माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
माघ २२, २०७४
जनकपुरधाम, २२ माघ- संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्ने सम्भावना प्रबल बनेको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल फोरमको संसदीय दलको नेता चुनिएपछि राउत मुख्यमन्त्री बन्ने लगभग निश्चित बनेको हो । फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) सम्मिलित मधेसी गठबन्धनको बहुमत रहेको र दुई पार्टीबीच पहिलोले मुख्यमन्त्री र दोस्रोले सभामुख पाउने गरी सहमति भएको भन्ने चर्चाका बीच मुख्यमन्त्रीमा राउतको सम्भावना प्रबल बनेको हो ।
त्यसो त राजनीतिमा जे पनि हुनसक्छ, तर अन्तिम समयमा कुनै 'उलटफेर' नभए राउत मुख्यमन्त्री बन्नेछन् । दोस्रो संविधानसभामा संसदीय दलको उपनेता र मधेसी मोर्चाको तर्फबाट तत्कालीन सरकारसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजकसमेत रहिसकेका राउत मुख्यमन्त्री बने प्रदेश २ ले पहिलो मुख्यमन्त्री नै मुस्लिम समुदायबाट पाउने छ ।
अन्तर्वार्ताबाट चुनिएर मुख्यमन्त्री !
फोरमले संसदीय दलको नेता चुन्न माघ २३ गते निर्वाचन गर्ने तयारी गरेको थियो ।
त्यसका लागि पार्टीको प्रदेश समिति अध्यक्ष रेणु यादवको अध्यक्षतामा प्रदेशका पार्टी मुख्यसचिव शम्भु झा र सचिव शेषनारायण यादव रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । दलको नेताको लागि राउतसहित विजय यादव, योगेन्द्र राय यादव, कौशलकुमार यादव, शैलेन्द्र साह, सरोज सिंह र प्रल्हाद गिरी गरी ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
निर्वाचनको प्रक्रिया अगाडि बढिसकेपछि अध्यक्ष उपेन्द्र यादवले सहमतिबाटै दलको नेता छान्न निर्वाचन समितिलाई निर्देशन दिए । सहमति हुन नसकेपछि समितिले सबै उम्मेदवारको मनोनयन फिर्ता गराएर अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई नै सुम्पिएको थियो ।
सांसद योगेन्द्र यादवका अनुसार त्यसपछि पार्टी अध्यक्ष उपेन्द्र यादव, महासचिव रामसहाय यादव र पोलिटव्यूरो सदस्य रामस्वार्थ यादवले सबै आकांक्षीलाई पालैपाले बोलाएर अन्तर्वार्ता लिएका थिए । मुख्यमन्त्री बनेपछि गर्ने काम, प्राथमिकताहरु, भावि योजनालगायतका प्रश्न सोधेर लिइएको अन्तर्वार्ताबाट राउतलाई छनोट गरिएको हो ।
पार्टीमा अनुशासन र एकता रहिरहोस् तथा समावेशी स्वरूपको पार्टी हो भन्ने सन्देश दिन सकियोस् भनेर निर्वाचनमा नगएको दलको नेतामा उम्मेदवारीसमेत दिएका सांसद शैलेन्द्र साहले लोकान्तरलाई बताए ।
मतदान भएको भए यादव समुदायबाटै दलको नेता चुनिने सम्भावना थियो । फोरमका २९ प्रदेश सांसदमध्ये १४ त यादव नै छन् ।
राउतलाई दलको नेता बनाउनुका पछाडि वीरगञ्जमा जारी आन्दोलनलाई सम्बोधन गर्ने, पार्टीमा मुस्लिम समुदायको आकर्षण बढाउने अध्यक्ष यादवको स्वार्थ पनि लुकेको स्रोतको दाबी छ । स्रोतका अनुसार अन्य आकांक्षीलाई पार्टी नेतृत्वले प्रदेश सरकारमा मन्त्री बनाउने आश्वासन दिएको छ ।
तर पार्टीमै निर्णायक भूमिकामा रहेको यादव समुदायलाई मिलाएर अघि बढाउने चुनौती भने राउतलाई छ । ‘पार्टी नेतृत्वले गरेको निर्णयलाई नचाहँदा-नचाहँदै पनि सबैले स्वीकार गरेका छन्, तर मन्त्रिपरिषद् त्यसअनुरूप समावेशी नबनाइए यादव समुदायको असहयोग तथा पलायन हुनसक्छ,’ सांसद योगेन्द्र यादवले लोकान्तरसँग भने ।
उपेन्द्र यादवको चौतर्फी प्रशंसा
फोरममा यादव समुदायले मात्र अवसर पाउने गरेको भन्दै अध्यक्ष यादवको आलोचना हुने गरेको थियो । यसपटक यो सहित धेरै आरोपहरुलाई अध्यक्ष यादवले एकैपटक जवाफ दिएका छन् । संसदमा समानुपातिक सदस्य र राष्ट्रिय सभामा दलित समुदायलाई सांसद बनाएर प्रशंसा बटुलेका यादवले मुस्लिम समुदायलाई पनि खुशी पारेका छन् ।
आफ्नो समुदायबाट मुख्यमन्त्री बन्न लागेकाले निकै गौरवान्वित महसुस गरिरहेको राष्ट्रिय मुस्लिम संगठन धनुषाका प्रवक्ता साजिद हुसेनले बताए ।
त्यसो त उनले प्रदेश प्रमुखमा अल्पसंख्यक कायस्थ समुदायलाई स्थान दिएका थिए । रत्नेश्वरलाल कायस्थ फोरमकै सिफारिसमा प्रदेश नम्बर २ को प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
२०६३ मा मधेस आन्दोलन गर्दा उपेन्द्रको पार्टीमा विजय गच्छदार, जयप्रकाशप्रसाद गुप्ता, शरतसिंह भण्डारीजस्ता नेता थिए । उनीहरुले छाडेपछि पार्टी यादव समुदायमै आश्रित बन्न पुगेको थियो । तर, अहिले उपेन्द्रले चलाखीपूर्ण ढंगले अन्य समुदायमा पनि पार्टीलाई स्थापित गर्दै लगेका छन् ।
को हुन राउत ?
राउत पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् । उनी ९ हजार ८ सय ४ मत ल्याएर विजयी भएका थिए ।
राउतको जन्म पर्साको जगरनाथपुर गाविस- ३ (हाल जगरनाथपुर गाउँपालिका– ४) मा १५ असार २०२३ मा सामान्य किसान परिवारमा भएको थियो । उनले गाउँमै रहेको विद्यालयबाट २०४० सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । उनले वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।
अध्ययन सकेर वीरगञ्ज फर्किएका राउतले २०५० सालदेखि ठाकुराम क्याम्पसमै अध्यापन गरे । त्यसपछि नगरपालिकामा अधिकृत जागिर खाए ।
२०५६ मा कानुनमा स्नातकसमेत गरेका राउतको राजनीतिक यात्रा भने २०५८ सालमा उपेन्द्र यादवलाई भेटेपछि शुरु भएको हो । शुरुमा फोरमको पर्सा जिल्ला सदस्यबाट राजनीति शुरु गरेका राउत केन्द्रीय सदस्य, सचिव हुँदै उपाध्यक्ष बनिसकेका छन् ।
प्रदेश २ मा पार्टी संसदीय दलको नेता चुनिएपछि राउत स्वयं पनि आफू मुख्यमन्त्री बन्नेमा ढुक्क छन् ।
अहिलेको जनादेश राजपा र फोरमले मिलेर सरकार बनाउने भएकाले गठबन्धनबाटै आफू मुख्यमन्त्री बन्ने राउतले लोकान्तरलाई बताए ।
मधेसी गठबन्धनसँग ५४ सांसद छन् । कुल सदस्य संख्या १०७ को साधारण बहुमत भए पनि गठबन्धनबाटै एक सभामुख चुनिने हुँदा बहुमतका लागि थप एक सांसद आवश्यक पर्ने अवस्था छ । त्यसका लागि नेपाल संघीय समाजवादी र स्वतन्त्र सांसदसँग कुराकानी गर्ने उनले बताए ।
राजपा र फोरमबीच सरकार गठनका विषयमा औपचारिक कुराकानी भने भएको छैन । मंगलबारबाटै यसविषयमा कुराकानी हुने उनले जानकारी दिए ।
आफू मुख्यमन्त्री बनेमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरेर प्रदेश २ लाई नमुना प्रदेश बनाउने उनको अठोट छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...