×

NMB BANK
NIC ASIA

डेंगुको त्रास

डाक्टरको अनुभव : अस्पताल आउनेमा डेंगुको त्रास धेरै, संक्रमण कम !

भदौ २४, २०७६

NTC
Premier Steels

काठमाडौं – लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले सामान्य ज्वरोका बिरामीलाई समेत त्रसित बनाउने गरेको छ । 

Muktinath Bank

डेंगुको त्रासले काठमाडौंका अस्पतालमा जाँच गराउने आउने बिरामीको संख्या केही दिनयता ह्वात्तै बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अस्पतालमा जाँच गराउन आउने सबै बिरामीमा डेंगु नदेखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले बताए । 


Advertisment
Nabil box
Kumari

झापा घर भइ शंखमूल बस्दै आएका नारन घिमिरे सामान्य ज्वरो आएपछि डेंगु जाँच गराउन अस्पताल पुगे । तर उनमा डेंगु देखिएन । ‘डेंगु लागेकालाई जे पनि हुन सक्छ भन्ने डर फैलाइदिए, त्यसपछि डरले रातभर सुत्न सकिनँ,’ घिमिरेले भने ।

Vianet communication

अस्पतालमा उपचारका लागि आएका नारन घिमिरे (दायाँ)

डेंगुको लक्षण नभएको भन्दै चिकित्सकले उनलाई ज्वरोको सामान्य औषधि दिएका छन् । ‘सिटामोल दिनुबाहेक अर्काे विकल्प छैन,’ डा. बास्तोलाले बिरामी घिमिरेलाई भने, ‘घर, समाज फोहोर छ । सफा गरौं भन्ने कोही छैन । लामखुट्टेले टोकेको १ हप्तासम्म त ज्वरो नै आउँछ, तपाईलाई ४ दिन भएछ, सामान्य ज्वरो आएको, यसलाई डेंगु भनिँदैन ।’

तराईका अधिकांश भूभागमा डेंगुको त्रास फैलिएको छ । देशभर २७ हजारभन्दा धेरै व्यक्ति डेंगुका बिरामी रहेका रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगुको संक्रमण सर्वसाधारणमा मात्र सीमित छैन । मन्त्रीदेखि डाक्टर नै डेंगुबाट संक्रमित छन् । डेंगुका कारणले ५ दिनको अस्पताल बसाइपछि सोमवार डिस्चार्ज भएका छन् कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल । स्वास्थ्य परीक्षणका क्रममा डेंगु भएको पत्ता लागेपछि उनी गत बिहीवार अस्पताल भर्ना भएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना डेंगुका बिरामी छन् । राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रका बिरामी परीक्षणका लागि टेकु अस्पतालमा पुग्ने गरेका छन् । 

टेकु अस्पतालमा भदौ १५ गते आइतवार ७९ जना, सोमवार ८४, मंगलवार ७६, बुधबार १७६, बिहीवार १११, शुक्रवार १७५, शनिवार १४४ र आइतवार १९४ जना डेंगु परीक्षणका लागि आए ।

ललितपुरको पाटन अस्पतालमा ३ दिनदेखि लगातार डेंगुको परीक्षण गर्न बिरामीको भीड लागेको छ । अस्पतालमा ३० जना डेंगुका बिरामी भर्ना भएका छन् । ‘२–३ दिनमै ३० जनालाई भर्ना गरेका छौं, त्योभन्दा अगाडि १ जना पनि डेंगुका बिरामी यहाँ आएका थिएनन्,’ पाटन अस्पतालको मेडिसिन विभाग प्रमुख प्रा.डा. युवराज शर्माले भने । 

ललितपुरको लुभु, चापागाउँ, बल्खु तथा काठमाडौंको कालिमाटी र कलंकी क्षेत्रका धेरै बिरामी परीक्षणका लागि अस्पताल आएका छन् । ‘सबैमा डेंगुको संक्रमण हुँदैन । डरले धेरैजसो चेक गर्न आएका हुन्,’ डा. शर्माले भने ।

बिरामी

बिरामी

के हो डेंगु ?

लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, डेंगु । डेंगु लाग्दा मुख्यतः ज्वरो आउने गर्छ ।

चिकित्सकहरूका अनुसार भाइरस संक्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । 

डेंगुका लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकहरू बताउँछन् । समयमै उपचार पाएमा यो रोगबाट सजिलै बच्न सकिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोला

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोला मानिसकै लापवाहीका कारण डेंगुले प्रकोपको रूप लिने गरेको बताउँछन् ।

‘हाम्रो देशमा फोहोर गर्नेलाई न नीति बनाएर कारवाही गरिन्छ, न त त्यो मान्छेले मैले फोहोर गर्दा मलाई नै रोग लाग्छ भन्ने सोच्छ, चेतनाको कमी भएपछि कसरी सम्झाउनु ?’ प्रतिप्रश्न गर्दै डा. बास्तोला भन्छन्, ‘अबका दिनमा पनि

हामीले आफ्ना घर र समाज सफा राखेनौं र लुकेका लामखुट्टेका फुल र लार्भा नष्ट गरेनौं भने यसले महामारीको रूप लिन्छ ।’

यस वर्ष सुनसरीको धरानबाट डेंगुका बिरामीहरू देखा परेका थिए ।

पूर्वी नेपालबाट शुरू भएको डेंगुको प्रकोप धरान, वीरगञ्ज, हेटौंडा चितवन हुँदै राजधानी र पश्चिम तराईका जिललाहरूमा पनि फैलिएको छ ।

नेपालका अलावा बंगलादेश, श्रीलंका लगायतका देशमा समेत डेंगुको संक्रमण देखिएको छ ।

के–के हुन् डेंगुका लक्षण ?

ज्वरो आउने,

टाउको दुख्ने,

आँखा दुख्ने,

जोर्नी दुख्ने,

पेट दुख्ने,

बान्ता हुने,

शरीरमा बिबिरा आउने,

श्वासप्रश्वास रोकिएजस्तो हुने,

दाँतका गिँजाहरूबाट रगत आउने, आदि ।

बच्ने कसरी ?

डेंगुबाट बच्न आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने प्रवक्ता डा. बास्तोलाको सुझाव छ ।

‘व्यवहार परिवर्तन गरेर अगाडि बढ्नुपर्छ, जस्तै झुल टाँगेर सुत्ने, घरवरपर फोहोर नगर्ने गर्नुपर्छ,’ प्रवक्ता बाँस्तोलाले भने, ‘जहाँ शहरीकरण धेरै हुन्छ, तापक्रम धेरै हुन्छ, त्यहीँ डेंगुका रोगी धेरै हुन्छन् ।’

लामखुट्टेको वृद्धि विकास नरोकेसम्म डेंगुको महामारी अन्त्य नहुने उनको दाबी छ ।

लामखुट्टेको वृद्धि विकास रोक्न घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, सरसफाइ गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन् ।

थोत्रा टिन, फूलदानी, गमला, कुनाकाप्चा लगायतमा पानी जम्न नदिने र पानीका भाँडाहरू पनि खुला राख्न नहुने प्रवक्ता बास्तोलाको सुझाव छ ।

‘हामी आजैबाट लार्भा नष्ट गर्ने र समाज सफा गर्ने अभियानमा लागौं, बल्ल डेंगुबाट मुक्ति मिल्छ’ उनले भने, ‘तर एकपटक डेंगु सकियो अब घर सफा गर्न छोडिदिए हुन्छ भन्ने धारणा हटाउनुपर्छ र दैनिक रूपमा सरसफाइमा जुट्नुपर्छ, अनि मात्र हामीले डेंगुबाट मुक्ति पाउँछौ‌ं ।’    

महामारीको अहिलेको अवस्था अन्त्य हुन जाडो समय नै कुर्नुपर्ने बिडम्वना रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x