आफूलाई गाली गर्नेविरुद्ध शंकर विसीले दिए प्रहरीमा उजुरी

चैत १९, २०७४

कलाकार शंकर विसीले आफूमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध साइबर क्राइम अन्र्तगत उजुरि दिएका छन् । 

महानगरीय अपराध शाखा टेकु काठमाडौंमा गएर उनले आफू उपर जातिय गाली गलौच गर्ने बिरुद्ध सोमबार कारवाहीका लागि उजुरि दिएका हुन् ।


केही कलाकार, दलित अधिकारकर्मी सहितको टोली प्रहरीमा पुगेर उजुरि गर्दा गरेको संचारकर्मी तथा दलित महिला अधिकारकर्मी सरु सुनारले बताइन् ।

कलाकार शंकर बिसीले दिएको उजुरीका आधारमा दोसी उजर आवश्यक अनुसंन्धान सुरु भइसकेको र कानुन बमोजिम कारवाही हुने महानगरिय प्रहरी परिसर टेकु काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए ।

कलाकार विसीले पत्रकारलाई धम्की दिएको विषय युट्युवमा चर्चामा आएसँगै कतिपयले यसलाई जाजिय रुपमा समेत जोडेर उनी विरुद्ध प्रतिक्रियाहरु दिएका थिए । 

चैत १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस