×

NMB BANK
NIC ASIA

नवलपरासीमा सर्पदंश उपचार सेवा शुरु

साउन २१, २०७६

NTC
फाइल फोटो
Premier Steels

 नवलपरासी- पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो । 

Muktinath Bank

नवलपुरमा सर्पदंशका बिरामी धेरै हुने गरेकाले गण्डकी प्रदेश सरकारले सर्पदंश उपचार सेवा केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारबाट रु ४० लाख सर्पदंश उपचार केन्द्र निर्माण तथा सेवा शुरु गर्नका लागि बजेट विनियोजन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल अस्पतालको आकस्मिक कक्षबाट सर्पदंशको उपचार सेवा शुरु गरेको अध्यक्ष डा. खनालले बताए ।  उनका अनुसार प्रदेशबाट प्राप्त बजेटबाट सर्पदंश कक्ष स्थापनासहित उपचारका लागि जनशक्ति तयार गर्न तालीम प्रदानलगायतका कार्य गरिनेछ । हाल अस्पतालमा रहेको चिकित्सकलाई तालीम प्रदान गरी सर्पदंश उपचार सेवा शुरु गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने भेनम जनस्वास्थ्य कार्यालयबाट माग गरिएको अध्यक्ष डा. खनालले बताए । अस्पतालमा ५० भायल एन्टि स्नेक भेनम माग गरिएको छ । तत्कालका लागि सर्पदंशको उपचार गर्दै आएको कालीगण्डकी सामुदायिक अस्पतालबाट भेनम ल्याएर उपचार शुरु गरिएको उनले बताए । 

Vianet communication

गण्डकी प्रदेश सरकारले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र पहाडी क्षेत्रको बौदिकाली गाउँपालिकाको डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको थियो । डेढगाउँमा पनि चाँडै उपचार शुरु गर्ने तयारी गरिएको छ । 

नवलपुरमा विषालु सर्पको टोकाइका कारण समयमा उपचार नपाएर वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् । जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएसँगै सर्पदंशका बिरामीको उपचारका लागि सहजता हुने अस्पतालका अध्यक्ष डा. खनालले बताए । पहाडी क्षेत्रमा हुने सर्पदंशको घटनामा समयमा उपचार पाउन नसक्दा धेरैले ज्यान गुमाउँदै आएका थिए ।

डेढगाउँमा स्थापना गरिने सर्पदंश उपचार सेवा केन्द्रले पहाडी क्षेत्रका सर्पदंशका बिरामीको उपचारका लागि धेरै सहजता हुने स्थानीय वीरबहादुर बिसीले बताए । मध्यविन्दु जिल्ला अस्पतालमा शव परीक्षण सेवासमेत शुरु गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x