×

NMB BANK
NIC ASIA

पेट्रोलियम पाइप लाइन बिच्छ्याउने काममा तीव्रता

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज, ५ वैशाख–भारतकाे मोतिहारीदेखि नेपाल अमलेखगन्जसम्म पेट्रोलियम पाइप लाइनका लागि अहिले धमाधम जमिनमुनि पाइप बिच्छ्याउने काम शुरु भएको छ । 

चैतको अन्तिमसाता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्तरुपमा शिलान्याश गरेपछि यो कामले तीव्रता पाएको हो । 

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्मको ७० किलोमिटर पाइपलाइन निर्माणको काम रु दुई अर्ब ७५ करोडको लागतमा भइरहेको छ । यसमा भारत सरकारको रु दुई अर्ब र नेपाल सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ । 

नेपालको ३६ दशमलव २ किलोमिटर भूभागमा पाइप लाइन निर्माण हुनेछ । भारतको मोतिहारीदेखि रक्सौलसम्म जमिनमुनि पाइप पुर्ने काम सम्पन्न भइसकेको छ । नेपालतर्फ बारा जिल्लाको सिमरामा करिब ५०० मिटर जतिमा खाल्डोमुनि पाइप राख्ने काम सम्पन्न भइसकेको सो कार्यालयका मेकानिकल इन्जिनियर शरदप्रसाद पौड्यालले जानकारी दिए । 

अबको १३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको छ । वर्षाले बाधा नगरे एक वर्षभित्र पाइप जमिनमुनि बिच्छ्याउने काम सम्पन्न हुने बताइन्छ । 

पाइपलाइनबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन भित्रिने छ । पहिलो चरणमा पाइपमार्फत डिजेल ल्याउने र अमलेखगन्जस्थित आयल निगमको डिपोमा भण्डारण गर्ने योजना छ । 

बहुप्रतीक्षित मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको काम सम्पन्न भएपछि नेपाल–भारत सीमा क्षेत्रमा हुने सवारी चाप पनि हटेर जाने विश्वास लिइएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x