×

NMB BANK
NIC ASIA

छाडा बजार

बजारमा चोरी र नक्कली सामानको बिगबिगी, उजुरी पर्खिंदै सरकारी निकाय

भदौ ३, २०७६

NTC
Premier Steels

काठमाडौं – गत असार २४ गते अमेरिकी कम्पनी नर्थ फेस कर्पोरेसनले काठमाडौंको ठमेलमा रहेका ओतड कालापत्थर आउटडोर कलेक्सन सहितका ३८ व्यवसायीविरुद्ध ट्रेडमार्क चोरी गरेको भन्दै उद्योग विभागमा उजुरी दर्ता गर्‍यो ।

Muktinath Bank

‘आफ्नो ट्रेडमार्क चोरी गरी नक्कली उत्पादनको कारोबार गर्नेलाई आवश्यक कारवाही गरी क्षतिपूर्ति दिलाई पाऊ,’ नर्थ फेसले दिएको उजुरीमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग विभागले उजुरी अनुसार गत २९ साउनमा ठमेलमा अनुमगन गर्‍यो । अनुगमनका क्रममा नर्थ फेसको उजुरी पुष्टि हुने गरी नक्कली सामान बिक्री गरेको पाइयो । उद्योग विभागले त्यसक्रममा ८ बोरा नक्कली सामान जफत गरेको छ । बाँकी जरिवानाका लागि कानूनी प्रक्रियामा रहेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले बताए ।


Advertisment
Nabil box
Kumari

‘नक्कली सामान जफत गरेका छौं । कारवाहीको प्रक्रियामा रहेका छौं,’ उनले भने, ‘अहिले बयान लिने क्रममा छौं अनि कारवाही हुन्छ ।’ 

Vianet communication

विभागका अनुसार नक्कली सामान बिक्री वितरण गरेको पुष्टि भएमा पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन अनुसार कारवाही हुन्छ । पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार आधिकारिक कम्पनीको अनुमति विना ट्रेडमार्क (लोगो तथा नाम) प्रयोग गर्न पाइँदैन ।

अनुगमनकारी निकाय उजुरी विना चिन्दैन चोरी

नर्थफेसको उजुरीको आधारमा उद्योग विभागले अनुमगन गरेपछि नक्कली सामान बिक्री गरेको प्रमाणित भएको छ । यसअघि पनि यसरी ट्रेडमार्कको उजुरीको आधारमा नक्कली सामान बिक्री भएको पटक–पटक पुष्टि भएको छ ।

गत वर्ष मंसिरमा ट्रेडमार्क चोरी गरी सनसिल्क र युनिलिभर कम्पनीका उत्पादनका नाममा नक्कली स्याम्पु तथा लिपगार्ड बिक्री भइरहेका भन्दै विभागमा उजुरी परेका थिए । ती उजुरीका आधारमा उद्योग विभागले अनुमगन गरेपछि बौद्धका विभिन्न कस्मेटिक पसलले नक्कली स्याम्पु तथा लिप गार्ड बिक्री गरेको पुष्टि भएको थियो । ती व्यवसायीलाई उद्योग विभागले ट्रेडमार्क ऐन अनुसार १ हजारदेखि ३ हजार रुपैयाँसम्म जरिावना समेत गरेको थियो । 

नर्थफेसको ट्रेडमार्क चोरी गरेर नक्कली सामान बिक्री गर्नु र नक्कली स्याम्पु तथा लिपगार्ड बिक्रीका घटनाले बजारमा नक्कली सामान रहेको पुष्टि भएपनि बजार अनुमगनको मुख्य जिम्मेवारी पाएको निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरण विभागले यसलाई नियन्त्रण गर्न नसकेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले उद्योग विभागले ट्रेडमार्क ऐन अनुसार ट्रेडमार्कको मात्रै अनुमगन गरेपछि उपभोक्ताको तर्फबाट अनुमगन गर्ने जिम्मेवारी वाणिज्य विभागको नै रहेको बताए । ‘विभाग अनुगमन गर्नुको सट्टा मौन बसेको छ ।

उपभोक्ता ऐन अनुसार अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग हो,’ तिमिल्सिनाले भने, ‘ट्रेडमार्क चोरी गरी नक्कली सामान बिक्री गर्नु उपभोक्तालाई ठगी गर्नुसरह नै हो तर नक्कली बिक्री भएको पटक–पटक पुष्टि हुनुले विभागको अनुगमन फितलो भएको रुपमा बुझ्न सकिन्छ ।’

के भन्छ अनुगमन गर्ने निकाय ?

अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नक्कली वस्तु बिक्री गरेको उजुरी विभागमा नआएकाले अनुगमन हुन सकेको प्रतिक्रिया दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले विभागबाट निरन्तर अनुगमन भइरहेको तर नक्कली सामान बिक्री भएको भन्ने उजुरी पनि नआएको हुँदा त्यहाँसम्म अनुमगन टोली नपुगेको बताए ।

‘ट्रेडमार्क चोरी गरेर बिक्री गर्नु एक किसिमको ठगी नै हो,’ गौचनले लोकान्तरसँग भने, ‘तर यस्ता उजुरी हाम्रो विभागमा आउँदैनन् । उजुरी आएको खण्डमा हामीले अनुमगन गर्ने गरेका छौं ।’

गत वर्ष ट्रेडमार्कको एउटा उजुरी आएको र विभागबाट अनुमगन भएको भन्दै गौचनले त्यसको कारवाही प्रक्रियाको लागि उद्योग विभागमा पठाएको बताए । ‘गत वर्ष एउटा मसला उद्योगको उजुरी आएको थियो,’ उनले भने, ‘हामीले अनुगमन गर्दा ट्रेडमार्क चोरी भएको पाइएपछि बाँकी कारवाही प्रक्रियाका लागि उद्योग विभागमा पठाएका थियौं ।’

ट्रेडमार्क चोरीको कारवाही प्रक्रिया

पहिलेदेखि नै सञ्चालनमा रहेको उद्योगको नाममा कसैले उद्योग दर्ता गरेमा विभागले आफ्नो बुलेटिनमार्फत् सूचना जारी गर्छ । सूचनामा कसैको नाम तथा लोगो (ट्रेडमार्क) चोरी गरेको भेटिएमा ९० दिनभित्र लिखित उजुरी दिन उल्लेख गर्छ । सूचना अनुसार कुनै पनि उद्योगले आफ्नो ट्रेडमार्क चोरी गरेको ठहर गरेमा विभागमा उजुरी गर्न पाउने कानूनी व्यवस्था छ ।

उद्योगीले उत्पादनको नोक्सानी अनुसार सजाय र क्षतिपूर्ति माग गर्न सक्छन् । उजुरीका आधारमा विभागले ट्रेडमार्क चोरी गर्नेलाई पत्राचारमार्फत् विभागमा बोलाउँछ । पत्राचारमार्फत् विभागमा नआएमा राष्ट्रिस्तरको पत्रिकामा सार्वजनिक सूचना जारी गरेर विभागले बोलाउन पाउने कानूनी व्यवस्था रहेको छ ।

उजुरीमा माग गरेअनुसार तथ्य र प्रमाणको आधारमा ट्रेडमार्क चोरी गरेर कुनै वस्तुको बिक्री गरेको पुष्टि भएमा बिक्री गरेको रकम बराबरको जरिवाना गरिन्छ ।

कुनै उद्योगले ट्रेडमार्क चोरी गरेर उत्पादन मात्रै गरेको छ र बिक्री थालेको छैन भने मुद्दाको फैसला भएपछि वस्तु जफत गरी नष्ट गरिने उपसचिव टंक महतले बताए । उनका अनुसार विभागले हप्तामा ३ दिन मात्रै उजुरी हेर्ने गर्छ ।

उजुरीमा गरिएको माग, दाबी तथा प्रमाणका आधारमा मुद्दाको प्रकृति लम्बिन गएमा फैसला हुन पनि धेरै समय लाग्ने गर्छ । त्यसैकारण पनि उजुरीको संख्या बढी देखिएको विभागका अधिकारीको भनाइ छ । उजुरीमा पक्ष र विपक्ष सहितको उपस्थितिमा विभागका महानिर्देशको अध्यक्षतामा फैसला हुन्छ ।

फैसलाले कुनै उद्योगीको चित्त नबुझेमा अदालत जान्छन् र अदालतले अन्तिम फैसला गर्ने महतले बताए । उजुरीमा संक्षिप्त कार्यविधि ऐन अनुसार कारवाही गरिने व्यवस्था रहेको छ । ऐनमा १ रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था भएकाले नक्कल गरेको प्रमाणित भएमा सोही अनुसार कारवाही गरिन्छ ।

बजारमा नाम चलेको उद्योगको लोगो तथा नाम प्रयोग गरेर आफ्नो उत्पादनको बिक्री बढाउने उद्देश्यले उद्योगीले ट्रेडमार्क चोरी गर्ने गर्छन् । ट्रेडमार्क चोरी विश्व व्यापार संगठन (डब्लूटीओ) को मान्यता विपरीत रहेको र यसलाई रोक्न नेपाल सरकारको दायित्व हुन्छ ।

उद्योग विभागमा ५ सय उजुरी फर्छ्यौट हुन बाँकी

उद्योग विभागका अनुसार ट्रेडमार्क चोरीका ५ सयभन्दा बढी उजुरी फर्छ्यौट हुन बाँकी छन् । आइतवारसम्म ५ सय ३४ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको विभागको तथ्यांक रहेको छ ।

विभागका महानिर्देशक सिंहले फर्छ्यौटको प्रक्रिया नै लामो भएकाले फर्छ्यौट हुने संख्या बढी देखिएको बताए । उजुरी पर्ने क्रम पनि निरन्तर चलिरहन्छ,’ उनले लोकान्तरसँग भने, ‘उजुरी पनि मुद्दाको प्रक्रियामा जाने भएकाले अलि समय लाग्छ ।’

विभागमा ट्रेडमार्क चोरीका उजुरी परेपछि चोरी पुष्टि गर्न, बयान लिन लगायतका प्रक्रिया पूरा गर्दा फर्छ्यौट हुन समय लाग्ने विभागका अधिकारी बताउँछन् ।

गत आवमा २ सय ७७ उजुरी फर्छ्यौट

उद्योग विभागले गत आव २०७५/७६ मा २ सय ७७ उजुरी फर्छ्यौट गरेको जनाएको छ । आर्थिक वर्षमा ३ सय १६ वटा उजुरी परेको र सोमध्ये २७७ वटा फर्छ्यौट भएको विभागले जनाएको हो । उजुरीको फर्छ्यौट संख्या उल्लेखनीय भएको विभागका महानिर्देशक सिंहले बताए ।

भारतीय निरमा साबुनको लोगो पनि चोरी

विभागका अनुसार भारतीय चर्चित ब्राण्ड निरमा साबुनको ट्रेडमार्क चोरी भएको भन्दै विभागमा उजुरी परेको छ । गत असार २४ गते भारतीय निरमा लिमिटेडले आफ्नो ‘निरमा एडभान्स डिटरजेन्ट’ ट्रेडमार्क चोरी भएको भन्दै भिमगिरी सप एण्ड केमिकल इन्डस्ट्रीज काठमाडौंविरुद्ध विभागमा उजुरी दर्ता गरेको छ । ‘अनाधिकृत प्रयोगमा रोक लगाई इन्डस्ट्रीजलाई सजाय गरिपाऊ’ निरमाको उजुरीमा उल्लेख छ ।

गत साउन ५ गते जापानी कम्पनी युनिचार्मले सफा स्यानेटरी प्राइवेट लिमिटेड कागेश्वरीविरुद्ध ट्रेडमार्क दाबी विरोध गर्दै विभागमा उजुरी दर्ता गरेको छ । साउन ५ गते नै स्पेनको कम्पनीले नेपाली ‘पास्ता फुड कम्पनी’ प्राइवेट लिमिटेडविरुद्ध ट्रेडमार्क ‘ट्रेड जारा’ चोरी गरेको भन्दै उद्योग विभागमा उजुरी दर्ता गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x