×

NMB BANK
NIC ASIA

प्रदेश १ : नगर र गाउँसभा सञ्चालन गर्ने कार्यविधि विधेयक पारित

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १२ वैशाख - प्रदेश नं १ मा आज प्रदेशसभाको बैठकले ‘नगरसभा र गाउँसभा सञ्चालन गर्न कार्यविधि विधेयक–२०७५’ सर्वसम्मत पारित गरेको छ । 

Muktinath Bank

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ बैठकमा पेश गर्नुभएपछि सो विधेयक सर्वसम्मतरुपमा पारित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


उक्त, विधेयक वैशाख ९ गते टेबुल गरिएको थियो । सो विधेयकको सैद्धान्तिक पक्षका साथै व्याकरण, वाक्यांशलगायत देखिएका त्रुटिलाई सच्याउनुपर्ने सुझाव दिँदै एक दर्जनभन्दा बढी प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । 


Advertisment
Nabil box
Kumari

लक्ष्मण तिवारीसहित १२ जना प्रदेशसभा सदस्यले संयुक्तरुपमा दर्ता गर्नुभएको संशोधन प्रस्तावमा २३ वटा बुँदामा देखिएका सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षमा संशोधन हुनुपर्ने, इन्दिरा राईले विधेयकको दफा २, ३, ४ र ६ का साथै प्रस्तावनालगायतमा वाक्यांश र शुद्धाशुद्धि हुनुपर्ने र शेर्माध्वज राईले सैद्धान्तिक पक्षमा देखिएका त्रुटिको सम्बन्धमा संशोधनका लागि प्रस्ताव दर्ता गराउनुभएको थियो । 

Vianet communication
Laxmi Bank

सो सम्बन्धमा आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले ती दर्ता गरिएका प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएपछि उहाँहरुले आ–आफ्ना सुझावका साथ त्रुटिको सम्बन्धमा ध्यानाकर्षण गराउनुहुँदै संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । ती संशोधन प्रस्ताव फिर्ता भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रस्तुत गर्नुभएको सो विधेयक पारित भएको हो । प्रदेशसभाको अर्को बैठक भोलि १ बजे बस्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x