×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री जब सरसफाइमा उत्रिए

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १२ फागुन -  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । 

प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको औपचारिक उद्घाटन गर्दै प्रदेशको राजधानी भएकाले यसलाई नमूना शहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 

“यो शहर प्रदेशको राजधानी भएकाले यसलाई बनाउन सबैको ध्यान केन्द्रित हुन जरुरी छ, नागरिकको स्वास्थ्य ठीक भए, अन्य सबै ठीक हुन्छ, त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो । 

राजधानी सरसफाइ गरेर नमूना शहर निर्माण गरे प्रदेशको पर्यटन विकासमा समेत वृद्धि हुने भएकाले सबै क्षेत्रबाट यो अभियानलाई सफल बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ । 

Muktinath Bank

सरसफाइ नागरिकको पहिलो प्रतिष्ठा भएकाले नगरपालिकाभित्रका सबै वडा, चोक, सार्वजनिकस्थानमा रहेका फोहर उठाएर अभियानको थालनी गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो । 

यो अभियानले वीरेन्द्रनगरलाई देशकै नमूना शहर बनाउने र प्रदेशको पर्यटन विकास वृद्धि हुने पनि उहाँले बताउनुभयो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुरु भएका सोे अभियानमा प्रदेश नं ६ का मन्त्रीहरु, प्रदेशसभा सदस्य, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x