×

NMB BANK
NIC ASIA

युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीमुलुुक जानबाट रोक्नु पर्छ : शशांक कोइराला

पुस २९, २०७४

NTC
Premier Steels

नवलपरासी, २९ पुस- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले युवा विदेशतर्फ जानुभन्दा स्वदेशमै सिर्जनात्मक कार्य गर्नुपर्ने र सरकारले तिनलाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सांसद डा कोइरालाले युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीमुलुुक जानबाट रोकी राष्ट्र निर्माणमा प्रयोग कसरी गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताउनुभयो । 

सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक शिक्षाको कमीका कारण दक्ष नहुँदा बेरोजगारी समस्या बढेको बताउँदै सरकारले नीतिगत रुपमा शिक्षा प्रणालीलाई परिवर्तन गर्नाको विकल्प छैन भन्नुभयो । 

हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘समाज परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा जिल्लाभरिका करीब १०० युवाको सहभागिता छ । दिगो समृद्ध समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि युवालाई उत्तरदायी गराई समाजका हरेक कार्यमा युवालाई संलग्न गराउनका लागिसम्मेलनले टेवा पु¥याउने आयोजकले जनाएको छ । 

आज सकिने सम्मेलनमा ‘नवलपरासीमा युवाको सम्भावना र चुनौती’, ‘दिगो समृद्ध समाज निर्माणमा युवा’, ‘विश्व सफाइ दिवस’ लगायत विषयमा छलफल हुने कार्यक्रम संयोजक सुधन लम्सालले जानकारी दिनुभयो । 

सम्मेलनबाट आएका निष्कर्षबाट ‘युवा घोषणापत्र’ जारी गरी नवलपरासीका सम्पूर्ण स्थानीय तहका प्रमुख उपप्रमुखलाई हस्तान्तरण गरिने बताइएको छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x