×

NMB BANK
NIC ASIA

काँग्रेस बैठकमा निर्वाचन समीक्षा जारी, कसले के भने ?

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ९ वैशाख- नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा जारी छ । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज भएको आठौँ दिनको बैठकमा छ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 


Advertisment
Nabil box
Kumari

चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष÷विपक्षमा तर्क गर्नेक्रम जारी छ । 

Vianet communication
Laxmi Bank

नेतृत्वका गल्ती र कमजोरीका कारण पार्टी पराजय ः नेता गुरुङ 

आजको बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले लिखित विचार र राजनीतिक प्रस्ताव राख्नुभएको थियो । 

उहाँले स्थानीय निकायको निर्वाचनमा भएको काँग्रेसको पराजयलाई केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिइ तीनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेको उल्लेख गर्नुभएको छ । 

संस्थापक नेता बिपी कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेका कारण काँग्रेस आजको दुःखदायी अवस्थामा आइपुगेको निष्कर्ष निकाल्दै उहाँले बैठकमा भन्नुभयो, “पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीसँग अंकमाल गर्न पुग्याँै भने कहिले उग्रदक्षिणपन्थीसँग । सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो ।” 

उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई आफूले १३औँ महाधिवेशनमा दिएको समर्थन फिर्ता लिएकोसमेत उल्लेख गर्नुभएको छ । नेता गुरुङले गत महाधिवेशनमा आफूसमेत देशभरका महाधिवेशन प्रतिनिधि साथीले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय बनेका देउवाले आफ्नो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा गुटलाई प्रोत्साहित गरेको आरोप लगाउनुभयो । 

नेता गुरुङले भन्नुभयो, “काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी सबै तहका समितिलाई विघटन गरी तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।” 

वाम गठबन्धन नै काँग्रेस पराजयको कारण ः नेता विक 

बैठकमा अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले वाम गठबन्धन नै काँग्रेस हारको मुख्य कारण भएको बताउनुभयो । उहाँले काँग्रेस निर्वाचनपछि संसद्मा दोस्रो दलका रुपमा भए पनि निर्वाचन आयोगमा सबैभन्दा बढी जनमत भएको पहिलो पार्टी भएको स्पष्ट पार्नुभयो । 

विपक्षी दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई लगाएको महाअभियोगको पक्षमा बोल्ने र आफ्नो पार्टी नेतृत्वमा न्यायालयको साख जोगाउन प्रधानन्यायाधीशलाई लगाइएको महाअभियोगका विपक्षमा बोल्ने पार्टीका केही नेताहरुको अनुशासनहीनता, नैतिकहीन र अराजकताका कारण पनि पार्टी पराजय भएको नेता विकको टिप्पणी थियो । 

उहाँले फरकफरक महाअभियोगमा संलग्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा विजयी हुने अनि काँग्रेस महाअभियोगका प्रकरण कारण निर्वाचनमा पराजय भयो भन्न मिल्छ भनी प्रश्न गर्नुभयो । 

पार्टी पराजयको समीक्षासँगै केन्द्रीय सदस्यलाई आगामी दिनका कार्ययोजना ल्याउन आग्रह गर्दै उहाँले अन्य पार्टीको तुलनामा काँग्रेस केन्द्रीय समिति सानो आकारको भएकाले विधान संशोधन गरी ठूलो आकारको केन्द्रीय समिति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

पार्टी सुधारका लागि शीघ्र महाधिवेशन ः नेता पौडेल 

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पार्टीमा त्याग गरेको र जित्नेभन्दा पनि आफ्ना मान्छेलाई खोजीखोजी टिकट वितरण गरेका कारण अधिकांश स्थानमा पराजय भोग्नुपरेको आरोप लगाउनुभयो । 

टिकट वितरणमा आर्थिक चलखेलसमेत भएको बताउँदै उहाँले त्यसरी भएको पराजयको जिम्मेवार को हुने भनी नेतृत्वसँग प्रश्न गर्नुभयो । गणेश प्रवृत्तिलाई पुरस्कृत गर्ने र कुमार प्रवृत्तिको वास्ता नगर्ने संस्कृतिको अन्त्य नभएसम्म काँग्रेसमा सुधार नहुने भन्दै उहाँले सानो घेरामा रहने र त्यसैमा रमाउने बानीबाट नेतृत्वलाई मुक्त हुन आग्रह गर्नुभयो । 

विधानभन्दा माथि कोही पनि हुन नहुने भएकाले पार्टीका सबै गतिविधि विधानसम्मत हुनुपर्ने माग गर्दै नेता पौडेलले महासमिति बैठक बोलाई शीघ्र महाधिवेशन गर्नुपर्ने माग गर्नुभयो । 

केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीमा सामूहिक नेतृत्वको प्रयोग भएकाले जस अपजस पनि सामूहिकरुपमा लिनुपर्ने बताउँदै पराजयका सम्बन्धमा नेता नै आरोपप्रत्यारोपमा उत्रँदा कार्यकर्तामा थप निराशा पैदा भएको उल्लेख गर्नुभयो । 

आजको बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, बहादुरसिंह लामाले निर्वाचनमा पार्टी पराजयका कारणबारे आफ्ना धारणा राख्दै भावी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिनुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो । बैठक भोलि बिहान पुनः ८ः३० बजे बस्नेछ । 

रासस/भीष्मराज ओझा 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x