशत खर्च गरेको सरकारले मंगलवारसम्म करीब ८४ प्रतिशत खर्च गरेको छ ।
विदाको दिन समेत निकासा गरेर शनिवारसम्म १० खर्ब १६ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ खर्च गरेको सरकारले विगत ३ दिनदेखि सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गरेको छ । यसअघि शनिवार मात्रै २ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ निकासा गरिएको थियो ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बुधवार दिउँसो लोकान्तरलाई दिएको जानकारी अनुसार कुल बजेट खर्च ८४ प्रतिशत पुगिसकेको छ । यद्यपि उनले मंगलवारसम्मको तथ्याङ्क आफूले जानकारी दिएको र पछिल्लो तथ्याङ्कबारे अपडेट हुन नपाएको बताए । उनले दिएको जानकारी अनुसार चालू खर्च ८६ प्रतिशत, पूँजीगत खर्च ७६ प्रतिशत तथा वित्तीय व्यवस्थापन खर्च ९१ प्रतिशत भएको छ ।
महालेखा नियन्त्रकको तथ्यांक अनुसार शनिवारसम्म पूँजीगत खर्च ६३ दशमलव ५० प्रतिशत रहेको थियो ।
कुल ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ बजेटमध्ये शनिवारसम्म २ खर्ब ९४ करोड ३७ लाख रुपैयाँ खर्च गरिएको थियो ।
त्यस्तै चालूतर्फ शनिवारसम्मको खर्च ८२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च रहेको थियो ।
यसरी ३ दिनमा मात्रै बजेटको ठूलो हिस्सा खर्च भएको भन्दै आलोचना हुने भएपछि सरकारले आलोचनाबाट जोगिन सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गरेको छ ।
यसअघि महालेखा नियन्त्रक कार्यालयको वेइवसाइट मार्फत् दैनिक बजेटरी तुलनात्मक विश्लेषण सार्वजनिक गर्दै आएकोमा आइतवार साँझदेखि सो विवरण लुकाइएको छ ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले वेबसाइटमा खराबी आएका कारण विवरण नदेखिएको र मंगलवार साँझदेखि सञ्चालनमा आउने बताएपनि वेबसाइट अझै संचालनमा आएको छैन । खराबीकै कारण आफूहरू पनि तथ्याङ्कबारे अपडेट हुन नपाएको देवकोटाको भनाइ थियो ।
यसअघि निरन्तर रूपमा सार्वजनिक गर्दै आएको खर्च तथा राजश्व संकलन लक्ष्य अनुरुप नभएपछि अर्थमन्त्रीले आलोचनाबाट जोगिन महालेखाको वेइवसाइटमा देखिने विवरण लुकाउन लगाएको स्रोतले जानकारी दिएको छ ।
तर, अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले भने त्यसको बचाउ गरेका छन् । उनले मन्त्री र सचिवलाई मात्रै पहुँच दिइएको भन्ने कुरा सत्य नभएको बताउँदै बचाउ गरे । ‘उनीहरुलाई मात्रै पहुँच भन्ने कुरा होइन’ उनले भने, ‘महालेखा नियन्त्रकको विषय भएकाले यसबारेमा उतै जानकारी होला । हामीलाई आएको जानकारी अनुसार सिस्टममै खराबी छ ।’
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले सिस्टममै आएको खराबीका कारण सुचना देख्न नसकिएको बताए ।
त्यस्तै अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले राजश्व संकलन समेत करीब लक्ष्यको नजिक पुगेको बताए । ‘राजश्व संकलन ८ खर्ब ३५ अर्ब भएको छ’ उनले भने, ‘८ खर्ब ६० अर्ब राजश्व संकलन गर्ने संशोधित लक्ष्य अनुसार यो संकलन करीब ९७ प्रतिशत हो ।’
आर्थिक वर्ष २०७५/०७६मा कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट रहेको थियो । त्यसमा ८ खर्ब ४५ अर्ब चालुतर्फ, पुँजीगततर्फ ३खर्ब १३ अर्ब रुपैयाँको बजेट रहेको थियो ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...