×

NMB BANK
NIC ASIA

निजी वायु सेवा प्रदायक कम्पनीबीच नयाँ विमान भित्र्याउने होडबाजी

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ माघ-मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । 

Muktinath Bank

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा प्रतिष्ठित बुद्ध एयर, यति एयर, श्रीलगायतका निजी वायु सेवा प्रदायक मात्रै नभई भर्खर सञ्चालनमा आउन लागेका कम्पनीसमेत सेवा विस्तारका लागि नयाँ विमान खरिद गर्ने होडबाजीमा लागेका हुन् । 


Advertisment
Nabil box
Kumari

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था रहेको छ । स्वदेशी मात्रै नभई विदेशी वायु सेवा प्रदायकसमेत उच्च ट्राफिक हुने दिउँसोको समयमा प्रतिक्षा गर्नुपर्ने भए पनि सेवा विस्तारका लागि भन्दै निजी वायु सेवा प्रदायक नयाँ विमान भित्र्याउन लागेका हुन् । 

Vianet communication
Laxmi Bank

विशेष गरी नयाँ ल्याउन लागिएका विमान धेरै यात्रु हुने क्षेत्र (ट्रङक रुट) नै केन्द्रित गरिँदा भने दुर्गम क्षेत्रमा सेवा पुग्न सकेको छैन । वायु सेवा प्रदायक कम्पनीका अनुसार ट्रङक रुटमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ । 

बुद्ध एयरसँग हाल नौ वटा जहाज सञ्चालनमा रहेका छन् । अर्को एक जहाज केही समयभित्रै नेपाल भित्रने छ । आगामी दश वर्षमा ३२० सिरिजमा २० नयाँ विमान भित्र्याउने तयारीमा बुद्ध एयर रहेको छ । 

यस्तै यति एयरले हाल ३० सिट क्षमताका सात वटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रोप विमान सञ्चालन गरिरहेको छ । यतिले निकट भविष्यमा नै एटिआर विमान भित्र्याउने तयारीमा रहेको छ । 

एकै पटक तीन वटा क्यानेडियन कम्पनीले उत्पादन गरेका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्री एयरले थप जहाज ल्याउने तयारी गरेको छ । सो कम्पनीका ५० सिट क्षमताका दुई वटा र ७८ सिटको एक जहाजले हाल सेवा दिइरहेको छ । श्री एयरले पनि नयाँ एउटा जहाज थप गर्ने तयारी गरेको छ । सो कम्पनीको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले थप जहाज ल्याउने तयारीमा आफूहरु रहेको जानकारी दिए ।

यस्तै सञ्चालनमा रहेको सौर्य एयर पनि नयाँ विमान ल्याउने तयारीमा छ । सो कम्पनीका दुई वटा विमान सञ्चालनमा छन् । यस्तै सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान ब्रजाचार्यले पनि हेलिकप्टर भित्र्याउने तयारीमा रहेको जानकारी दिनुभयो । सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको ब्रजाचार्यको भनाइ छ । 

नेपाल वायु सेवा निगम पनि तीन चिनियाँ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । निगमको दुई ठूला जहाज एकाध महिनाभित्र नेपाल भित्र्नेछ । अन्तर्राष्ट्रिय उडानका लागि ती जहाज ल्याउन लागिएको हो । निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको ऋणमा जहाज खरिद गर्न लागेको हो । 

यस्तै चीनबाट थप दुई नयाँ विमान आउने तयारीमा रहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले थप जहाज भित्र्याउन लागेको छ । हाल तीन वटा जहाजमार्फत सेवा दिइरहेको छ ।

नेपाल वायुयान सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्की एकपछि अर्को गर्दै वायु सेवा प्रदायक कम्पनीले जहाज थप्दै गएको सन्दर्भमा विमानस्थल साँघुरो भएको र विस्तारमा सोचे जति प्रगति नभएको गुनासो गर्छन् ।

निगमका पूर्व नायब महाप्रबन्धक राजु केसीले नेपाली स्वयंले नै विमान ल्याउने र उडानमा प्रतिस्पर्धा गर्नु एकदमै राम्रो भएको बताउँछन् । निर्माणाधीन विमानस्थलबाट सेवा दिन पनि निजी वायु सेवा प्रदायकले जहाज थप्नु जरुरी रहेको भन्दै उनले पूर्वाधार थप गर्नुपर्ने र विस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमान ल्याउने वायु सेवा प्रदायकलाई काठमाडौं उपत्यका बाहिर पार्किङ गर्न निर्देशन दिइसकेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, पोखरामा जहाज पार्किङ गर्न प्राधिकरणले निजी सेवा प्रदायकलाई भनेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नौ वटा मात्रै जहाज पार्किङ गर्न सकिन्छ । त्यस्तै आन्तरिकतर्फ १७ वटा पार्किङ गर्न सकिने भए पनि जहाज थपिँदै जाँदा २८ वटासम्म पार्किङ हुने गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पर्यटक बढाउन पनि नयाँ जहाज जरुरी रहेको भए पनि पूर्वाधारको अभावमा समस्या परेको बताउँछन् । उनका अनुसार विमानस्थलको क्षमताका कारण थप जहाज धान्न गाह्रोपर्ने र अब थपिने जहाज अन्य स्थानमा पार्किङ गर्नुपर्ने अवस्था आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x