कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
पुस २६, २०७६
भनिन्छ- संघर्षले सफलता अवश्य दिलाउँछ । यो भनाइ कञ्चनपुरका तेक्वान्दो खेलाडी वीरबहादुर महरा (२४) मा पनि लागू भयो । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोमा उनले नेपाललाई स्वर्ण पदक दिलाए । वीरलाई लाग्छ- सागमा स्वर्ण पदक जित्नु निकै ठूलो सफलता हो । अझ उनको भनाइ मान्ने हो भने तेक्वान्दोका लागि गरेको दु:खको अगाडि यो सफलता फिक्का नै हो ।
सामान्य किसान परिवारमा जन्मेहुर्केका वीरबहादुर बच्चाबेलामा गुच्चा खेल्थे । नदीका बगरमा फूटबल खेल्थे । उनले बाल्यकालमा तेक्वान्दो चिनेका थिएनन् ।
उनी त्यस्तै १०-११ वर्षका थिए, स्थानीय लोकबहादुर महराले सोचेछन्- गाउँका केटाहरूलाई तेक्वान्दो सिकाउनुपर्यो । अनि वीरबहादुर पनि लोकबहादुर महराले शुरू गरेको तेक्वान्दो प्रशिक्षणमा भर्ना भए । अनि पञ्चाधिन माविको प्रागंणमा किक हान्न थाले ।
भर्ना त भए तर उनीसँग स्पेशल ड्रेस थिएन । गाउँमा भन्नेबित्तिक्कै कहाँ पाइन्थ्यो र तेक्वान्दोकै ड्रेस ? अनि कट्टु र गञ्जीमै किक हान्न थाले । 'ड्रेस र बेल्ट त थिएननै हामीसँग त्यतिबेला खुट्टामा चप्पल पनि थिएन,' सिकाइका दिन सम्झिए उनले ।
उनी तेक्वान्दो सिक्दै थिए । लत लाग्दै थियो । तर घरबाट 'नखेल छोरा' भन्ने आशयका कुरा उनको कानमा पर्थ्यो ।
'चोटपटक लाग्छ, खुट्टा दुख्छ, खुट्टा सुन्निन्छ । नखेल छोरा भनेर ममीबुवाले भन्नुहुन्थ्यो,' शुरूआती दिनबारे उनले भने । नभन्दै उनी घर जाँदा खुट्टामा चोटपटक लागेको हुन्थ्यो । अनि ममीबुवाले भन्थे रे- नखेल छोरा, खेलेरै केही पनि हुँदैन !
उनले बाल्यकाल बिताइरहँदा गाउँका हुर्केका केटाहरू पैसा कमाउन भारत जाने प्रचलन थियो । त्यो अहिले पनि छ । त्यसैले छोराले बरू पैसा कमाउन बढी ध्यान
दिए हुन्थ्यो भन्ने आमाबुवामा परेको हो कि भन्ने उनले अनुमान गर्थे । अनि सोच्थे- ह्या ! खेल्छु, पैसा भन्या पछि कमाउँला ।
उनले तेक्वान्दोका लागि लगातार समय दिन नसके पनि 'मनबाट मर्न' चाहिँ दिएनन् । घरको काम गर्दै तेक्वान्दो सिकिरहे । सफलता प्राप्तिका लागि उनले के सम्म गरेनन्, काठ चिर्ने कामदेखि भारतमा गएर मजदुरीसम्म गरे ।
उनले तेक्वान्दो सिक्नका लागि यतिमात्रै संघर्ष गरेका छैनन् । दु:खका कथाहरू टन्नै छन् ।
तेक्वान्दोको कखरा सिकेपछि थप सिकाइका लागि कैलाली जान्थे उनी । तर बाधक बन्थ्यो- लामो बाटो अनि मोहना नदी ।
कञ्चनपुरबाट कैलाली जान उनले जहिल्यै मोहना नदी पार गर्नुपर्थ्यो । नदी पार गर्ने भर नै नाउ थियो । कहिलेकाहिँ त बाढी आउँथ्यो । नदीमा बाढी आए पनि उनको तेक्वान्दोको लक्ष्यमा कहिल्यै बाढी आएन । ज्यानको बाजी लगाएर नदी पार गर्दै सुन्दर भविष्यलाई सपना देख्थे उनी ।
तेक्वान्दो यात्रा
उनी तेक्वान्दो सिक्दै थिए । पाँचौ राष्ट्रिय खेलकुद भयो । ग्रीन बेल्टमा थिए उनी । त्यहाँ उनी जिल्ला सेलेक्सनमै हारे । खेल हारेपनि मन मारेका थिएनन् । उनले सोचेका थिए- सिक्न बाँकी छ, सफलता टाढा छैन ।
पछि धनगढीमै छैटौं राष्ट्रिय खेलकुद भयो । उनी त्यतिबेला ब्ल्याक बेल्ट पुगिसकेको थिए । तर पनि पदक आएन ।
छैटौं राष्ट्रिय खेलकुदपछि उनी सुदूरपश्चिमको टीममा परे । अनि राष्ट्रिय टीम प्रवेशको तयारीमा जुटे । नेसनल गेम पनि खेले । त्यसमा उनले कास्य पदक जिते । कास्य पदक ल्याएपछि केही ग्यापमा पोखरामा नेसनल गेम भयो ।
त्यहाँ उनले अपेक्षागरेभन्दा उत्कृष्ट प्रदर्शन गरे । आर्मीका नामी खेलाडी रोहित तामाङलाई हराए । 'म त सुदूरपश्चिमबाट सिभिलबाट आएको थिएँ, केही पनि थाहा थिएन । तर पनि राम्रो प्लेयरलाई हराएँ,' उनले थपे, 'पछि साथीहरूले राम्रो खेलिस् भनेर प्रशंसा गर्दा थाहा भयो । उ त निकै राम्रो खेलाडी रहेछ । त्यस्तो राम्रोलाई पनि हराएछु भन्ने लाग्यो ।'
पोखरामा गेम हुँदा पुलिस टीमको क्याप्टेन बनेर लक्ष्मणबहादुर ऐर गएका थिए । उनले महराको गेमलाई 'वाच' गरेका रहेछन् । पछि पुलिसको भर्ना खुलेपछि ऐरले महराको गुरू केशव भट्टलाई सम्पर्क गरेछन् । भनेछन्- वीरलाई पुलिसमा भर्ना हुन लगाउ ।
केशव भट्टमार्फत उनले गाउँमा खबर पाए । त्यसपछि विसं २०७० सालमा महरा पुलिसमा भर्ती भए ।
*****
०७१ सालमा दोस्रो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगिता भएको थियो । त्यसमा गोल्ड मेडलसँगै उत्कृष्ट फाइटर पाएको थिएँ । त्यसपछि मेरो मनोबल पनि उच्च भयो । खेलेँ भने जित्ने रहेछु भन्ने लाग्यो ।
छैटौं कोरियन एम्बासडर पनि खेले । त्यहाँ पनि पदक आएन । लुम्बिनीमा पुलिसबाटै खेले । त्यहाँ पनि कास्य पदक जिते ।
सातौं कोरियन एम्बासडर खेले । त्यहाँ उनले स्वर्ण पदक जिते । आठौं राष्ट्रिय खेलकुद, राखेपको प्रतियोगितामा पनि स्वर्ण जिते । अझ भनौं, त्यसपछि खेलिएका सबै खेलमा उनले स्वर्ण पदक जितिरहेका छन् ।
यो गेमपछि १२ औं संस्करणको साग सेलेक्सन शुरू भएको थियो । पोखरामा हराएको रोहित तामाङ नै सेलेक्सनमा उनको प्रतिद्वन्द्वी पर्यो । 'जित्न सक्छु जस्तो लाग्यो, कन्फिडेन्स बढ्यो । अनि उसलाई हराएँ,' पुराना दिन सम्झिँदै उनले भने, 'त्यसपछि म साग खेल्न भारतको गुहावटी गएँ ।'
सागमा उनको पहिलो फाइट श्रीलंकासँग परेको थियो, जिते । सेमिफाइनलमा भुटानलाई पनि जिते । फाइनलमा अफगानिस्तानसँग मात्र तीन अंकले हारे । उनले १२ औं सागमा रजत पदक ल्याए । त्यसपछि तेक्वान्दोमा वीर उदाए ।
'अनुभव कम भएका कारण उपाधि गोल्ड मेडल हात परेन,' उनी भावुक सुनिए ।
*****
हालै सम्पन्न सागमा वीरबहादुर महराले ६८ केजी तौलमुनि पाकिस्तानी खेलाडी महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गर्दै स्वर्ण पदक जिते ।
पहिला चोटपटक लाग्छ नखेल भन्ने बुवाआमा यतिबेला छोराको प्रगतिमा दंग छन् । उनले देशको नाम रोशन गरेका छन् । नाम अनि दाम कमाएका छन् ।
'यसअघि १२ औं सागमा सिल्भर मेडल ल्याउँदा सरकारले तीन लाख दिएको थियो । खेलेर पनि नाम र दाम कमाइने रहेछ भनेर बुझ्नुभएको छ,' वीर नोस्टाल्जिक भए ।
उनको पहिला दुई लक्ष्य थिए- पहिलो, परिवारलाई खुशी पार्ने, दोस्रो- ओलम्पिक खेल्ने ।
त्यसैले अहिले उनी भन्ने गर्छन्- अबको लक्ष्य ओलम्पिक खेल्नु हो ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...