×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाले ४–० ले जित्यो एशेज सिरिज, अन्तिम म्याचमा इनिङ अन्तरले विजय

पुस २४, २०७४

NTC
Premier Steels

काठमाडौं, २४ पुस — अस्ट्रेलिया र इंग्ल्यान्डबीचको प्रसिद्ध एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले ४–० ले जितेको छ । 

पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलिया एक इनिङ र १२३ रनको विशाल अन्तरले विजयी भएको हो । 

इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ३४६ रन बनाएकोमा अस्ट्रेलियाले सात विकेटको क्षतिमा ६४९ रनको विशाल स्कोर बनाउँदै डिक्लेयर ग–यो । अस्ट्रेलियालाई फेरि ब्याटिङ गराउनका लागि ३०३ रन बनाउनुपर्ने इंग्ल्यान्ड जम्मा १८० रनमा अलआउट भयो ।

इंग्ल्यान्डको ब्याटिङ लाइनअपलाई प्याट कमिन्सले ध्वस्त पार्दै चार विकेट हात पारे । पहिलो इनिङमा पनि चार विकेट लिएका कमिन्स म्यान अफ द म्याच घोषित भए ।

अस्ट्रेलियाको एक मात्र ब्याटिङ इनिङमा तीन ब्याट्स्म्यानले शतक बनाए । उस्मान खवाजाले १७१, शन मार्शले १५६ र मिचेल मार्शले १०१ रन बनाए । कप्तान स्टिभन स्मिथले ८३ रन बनाए । कप्तान स्मिथले शृंखलाभरि राम्रो ब्याटिङ प्रदर्शन गरेकाले म्यान अफ द सिरिज भए ।

चौथो टेस्ट बराबरीमा टुंगिएबाहेक अन्य सबै खेलमा इंग्ल्यान्डले खराब प्रदर्शन ग–यो । चौथो टेस्टमा केही सुदृढ प्रदर्शन गरेर आशा जगाएको इंग्ल्यान्डले अन्तिम टेस्ट लज्जास्पद प्रदर्शन ग–यो ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x