×

NMB BANK
NIC ASIA

कोइराला परिवारका ३ नेताबीच सुजाताको घरमा छलफल, नेतृत्व फर्काउने पूर्वाभ्यास ?

माघ २, २०७४

NTC
Sarbottam
फोटो : सामाजिक सञ्जालबाट
Premier Steels
Marvel

काठमाडौं, २ माघ- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित कोइराला परिवारका ३ प्रभावशाली नेताबीच मंगलबार भेटवार्ता भएको छ। पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको भेटमा शशांक र सुजातासहित अर्का केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए।

Muktinath Bank

भेटलाई पारिवारिक जमघट भनिए पनि वर्तमान राजनीतिक अवस्था, निर्वाचनमा पार्टीले भोगेको पराजय र भावी रणनीतिका विषयमा छलफल भएको निकट स्रोतले जानकारी दियो। कांग्रेस चुनावमा पराजित हुनुमा संस्थागत ढंगले नचल्नु र नेतृत्व कमजोर बन्नु नै मुख्य कारण रहेको निष्कर्ष छलफलबाट निकालिएको स्रोतले बतायो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसमा बलियो राजनीतिक विरासत बोकेको कोइराला परिवारका ३ प्रभावशाली नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार तीनै नेताले पार्टीको भावी नेतृत्व कोइराला परिवार भित्रैबाट खोज्ने गृहकार्य थालेका छन्। सभापतिका रुपमा महामन्त्री शशांकलाई अघि सार्ने तयारी छ। शशांकले पनि सार्वजनिक रुपमै पार्टीको नेतृत्वका लागि आफू तयार रहेको बताउने गरेका छन्।

Vianet communication
Laxmi Bank

यसअघि गत साउनमा पनि यी तीन नेताबीच छलफल भएको थियो।

कांग्रेसमा हालको सहित ३ पटक मात्र पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर गएको इतिहास छ। सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाबाहेक कोइराला परिवारबाहिरबाट सभापति भएको इतिहास छैन।

बीपी कोइरालालाई प्रतिस्थापन गर्दै सुवर्ण शमशेर सभापति बने पनि फेरि उनै बीपीले सुवर्णलाई प्रतिस्थापन गरेका थिए। यस्तै कृष्णप्रसाद भट्टराईले बीपीलाई प्रतिस्थापन गरेकोमा गिरीजाप्रसाद कोइरालाको रुपमा कोइराला परिवारमै नेतृत्व फर्किएको थियो। हालका सभापति शेरबहादुर देउवा सुशील कोइरालालाई प्रतिस्थापन गर्दै सभापति बनेका हुन्।

अब फेरि कोइराला परिवारमै नेतृत्व फर्काउने गृहकार्य भइरहेको हो। यद्यपि सभापति देउवाको कार्यकाल अझै २ वर्ष बाँकी छ।

यो पनि पढ्नुहोस्:

कांग्रेसमा रामचन्द्रलाई ‘वनवास’, को बन्ला कोइराला परिवारमा ‘भरत’?

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x