×

NMB BANK
NIC ASIA

एमाले मधेसविरोधी पार्टी होइन भनेर साबित गर्ने अवसर ओलीको हातमा

फागुन २९, २०७४

NTC
Premier Steels

जनकपुरधाम, २९ फागुन- राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले मतदान गर्ने छन् ।

Muktinath Bank

२७ फागुनमा प्रधानमन्त्री खड्ग प्रसाद (केपी) शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दा पनि मधेस केन्द्रित ती राजनीतिक दलले ओलीको पक्षमा नै मतदान गरेका थिए । त्यस कारण पनि अहिलेको राष्ट्रपतिको निर्वाचनमा पनि राजपा र फोरमले भण्डारीलाई नै मतदान गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, यस अघि उनै भण्डारी पहिलो पटक राष्ट्रपतिको रूपमा उम्मेदवारी दिँदा राजपा र फोरमसहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको प्रक्रिया नै बहिष्कार गरेको थियो ।  तर, राजेन्द्र महतोले नेतृत्व गरेको तत्कालिन सदभावना पार्टीको समानुपातिक सांसद माधवी रानी साहले मोर्चाको निर्णय राष्ट्रपतिको उम्मेदवार भण्डारीलाई मतदान गरेकी थिइन् । जसका कारण उनले चर्को विरोधको सामना गर्नु परेको थियो । 


Advertisment
Nabil box
Kumari

सांसद् साहलाई सभासद्को पदबाट बर्खास्त गरि पार्टीमा साधारण सदस्य समेत नरहने गरि कारबाही हुनुपर्छ भन्ने मांग सदभावनामा जोडसोडले  उठ्न थाल्यो । सांसद साह जनकपुरकी भएका कारण सुरुमा उनको संसदीय क्षेत्र रहेको धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले १२ कार्तिक २०७२मा सोहि व्यहोराको गरेको निर्णयलाई सदभावना पार्टीको जिल्ला समितिले पनि अनुमोदन गर्दै कारबाही प्रकृया अगाडि बढाउन पार्टीको केन्द्रिय समितिलाई पत्राचार गरिएको थियो ।

Vianet communication

तर, सदभावना अध्यक्ष राजेन्द्र महतोले कारबाही गर्छु भनेर भन्दै गए पनि उनलाई कारबाही गरिएन । पैसा लिएर समानुपातिक सांसद बनाएका कारण अध्यक्ष महतोले सांसद साहलाई कारबाही नगरेको भन्दै पार्टी भित्र कार्यकर्ताहरूले आबाज उठाउँदै आए । पछि त्यहि कारण तत्कालिन सदभावना पार्टीका धनुषाका बरिष्ठ उपाध्यक्ष जगदीश महासेठ लगायत कतिपय कार्यकर्ताहरूले पार्टी नै परित्याग गरे । यो, अलग कुरा हो कि अहिले ती सांसद साह पनि राजपामा छैनन्, निष्क्रिय भएका छन् । उनको श्रीमान रमेश कुमार साह भर्खरै सम्पन्न भएको प्रतिनिधि सभाको चुनावका बेला राजपा परित्याग गर्दै सुरुमा संघीय समाजबादी फोरममा र त्यस पछि  नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी अहिले पनि कांग्रेसमै आबद्ध छन् ।

राष्ट्रपतिमा भण्डारी निर्वाचन भए लगत्तै मधेस आन्दोलनमा सहभागी भएको गैर राजनीतिक युवाहरूको संगठन मधेस अधिकार संघर्ष समितिले जनकपुरमा साँझ आधा घण्टा सहर भरि बत्ति निभाउन लगाएर ‘ब्ल्याक आउट’ नै गरेका थिए । समितिका संयोजक सरोज मिश्र लगायत युवाहरूको अगुवाइमा गरिएको ब्ल्याक आउट कार्यक्रमका दौरान नेपाल विद्युत प्राधिकरण वितरण शाखा जनकपुरलाइ फोन मार्फत ब्ल्याक आउट अबधिभर विद्युत आपूर्ति समेत बन्द गर्न लगाईएको थियो ।

बिगतमा संविधान सभाबाट संविधान जारी हुनु अघि शुरु भएको मधेस आन्दोलनका क्रममा होस् वा संविधान जारी भई सकेपछि सप्तरीको मलेठ घटना, स्थानीय तह र प्रतिनिधि सभासम्मको निर्बाचनका क्रमसम्म मधेसी मोर्चामा आबद्ध दलहरूले एमालेलाई नै प्रधान शत्रुको रूपमा हेरिरहे । 

एमालेलाई मधेस बिरोधि राजनीतिक दलको रूपमा ठहर गर्दै मधेसबाट एमालेलाई पत्ता साफ गर्ने उद्घोष मधेसी दलका शीर्ष नेताहरुले गरेका थिए । 

एमालेका सांसदहरू मधेसमा असुरक्षित भए । एमाले अध्यक्ष केपी शर्मा ओली मधेस खाश गरेर जनकपुर झर्नै सकेनन् । बरिष्ठ नेता माधब कुमार नेपाल स्थानीय तहको निर्बाचनका क्रममा जनकपुर आए पनि उनलाई कालो झण्डा देखाउनेदेखि कार्यक्रममा ढुङ्गामुढा गरि कार्यक्रम भाँड्ने काम गरियो । मधेसका बिभिन्न जिल्लाहरूमा एमाले नेताहरूलाई कालोमोसो दल्ने काम गरियो । 

एकातर्फ एमाले र एमाले अध्यक्ष ओलिलाई मधेसमा टार्गेट गरिएको  थियो भने अर्को तर्फ कांग्रेस र माओवादीसँग मधेसी मोर्चाले गठबन्धन बनाएर प्रधानमन्त्रीको लागि कांग्रेसका उम्मेदवार शुशील कोईराला, शेर बहादुर देउबा र माओबादीका उम्मेदवार पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई मतदानसम्म गरे । मधेश आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्दै संविधान समेत संशोधन गर्ने भनेर मधेशी मोर्चाले कांग्रेस र माओवादीसँग पालै पालो लिखित सम्झौता गर्दै सरकारलाई बाहिरबाट समर्थन गर्दै गए । 

संविधान संशोधन हुँदैन, संशोधन राष्ट्रघाती हो, मधेसीरूका माग नै जायज छैनन् भन्ने ओलीको भनाइलाई मधेसी जनताले मनपराएनन् र उनीसहित उनको दललाई ‘भिलेन’ रुपमा हेरिएको थियो । 
मानव साङ्गलोलाई माखे साङ्गलो, एक–दुईटा आँप झर्दैमा केहि पनि हुँदैन, मधेस प्रदेशलाई के धोति प्रदेश दिने, समथर भूमिलाई मधेश प्रदेश बनाउने हो भने भारतको युपी बिहार जानुस् भनेर सदभावना अध्यक्ष राजेन्द्र महतोलाई एमाले अध्यक्ष ओलीले भनेको भन्दै उनी प्रतिको वितृष्णा मधेसी जनतामा बढेको थियो । 

आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनसक्ने विषय एमालेले नभनेको होइन ।  तर, परिस्थिति यस्तो बन्दै गयो कि मधेसमा एमालेलाई मधेस बिरोधि दलको रूपमा चित्रित गरियो । शेर बहादुर देउबाको नेतृत्वको सरकारले संविधान संशोधन विधेयक सदनमा ल्याएर मतदान गर्दा समेत एमालेले संशोधनको बिपक्षमा मतदान गरेकाले पनि एमालेका नेताहरूलाई स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा धेरै नै अफ्ट्यारो भएकै हो । 

राजपा र फोरमले कुनै बेला प्रधान शत्रुको रूपमा किटान गरेको एमाले सँग मित्रताको हात अगाडि बढाइसकेको अबस्थामा बल अब प्रधानमन्त्री ओलीकै कोर्टमा पुगेको छ

तर, अब समीकरण फेरिएको छ । यथास्तितिमै भए पनि राजपा र फोरमले ओली नेतृत्वको वर्तमान सरकारलाई तत्काल बाहिरबाट समर्थन गरेको छ । ती दलहरूलाई सरकारमा ल्याउने प्रयास पनि भईरहेको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने बेला राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भनेका थिए, ‘हामीलाई प्रधानमन्त्री ओलीप्रति पूरा भरोसा छ, कि उहाँ जे बोल्नु हुन्छ त्यो गर्नु हुन्छ । बिगतमा त कांग्रेस र माओबादीसँग लिखित सम्झौता गराएर मात्र मतदान गरेका थियौं, तर यो सरकारले सीधा संविधान संशोधन गरेर देखाईदिओस् ।’ त्यसै गरि फोरम नेपालकी नेत्रृ सरिता गिरीले भनेकी थिइन् , ‘प्रदेश नम्बर २ मा फोरम र राजपाको गठबन्धनलाई वाम गठबन्धनले जसरि काँध थापेको छ, त्यसै गरि हामी पनि यो सरकारलाई समर्थन गर्दैछौं । खाली अनुरोध के मात्र छ भने संविधान संशोधन गरि स्थायित्व, बिकास र समृद्धिको बाटोमासँग सँगै एकसाथ भएर अगाडि बढौं । ’

भनिन्छ, राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । चामत्कारिक ढंगले फोरम र राजपाले वाम गठबन्धनलाई समर्थन गरेको छ । मधेसमा त्यसको मिस्रित प्रतिक्रिया आइरहेको छ । यो सरकारसँग दुई तिहाई बहुमत रहेकाले सरकारमा गएर संविधान संशोधन गराउनुका साथ साथै प्रदेशहरूलाई समेत अधिकार सम्पन्न बनाई आर्थिक बिकास र समृद्धिको बाटोमा जानुपर्ने  कतिपय नागरिकको मत रहेको पाईन्छ ।  कतिपयले भने संविधान संशोधन नभईकन राजपा र फोरम कुनै पनि दलको सरकारमा सहभागी हुन नहुने तर्क गर्छन् ।

राजपा र फोरमले कुनै बेला प्रधान शत्रुको रूपमा किटान गरेको एमाले सँग मित्रताको हात अगाडि बढाइसकेको अबस्थामा बल अब प्रधानमन्त्री ओलीकै कोर्टमा पुगेको छ । एमाले मधेश बिरोधि पार्टी होइन भनेर सिद्ध गर्ने अवसर समेत शक्तिशाली प्रधानमन्त्री ओलीले पाएका छन् । अब उनी मधेसको विषयमा कसरी अगाडि बढ्नेछन्, त्यो कुराको भने परीक्षण हुन बाँकी नै छ । 

प्रदेश नम्बर २ मा नेपाली कांग्रेस प्रतिपक्षमा बसेको बेला संघ र प्रदेश दुबै सरकारमा हातेमालो गरेर अगाडि बढ्नका लागि ओली सरकारले संविधान संशोधन गर्न र त्यसको ठूलो जश लिन पाउने  अवसरलाई यदि सदुपयोग गर्ने हो भने मधेसमा खल पात्रका रुपमा चित्रित ओली मधेससँगै राष्ट्रकै नायकको रूपमा  चिनिने अबसर बन्ने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x