×

NMB BANK
NIC ASIA

प्रदेश ५ मा कांग्रेसको यस्तो दाउ, अन्तिम समयमा उपसभामुखमा उम्मेदवारी

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ५ फागुन– प्रदेश नम्बर ५ को उपसभामुख चयन गर्न भोलि आइतबार निर्वाचन हुँदै छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । शनिबार संसद सचिवालयमा वाम गठबन्धनको तर्फबाट एमालेकी सांसद कृस्णी थारू र कांग्रेसकी रीना नेपाल विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । 

Muktinath Bank

सभामुखमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा अन्तिम समयमा आएर विश्वकर्मालाई अगाडि सारेको हो । संविधानको धारा (१८२) को उपधारा (१) बमोजिम उपसभामुखका लागि थारू र विश्वकर्माले संसद सचिवालयका सचिव मान बहादुर विक समक्ष उम्मेदवारी पेश गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थारू बर्दियाबाट एमाले समानुपातिक सांसद हुन भने । विश्वकर्मा कपिलवस्तुबाट कांग्रेसकी समानुपातिक सांसद हुन् । एमाले र माओवादी गठबन्धनकी उम्मेदवार थारूको प्रस्तावक एमाले मुख्य सचेतक भूमिश्वर ढकाल छन् भने माओवादी मुख्य सचेतक दधिराम न्यौपाने समर्थक छन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेस उम्मेदवार विश्वकर्माको प्रस्तावक सुरेन्द्र हमाल छन् भने समर्थक रमा अर्याल छिन् । उपसभामुख चयनका लागि आइतवार दिउँसो १ बजे मत विभाजन गरी सभामुख चयन हुनेछ । उपसभामुखमा थारू निर्वाचित हुने निश्चित जस्तै छ । ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद् छन । 

Vianet communication
Laxmi Bank

उम्मेदवारी दर्तापछि वाम गठवन्धनकी उम्मेदवार थारुले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढने बताइन् । 

किन दियो अन्तिम समयमा आएर कांग्रेसले उपसभामुखमा उम्मेदवारी ?

समानुपातिक प्रदेशसभा सदस्य बिकले संविधानले उपसामुख र सभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने ब्यवस्था गरेको र एमाले माओवादी एक भएपछि उपसभामुख कांग्रेसले पाउनुपर्ने दाबी गरिन् । संविधानको १८२ मा संसदको सभामुख र उपसभामुख फरक दल र फरक लिङगको  हुनुपर्ने व्यवस्था गरेको छ ।

कांग्रेस नेता युवराज गिरीले लोकतान्त्रिक प्रक्रियामा अवलम्बन गरेर आफूहरूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘हालै सम्पन निर्वाचनमा एमाले माओवादी मिलेर चुनाव लडे । अब छिट्टै दुई पार्टीबीच एकीकरण हुँदैछ । एउटै पार्टीको सभामुख र उपसभामुख हुन पाउने संवैधानिक व्यवस्था छैन । त्यसैले प्रतिपक्ष दलको उपसभामुख हुनुपर्ने व्यवस्थाअनुसार कांग्रेसले उम्मेदवारी दिएको हो । संसदीय दलको नेता चयन नगरी उपसभामुखमा उम्मेदवारी दर्ता गराएको हो ।’
 
को हुन थारू ?

बर्दिया राजापुर–४ संर्घषनगरकी कृस्नी थारू २०३२ सालमा जन्मिएकी हुन् । कमैया तथा कम्लहरी महिलाको मुक्ति एंव अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दिया राजापुर नगरपालीकाकी कृष्णी बाल्यकालदेखि नै जमिन्दारको घरमा कम्लहरीको रुपमा काम गरेकी थिइन् । उनले विवाहपछि पनि जमिन्दारको घरमा परिवारसहित कमैयाको रुपमा काम गरिन् । 

२०५७ साउन २ गते सरकारले कमैया कम्लहरी मुक्त भएको घोषणा गरेसँगै उनको परिवार पनि मुक्त भएको हो । सरकारले कमैयामुक्त गर्दा मुक्तकमैयालाई पहिचान नदिएको भन्दै उनी विभेद् विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी थिइन् । उनका श्रीमान कृष्ण थारु भारतमा मजदुर गर्दै आए पनि कृष्णी सांसद बनेपछि घरमै सानो पसल सञ्चालन गर्दै आएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x