×

NMB BANK
NIC ASIA

सेशल्सको काँधमा बन्दुक राखेर चीनलाई ताक्दैछ भारत

फागुन ११, २०७४

NTC
Premier Steels

काठमाडौं, ११ फागुन — एसियाका दुई ठूला मुलुक भारत र चीन एकअर्कालाई सन्देहको दृष्टिले हेर्छन् । 

जनसंख्याको हिसाबमा उनीहरू संसारका सबभन्दा ठूला दुई देश हुन् र ठूला अर्थतन्त्र पनि हुन् ।

दुवै देशले सीमा, सन्धिहरू तथा प्राकृतिक संसाधन साझा गर्छन् । तर यति हुँदाहुँदै पनि भारत र चीनको सम्बन्ध जटिल अनि कहिलेकाहीँ त वैमनस्यले भरिएको छ । 

लगभग आधी शताब्दीदेखि दुवै मुलुकबीचको सीमा विवादले द्विपक्षीय सम्बन्धमा बाधा तेर्स्याएको छ । 

दुई देशका बीच अक्साई चीन र अरुणाचल प्रदेशसमेत केही अन्य क्षेत्रका विषयमा विवाद छ र यो विवाद युद्धमा समेत परिणत भएको छ । 

तर हालैका वर्षमा दुवै देशको कूटनीतिक तथा आर्थिक सम्बन्धले उनीहरूबीचको तनावलाई निकै हदसम्म घटाउन प्रमुख भूमिका निर्वाह गरेको छ । 

विगत केही वर्षयता भारत र चीनबीच अर्को एक रणनीतिक क्षेत्रका विषयमा तनाव छ ः त्यो हो हिन्द महासागर ।

क्यानडाको म्याकगिल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक टीभी पलका अनुसार, चीन परम्परागत रूपमा दक्षिण चीन सागर समेत प्रशान्त महासागरलाई आफ्नो ब्याकयार्डका रूपमा हेर्छ भने दक्षिण एसिया र हिन्द महासागरलाई भारत आफ्नो विशेष क्षेत्र मान्छ । 

भारत–चीन सम्बन्धमा नजर राख्ने जानकारहरूले दुवै देशको शक्ति बढ्दै जाँदा आ–आफ्नो इलाकामा प्रभाव जनाउने विषयमा उनीहरूको विचार पनि बदलिएको विचार व्यक्त गरेका छन् । 

प्राध्यापक पल भन्छन्, ‘अहिले त चीन हिन्द महासागरमा आउन थालेको स्थिति छ । भारत चाहिँ हिन्द महासागरमा आफ्नो पकड बलियो बनाउनुका साथै प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति जनाउन चाहन्छ । उसले उक्त क्षेत्रका अन्य
देशसँग सम्बन्ध बलियो बनाइरहेको छ । जलसेनाको स्थिति पनि उसले बढाइरहेको छ ।’

तर भारतका लागि हिन्द महासागरको महत्त्व छ । उक्त महासागरमा उसको ७५ सय किलोमिटर लामो सीमा छ । 

भारतको जहाज मन्त्रालयका अनुसार, उसको ९५ प्रतिशत व्यापार हिन्द महासागरको बाटो भएर हुन्छ । 

तर हालैका दिनमा चीनले हिन्द महासागरमा रुचि देखाउन थाल्दा भारतको चिन्ता बढेको छ । 

सन् २०१३ मा चीनले रेशम मार्ग परियोजना घोषणा ग–यो । यसअन्तर्गत चीनले पाकिस्तान भएर समुद्री बाटो घटाउन खोजेको छ । 

Muktinath Bank

प्राध्यापक पल भन्छन्, ‘यो मार्गबाट चीनले इरानको खाडी र पश्चिम एसियाका देशसम्म सीधा पहुँच पाउँछ । विगतमा यी देशहरूको झुकाव भारतप्रति धेरै थियो । तर अहिले अफ्रिका, दक्षिण एसिया र मध्य एसियामा चीनको प्रभाव
बढ्दैछ । 

तीन वर्षअघि चीनले विदेशमा आफ्नो पहिलो सैनिक अड्डा बा अल–मनदाब जलडमरुमध्यनजिक जिबूतीमा स्थापित ग–यो । 

जलमार्गको आँकडामाथि नजर राख्ने वेबसाइट मरीन ट्राफिकका अनुसार, यो अतिव्यस्त जलमार्ग हो । 

चीनको बढ्दो उपस्थितिका कारण चिन्तित भारतको प्रतिक्रिया दुई दिशातर्फ देखिएको छ । पल भन्छन्, ‘एकातर्फ भारत प्रशान्त क्षेत्रमा आफ्नो शक्ति बढाउन खोज्दैछ । अर्कातर्फ ऊ हिन्द महासागरमा पनि स्थिति बलियो बनाउन
खोज्दैछ ।’

यसै क्रममा भारतले सेशल्समा सैनिक अड्डा स्थापित गर्नका लागि कुराकानी गरिरहेको छ । 

पलका अनुसार यो सम्झौताको कमै जानकारी मात्र बाहिर आएको छ । तर हिन्द महासागरमा चीनको दखल बढ्दै जाँदा भारतले यो कदम उठाएको स्पष्ट छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेशल्समा भारतीय सेनाले सन् २०१४ देखि नै समुद्री क्षेत्रको निगरानी गर्दै आएको छ । सन् २०१६ मा उसले त्यहाँ राडार निगरानी प्रणाली लगाएको थियो । 

तर सेशल्समा भारतको सैनिक अड्डाका विषयमा धेरै उत्साह छैन । सेशल्स दक्षिण एसियाका पर्यटकहरूको प्रिय स्थान हो र सेशल्सको समाचार संस्थाले त्यहाँका मानिस सैनिक अड्डाको विरोधमा रहेको लेखेको छ । त्यसले देशको स्थिरतालाई आघात गर्ने उनीहरू ठान्छन् । 

त्यसो त भारत र सेशल्सबीचको सन्धि सार्वजनिक रूपमा उपलब्ध छैन तर भारतले सेशल्समा सैन्य अड्डा स्थापित गर्ने अनुमति भने पाएको छ । 

बीबीसी हिन्दीबाट


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x