कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
भक्तपुर, ६ माघ - नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।
क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।
नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या एक हजार १०० रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । छसयभन्दा धेरै सम्पर्कमै आएका छैनन् ।
यो रोगका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा आशिष श्रेष्ठले बताउनुभयो । इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ ।
केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको छ ।
नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रको भनाइ छ । जसमा क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत राष्ट्रिय सर्वेक्षण शुरु गरेको छ ।
यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा शुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिनुभयो ।
सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको निवारणका लागि मार्ग निर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताउनुभयो ।
यसका लागि मुलुकभरबाट खकारको नमूना संकलन गरी रोगको परीक्षण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आम नागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिइएको केन्द्रले जनाएको छ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...