×

NMB BANK
NIC ASIA

५६ बर्षपछि लागू भयो भिक्षा निषेध कानून

बैशाख ४, २०७५

NTC
Premier Steels

काठमाडौँ, ४ वैशाख- नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । 

विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि नेपालभर ऐन लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन । 

पशुपति क्षेत्र विकास कोषले गत चैत २० गतेदेखि पशुपति क्षेत्र परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेपछि यो ऐन कार्यान्वयन शुरु भएको हो । पशुपति क्षेत्रमा मागेर बस्ने सहयोगापेक्षीलाई मानव सेवा आश्रमले आश्रय दिएको छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल देशभरका देवस्थलबाट मगन्तेलाई हटाउने अभियान शुरु गरिनुपर्ने बताउनुहुन्छ । 

“पशुपति परिसरलाई सहयोगापेक्षीरहित बनाउँदा १०० जना मगन्तेमा आठ जनालाई व्यवस्थापन गर्नुपर्ने देखियो, जसको समाजमा कोही छैनन्, तिनलाई मानव सेवा आश्रमजस्ता स्थानमा राखिनुपर्छ, पेशाका रुपमा माग्न बस्नेलाई ऐनअनुसार कारबाही गरिनुपर्छ”– उहाँले भन्नुभयो । 

मन्दिर क्षेत्रमा हात थापेर बस्नेले सहज तरिकाले राम्रो आम्दानी गर्ने भएपछि धेरै मानिस मगन्ते पेशामा आकर्षित भएका हुन् । ऐनअनुसार देशभर माग्न निषेध गरिए यो पेशा अपनाउनेले विकल्प खोज्ने सदस्य सचिव ढकालको भनाइ छ । पशुपति क्षेत्रमा २८ वर्षदेखि निरन्तर माग्ने पेशा अपनाउने पनि भेटिएको कोषले जनाएको छ । 

पशुपति मन्दिर परिसरलाई तीन दशकदेखि माग्ने थलो बनाएकाले कोषका सदस्य सचिव ढकाललाई समेत ‘हटाउने तँ को होस्’ भनेर थर्काउने मगन्ते भेटिए । कोषले घर हुनेलाई खर्च दिएर पठाएको छ । रोजगारी गर्नेलाई पशुपति क्षेत्रमै सञ्चालित आयोजनामा काम दिएको छ । काम गर्न नसक्ने र बिरामीलाई मात्र आश्रममा पठाइएको हो । 

आश्रमका काठमाडौँ संयोजक एवं प्रवक्ता सुमन बर्तौला पशुपति क्षेत्रलाई सहयोगापेक्षीरहित क्षेत्र घोषणा गरेपछि ९२ जनालाई पुनःस्थापित गरिएको बताउनुहुन्छ । आश्रम सडक र मन्दिर क्षेत्रमा माग्ने नबस्ने गरी मानवीयताको राष्ट्र नेपाल बनाउने अभियानमा लागेको छ । 

“सत्य, न्याय, अनुशासनको राष्ट्र निर्माण गर्ने अभियान चलाइएको छ, यसका लागि विसं २०८२ सम्म नेपाललाई मगन्तेरहित बनाउने आश्रमको योजना छ, ‘सबैलाई खाना, नाना र छाना हाम्रो चाहना’ भन्ने नारालाई मूलमन्त्र बनाएर आश्रमले काम गरेको छ”– उहाँले भन्नुभयो । 

सडकपेटी र मन्दिर क्षेत्रमा पर्यटकको पनि आँखा जाने भएकाले यस्तो अभियान शुरु गरिएको आश्रमले जनाएको छ । आश्रममा हाल ६० जना युवा स्वयंसेवी सक्रिय छन् । २०८२ सालसम्म एक हजार जना स्वयंसेवी बनाउने तयारी भएको प्रवक्ता बर्तौलाले बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाले मासिक रु एक लाख ६७ हजार २०० भाडा तिरेर गोंगबु र बूढानीलकण्ठमा आश्रम सञ्चालन भएको छ । सडक र मन्दिर क्षेत्रमा माग्नेले कम्तीमा पनि दैनिक रु एक हजारभन्दा बढी कमाउने गरेका छन् । यी मगन्तेले सार्वजनिकस्थलमै स्वच्छन्द जीवन यापन गर्न पाउने भएकाले यसतर्फ आकर्षित भएका हुन् । 

पशुपति क्षेत्रका मगन्तेका बारेमा अध्ययन गर्नुभएकी कञ्चन राउत सक्रिय रुपमा काम गर्न सक्ने मानिस पनि मागेर निष्क्रिय बन्दा जनशक्ति अभाव हुने बताउनुहुन्छ । 

पशुपति क्षेत्रबाट आश्रम लगिएका कतिपय सहयोगापेक्षीमा गम्भीर रोग र मानसिक समस्यासमेत देखिएको प्रवक्ता बर्तौलाले सुनाउनुभयो । यस्तै मध्येका एक सुनिल भुजेल क्षयरोग, मधुमेह, एउटा फोक्सोले समेत काम नगर्ने अवस्थामा कालीमाटी क्षयरोग अस्पतालमा उपचार भइरहेको आश्रमले जनाएको छ । 

आश्रमले वैशाख महिनामै बौद्ध, भद्रकाली र स्वयम्भू क्षेत्रका मगन्तेलाई उद्धार गर्ने तयारी गरेको जनाएको छ । हनुमानढोकास्थित कालभैरव मन्दिर अघि बसेकी ९२ वर्षीया वृद्धालाई आश्रममा लैजान १२ पटकसम्म प्रयास गर्दा पनि असफल भएको प्रवक्ता बर्तौलाले बताउनुभयो । 

वृद्धाका छोरा बुहारीले घर फर्काउन प्रयास गर्दा पनि असफल भएको उहाँले सुनाउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x