×

NMB BANK
NIC ASIA

सुदूरबाट राजधानीसम्मको संघर्षपूर्ण यात्रा

‘हाइट’ले धोका दिएको ठानेर हिरो नबनेका आग्रीः हमाललाई म्युजिक भिडियो खेलाएर सफल

धनगढी | बैशाख १५, २०८१

NTC
Premier Steels

सफल कसरी बन्ने ? यसका लागि मेहनत कति आवश्यक पर्छ ? मेहनतसँगै  धैर्यताको महत्व कति हुन्छ ? यी विषयमा जीबी आग्रीले राम्रो अनुभव बटुलेका छन् । आफूले देखेको सपना पूरा गर्न अथाह मेहनतसँगै विभिन्न आरोह र अवरोहबीच सङ्घर्ष गरिरहेको एउटा नाम हो– जीबी आग्री ।  आफ्नो क्षमताको पहिचान गरी त्यही अनुरुपको मेहनत र कर्म गरेपछि सफलता पाइन्छ भन्ने कुराको उनी दृष्टान्त बनेका छन् ।   

Muktinath Bank

सडक नाटकदेखि म्युजिक भिडियोसम्म
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक सामान्य परिवारमा जन्मिएका आग्रीको बाल्यकाल सामान्य ढङ्गले नै बित्यो । विद्यालय अध्ययन गर्ने समयमा विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने आग्री बेलाबेलामा हुने कार्यक्रमहरूमा भाग लिइरहन्थे । नाच्न र नाटकमा अभिनय गर्न उनलाई खुबै मन पथ्र्यो


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसएलसी सकिएलगत्तै कञ्चनपुरस्थित एनएनएस डब्लूए संस्थाबाट सडक नाटक निर्माणको जिम्मेवारी पाएपछि आग्री फुरुङ्ग भएका थिए । त्यो बेला उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक नाटकमार्फत् आफ्नो प्रस्तुति देखाए । अभिनयसँगै लेखनमा पनि उनी पोख्त थिए । तयार गरेका सडक नाटकहरूबाट राम्रो प्रतिक्रिया आयो ।


Advertisment
Nabil box
Kumari

स्थानीय स्तरमा भइरहने मेला महोत्सवमा पनि आग्री सहभागी हुन थाले । उनलाई अभिनय कलाले छपक्क छोएको थियो । अभिनय गर्नका लागि पनि निकै मेहनत र परिश्रम गर्थे उनी ।  त्यो बेलामा अभिनयबाट रहर त पूरा हुन्थ्यो, तर स्थानीय स्तरमा हुने साना मेला महोत्सवबाट खर्च जुटाउन भने मुस्किल हुन थालेपछि काकासँगै उनी रोजगारीका लागि भारततर्फ गए । भारतमा काम गरेर गुजरा चलाउन थाले । उनलाई भारतमा पनि अभिनयको लतले छोडेको थिएन । काम सकेपछि उनी त्यहाँ हुने विभिन्न कार्यक्रम हेर्न पुगिरहन्थे । हलिउड–बलिउडको सुटिङमा पनि जान उनलाई निकै रहर हुन्थ्यो । ‘काम सकिसकेपछि म सुटिङ हेर्न विभिन्न स्थलमा पुग्थे । हेर्दाहेर्दै मलाई पनि अभिनय गर्न मन लाग्थ्यो । त्यसका लागि मैले सुटिङस्थलमा रहेका अग्रजहरूलाई सोध्थेँ पनि,’ ती दिन सम्झँदै उनी भन्छन्, ‘उहाँहरूले त्यतिखेरको पाँच हजार रुपैयाँमा एउटा कार्ड बनाउनुपर्ने बताउनुभयो । तर मसँग एक हजार ५०० को मात्रै मासिक जागिर थियो । त्यो जागिर मेरो खर्च चलाउन मात्रै ठीक्क थियो । कहिले पाँच हजार जम्मा हुन्छ र म अभिनय सिक्न पाउँ भन्ने मेरो सपना सपनामै सीमित रह्यो ।’

Vianet communication

null

त्यसको केही समयपछि आग्री घर फर्किए । उनले स्थानीय स्तरमै केही गरेर दैनिकी बिताउने निधो गरे । उनको दैनिकी फेरि स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगिता मेला महोत्सवमा बित्न थाल्यो । नृत्य गर्न पाउँदा आग्री निकै खुसी हुन्थे । ‘कहीँ गीत बज्यो कि मेरो शरीर नाच्न थालिहाल्थ्यो । नाच्न जाँगर खै कहाँबाट आउँथ्यो थाहा छैन, नृत्य एकदमै मन पथ्र्याे मलाई,’ उनले मुस्कुराउँदै भने ।

सपनाको खोजीमा राजधानीतिर
आग्रीले आफूभित्रको क्षमता पहिचान गरिसकेका थिए । नाच्नसँगै अभिनय कला क्षेत्रमै रहन आफू योग्य भएको उनले बुझिसकेका थिए । स्थानीय स्तरमा भइरहेका विभिन्न मेला महोत्सवबाट राम्रो प्रतिक्रिया आएपछि आग्रीलाई कला क्षेत्रमै केही न केही गर्ने हुटहुटी जाग्यो । त्यसका लागि उनले देशकै राजधानी काठमाडौंलाई सपनाको गन्तव्य बनाए । भविष्यको खोजीमा उनी काठमाडौंका लागि हिँडे । यसमा आग्रीलाई उनका एकजना साथीले साथ दिए । 

‘बिरानो शहर आफन्त कोही थिएनन् । साथी र म दुवै जनाले मेहनत गर्न थाल्यौं । कामको खोजी गर्न थाल्यौं । तर, सजिलै काम पाइएन । दुई जनासँगै बस्ने भएकाले खान–बस्न केही हदसम्म भने सजिलो नै थियो । त्यसको केही समयपछि साथीको विदेशको भिजा लाग्यो । ऊ विदेश उड्नुपर्ने भयो । म एक्लै के गर्ने, कसो गर्ने सम्हालिनै सकिनँ,’ उनी भन्छन्, ‘गाउँ फर्किउँ– मैले देखेको सपनाको माया लाग्यो, काठमाडौंमै बसौँ– एक्लै कहाँ–कहाँ भौँतारिने ! त्यो बेला आफूले आफूलाई सम्हाल्न निकै गाह्रो भयो ।’

null

सँगै आएका साथी विदेश गएपछि एक्लै बनेका आग्रीले काठमाडौँमै सङ्घर्ष गर्ने मनसाय बनाए । केही समयपछि उनले एउटा दोहोरी साँझमा काम पाए । दैनिकी राम्ररी नै बितिरहेको थियो । हरेक दिन उनले केही न केही नयाँ गर्ने भन्ने सोचमै बिताइरहेका थिए । परिस्थिति पनि सोचेजस्तै भइदियो । अब उनी जागिर सँगसँगै अभिनयमा पनि देखिन थाले ।

‘मैले म्युजिक भिडियो खेल्ने अवसर पाएँ । काठमाडौंमा दैनिकी चलाउन त्यसले मलाई सहज बनायो । जागिर सँगसँगै मैले ५–६ वटा म्युजिक भिडियोमा अभिनय पनि गरे,’ आग्रीले विगत सम्झिए । 

जब हाइटले धोका दिएको ठाने...
खासमा आग्री फिल्मको हिरो बन्न चाहन्थे । त्यो समयमा अभिनयका लागि निकै प्रतिस्पर्धा गर्नुपथ्र्यो । शरीरलाई फिट एन्ड फाइन बनाइराख्नु पथ्र्यो । अहिलेको समयको जस्तो जो पनि मोडेल जो पनि नायक भएजस्तो अवस्था नभएको आग्री बताउँछन् । हाइट–फाइट, लवाइ–खवाइ सबै मिलेको हुनुपथ्र्यो । हिरो बन्न आफ्नो शारीरिक बनावट हाइटले साथ नदिएको महसुस उनलाई हुन थाल्यो ।  त्यसपछि उनको गन्तव्य फेरियो ।
‘आजभन्दा २२ वर्ष पहिले कलाकारिता क्षेत्रमा रहन निकै सङ्घर्ष गर्नुपथ्र्यो । अहिलेको जस्तो थिएटरले साथ दिएको अवस्था थिएन । अहिले पनि हेर्ने हो भने मोडलहरूले आफैँले पनि पैसा तिरेर अभिनय गरिरहेको देख्छौं । हामी त्यो बेलामा त मोडल अथवा कलाकार बन्नसबै कुरा मिलेको हुनुपथ्र्यो । मैले आफैँमा फेलियर भएको महसुस गरेँ र अभिनयभन्दा निर्देशनतिर लाग्ने निर्णय लिएँ,’ उनी थप्छन्, ‘किनकि मभित्र क्षमता पनि थियो । मैले सुदूरपश्चिममा सडक नाटक गर्ने बेला आफैँले पनि निर्देशन गर्थे लेख्थे । अनुभव पनि भएको हुनाले मैले अभिनयभन्दा निर्देशनमै ध्यान दिन थालेँ ।’

‘हजुर मुसुक्कै’बाट यू–टर्न
हालसम्म आग्रीले २०० भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । कलाकार बन्ने उद्देश्य बोकेर सपनाको शहर काठमाडौं छिरेका आग्रीको विधा थोरै फेरिएको थियो । उनी कलाकार मात्र नभई निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका थिए । यो बीचमा उनले ‘मिलियन भ्युज’ गएका थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका थिए । सायद उनीभित्रको क्षमता र अवसरको मिलन भएको थिएन । त्यसैले पनि होला निर्देशकहरूको प्रतिस्पर्धामा शीर्ष सूचीमा उनको नाम थिएन । तर, जब उनले चर्चित नायक राजेश हमाल, नायिका निरुता सिंहलगायत सिने क्षेत्रका हस्तीसँग सहकार्य गरेर ‘हजुर मुसुक्कै’ बोलको म्युजिक भिडियो बजारमा ल्याए, त्यसले एकाएक उनको चर्चा चुलिन थाल्यो । आग्रीको निर्देशनमा तयार भएको राज घरानाको कथामा आधारित गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा त्यसले तहल्का नै मच्चायो । यत्रतत्र सर्वत्र हजुर मुसुक्कै र निर्देशक आग्रीको चर्चा हुन थाल्यो । 

‘महानायक राजेश हमालसँग सहकार्य गर्ने नजिकिने मेरो पनि सोच थियो । त्यो अवसरको पर्खाइमा थिएँ । संयोग म आफैँ निर्देशक रहेको म्युजिक भिडियोमा मैले उहाँसँग सहकार्य गर्न पाएँ । म्युजिक भिडियो सर्वाधिक सफल बन्यो । उहाँबाट मैले व्यावहारिक जीवनमा पनि धेरै प्रेरणा पाएँ । दर्शकको माया पाएसँगै निर्देशकहरूको बीचमा जीबी आग्रीको नाम अग्रपङ्क्तिमा लेखाउने मौका पनि पाएँ,’ सगर्व उनी भन्छन् । 

त्यसपछि हमालसँगको आग्रीको सहकार्य झन् अगाडि बढ्न थाल्यो । उनकै निर्देशनमा हमालकै अभिनय रहेको ‘रातो टिकी बोल’को अर्को म्युजिक भिडियो सार्वजनिक भयो । उक्त गीतको म्युजिक भिडियोमा हमालसँगै दिलीप रायमाझी, केकी अधिकारीलगायत कलाकारलाई देख्न सकिन्छ । 

‘मैले तयार गर्ने अधिकांश म्युजिक भिडियोमा सुदूरपश्चिमको कला संस्कृतिलाई देखाउने जमर्को गरेको हुन्छु । ‘रातो टिकी’ बोलको म्युजिक भिडियोमा पनि महानायक राजेश हमाल र नायिका केकी अधिकारीले जुटेली भाषामै संवाद गरेको दृश्य पनि राखेका छौँ । अभिनयले पनि सुदूरपश्चिमको गरिबी वास्तविक समस्या र गलत संस्कृतिकै व्यङ्ग्य गरेको छ,’ उनले भने, ‘त्यसलगत्तै मैले ‘रानीमाया’ बोलको म्युजिक भिडियोको पनि निर्देशन गरेको छु । त्यो पनि सर्वाधिक सफल भएको म्युजिक भिडियो हो ।’

हमाललाई लिएर चलचित्र निर्माणको तयारी 
म्युजिक भिडियोमा सोचेजस्तै सफलता पाएपछि निर्देशक आग्री चलचित्र (फिल्म) निर्माणको तयारीमा छन् । राजेश हमाललगायत कलाकारको अभिनय रहने गरी फिल्म निर्माण गर्ने तयारी उनको छ ।

‘मेरो क्षेत्र नै चलचित्र हो ।  म्युजिक भिडियो पनि निर्देशन गरिरहेको छु । हामीले ‘हजुर मुसुक्कै’ बोलको गीतको कथावस्तु चलचित्रकै लागि तयार गरेका हौँ । तर आर्थिक अभावका कारण त्यो समयमा हामीले चलचित्र निर्माण गर्न सकेनौँ । म्युजिक भिडियोबाट सर्वाधिक सफल भएपछि यस्तै दरबारीया कथावस्तुमा आधारित रहेर चलचित्र बनाउने गरी हाम्रो टीमले काम गरिरहेको छ’, उनले भने । 

null

आग्रीले २०६८ सालमा अनुराग मल्टिमोभिज नामको कम्पनी दर्ता गरेर चलचित्र निर्माण कार्य शुरू गरेका थिए ।  निर्माता–निर्देशक आफैँ रहने गरी उनले युवा पुस्तालाई लक्षित गर्दै ‘फूटपाथ’ नामको चलचित्र पनि बजारमा ल्याएका थिए । त्यसपछि भने पारिवारिक कारणले उनले चलचित्र बनाएका छैनन् । ‘२०७० पछि म म्युजिक भिडियोतिर फर्किएँ । तर मेरो मुख्य काम भनेको चलचित्र नै बनाउनु हो । यसर्थ केही समयमै हामीले चलचित्र निर्माणको काम शुरू गर्नेछौँ,’ उनी भन्छन्, ‘मलाई दुई–तीन वटा चलचित्र निर्माणका लागि अफर पनि आएको छ । तर, पनि हजुर मुसुक्कै म्युजिक भिडियोको टीमकै अभिनय र लगानी रहनेगरी हामी चलचित्र निर्माणको तयारीमा छौँ ।’

अन्तर्जातीय विवाह, १८ वर्षपछि प्लस टू पास 
निर्देशक आग्रीका प्रेमका किस्ता पनि रोचक छन् । कञ्चनपुर सुडाकी चानु चौधरीको प्रेममा परेका आग्रीले छोटो समयमै त्यो सम्बन्धलाई विवाहमा परिणत गरे । मन मिल्ने चार–पाँच जना साथीको समूह लिएर जानुलाई लिन आग्री उनको घरमै पुगे । जानुका परिवार पनि आग्रीलाई छोरी दिन राजी भए । अनि शुरू भयो उनीहरूको दाम्पत्य जीवन ।

‘मैले प्रेम विवाह प्रेम गरँे अथवा मागी थाहा छैन । हामी दुई जनाले एकअर्कालाई माया गथ्यौं । त्यो सम्बन्धलाई विवाहमा परिणत गर्न चार–पाँच जना साथीहरू उनको घरमा गयौं । उनको परिवार पनि राजी भए । त्यसपछि हाम्रो विवाह भयो । इन्टरकास्ट विवाह भए पनि दाम्पत्य जीवन सुखद र सफल बितिरहेको छ,’ उनी भन्छन् ।

निर्देशक आग्रीको जीवनमा रोचक र अविस्मरणीय क्षण पनि थुप्रै छन् । तीमध्ये अध्ययनको सिलसिलामा पनि उनले विभिन्न आरोह–अवरोह झेलेका छन् । यो सम्झिनलायक पनि छ । एसएलसी पास भएपछि पढ्न छोडेका आग्रीले यति बेला भने पढाइलाई पनि निरन्तर अगाडि बढाएका छन् । एसएलसी पास भएको १८ वर्षपछि उनले प्लस टू पनि पास गरेका छन् ।

‘त्यतिखेरको समयमा पढाइभन्दा पनि कमाइकै बढी महत्व हुन्थ्यो । एसएलसी दिएर कमाउनका लागि भारत र अन्य विभिन्न ठाउँमा जाने परम्पराजस्तै थियो हाम्रो गाउँमा । युवाहरू सबै पढ्न छोडेर कमाउनतिरै ध्यान दिन्थे । त्यही सिलसिलामा मैले पनि पढाइ छोडेर अभिनय कलातिर ध्यान दिएँ, उनी थप्छन्, ‘तर, जिन्दगीमा पढाइको महत्व धेरै हुँदो रहेछ । जब महानायक राजेश हमाल दाइसँग भेट भयो । उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुभयो । उहाँबाट मलाई प्रेरणा पनि मिल्यो । उहाँको सुझावअनुसार मैले प्लस टू भर्ना गरेँ । र उत्तीर्ण भइ सफलता पनि पाएँ ।’

१८ वर्ष अध्ययन छोडेका निर्देशक आग्री अब भने पढाइलाई निरन्तरता दिने बताउँछन् । जीवनमा शिक्षाको छुट्टै महत्व रहेको अहिले आएर आफूले मज्जैले बुझेको उनी बताउँछन् । ‘अब म पढाइलाई निरन्तरता दिन्छु । सक्रिय रहेकै क्षेत्र कलाकारिता र निर्देशन विधालाई नै मुख्य प्राथमिकतामा राखेर अध्ययन गर्छु’, उनले प्रतिबद्धता जनाए ।

आग्रीको अबको उद्देश्य पनि एक सफल निर्देशक बन्नु सँगसँगै अहिले गरिरहेकै क्षेत्रमा अब्बल बन्नु हो । ’कला क्षेत्रमै मैले जीवनका २२–२५ वर्ष बिताए । अझैपनि मलाई यही क्षेत्रमा रहनु छ, यहीँ क्षेत्रमा धेरै गर्नुछ । र अन्तिम सास पनि कलाकारिता क्षेत्रमै रहेर फेर्नुछ’, भावुक हुँदै उनले कुरा टुंग्याए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x