×

NMB BANK
NIC ASIA

प्रदेश मुख्य न्यायाधिवक्ताको दौडमा उपाध्याय र तिवारी

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ११ फागुन– प्रदेश नंं. ७ को मन्त्रिपरिषदले पूर्णता पाएयता प्रदेश सरकारको कानूनी सल्लाहकार एंव प्रदेश मुख्य न्यायाधिवक्ता को बन्नोवारे चर्चा परिचर्चा शुरु भएको छ ।

Muktinath Bank

वामबन्धनको सरकार बनेकोले स्वाभावतः नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले समर्थित अधिवक्ताहरु मुख्य न्यायधिवक्ता बन्ने दौडमा छन् । तर दुई पार्टीबीच पार्टी एकताको लागि सहमति भैसकेकोले को बन्नेवारे चर्चाको विषय बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नंं. ७ मा मुख्यमन्त्री माओवादीकै रहेकोले माओवादी पार्टी समर्थितले पाउने एकथरीको लविङ छ, भने प्रदेश सरकारमा नेकपा एमालेको बहुमत रहेकोले नेकपा एमाले समर्थितले पाउने पर्ने आंकलन अर्कोथरीको छ । 


Advertisment
Nabil box
Kumari

हाल यो प्रदेशमा नेकपा (माओवादी केन्द्र) समर्थित अधिवक्ता कुलानन्द उपाध्याय र नेकपा एमाले समर्थित अधिवक्ता नीलप्रसाद तिवारीको नाम बढी चर्चामा छ । दुबै अधिवक्ताहरुले पार्टीले जिम्मेवारी दिएको अवस्थामा जिम्मेवारीको लागि आफूहरु योग्य रहेको बताएका छन् । 

Vianet communication
Laxmi Bank

‘मुख्य न्यायाधिवक्ताको लागि योग्य रहेकोले पार्टीले मेरो आवश्यकता महसुस गर्छ भने पक्कै पनि जिम्मेवारी पूरा गर्नेमा प्रतिवद्ध छु’, अधिवक्ता उपाध्यायले भने ।

त्यस्तै, अधिवक्ता तिवारीले मुख्यमन्त्री माओवादीको रहेकोले मुख्य न्यायाधिवक्ता उतै जान सक्ने सम्भावना रहेको बताए । तर दुई पार्टीबीच एकीकरण निश्चित भएकालेसे आफुलाई पनि जिम्मेवारी आएको अवस्थामा जिम्मेवारीबाट पछि नहट्ने उनको भनाई छ ।

अधिवक्ता उपाध्याय संबैधानिक कानून र फौजदारी कानूनमा एलएलएम र समाजशास्त्रमा स्नाकोत्तर उपाधी हासिल गरेका छन् । ४६ बर्षिय उपाध्याय २३ बर्षदेखि कानूनी पेशामा रहेर काम गर्दै आएका छन् । उनी नेपाल बार एशोसिएसनको केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

त्यस्तै, अर्का अकांक्षी अधिवक्ता तिवारी बीएल उत्तीर्ण गरेका छन् । ५० वसन्त पार गरेका तिवारी २५ बर्षदेखि कानूनी पेशामा संलग्न छन् । उनी विभिन्न सरकारी तथा गैर–सरकारी संघ संस्थाको कानूनी सल्लाहकारको रुपमा काम गरेका छन् । साथै उनी कैलाली बार एशोसिएसनका पूर्वअध्यक्ष पनि हुन् ।

संविधानको धारा १६० अनुसार मुख्य न्यायाधिवक्ताले महान्यायधिवक्ताको मातहतमा रहेर प्रदेश सरकारको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने प्रावधान छ । वरियता क्रममा  उच्च अदालतको न्यायाधीश सरह मानिन्छ । 

जसको नियुक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने संवैधानिक प्रावाधान छ ।

त्यस्तै संविधान अनुसार उच्च अदालतको न्यायाधीश हुन योग्यता रहेको व्यक्तिले मुख्य न्यायाधिवक्ताको पदमा नियुक्तिको लागि योग्य मानिन्छ । कानूनमा स्नातक उपाधि प्राप्त गरीे जिल्ला न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता भएको हुनुपर्ने प्रावधान छ । त्यस्तै अधिवक्ताको रूपमा कम्तीमा दश वर्ष निरन्तर वकालत गरेको, कम्तीमा दश वर्ष कानूनको अध्यापन, अन्वेषण, कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको हुनुपर्ने प्रावधान छ । 

न्याय सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पदमा नियुक्तिको लागि योग्य हुने प्रावधान छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x