×

NMB BANK
NIC ASIA

मुख्य न्यायाधिवक्तालाई दिइएन अभियोजन अधिकार

बैशाख १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३  वैशाख - प्रदेशका मुख्य न्यायाधिवक्तालाई अभियोजन अधिकार नहुने गरी कानुन मस्यौदा भएको छ । कानुन, न्याय तथा संसदीय मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा मुख्य न्यायाधिवक्तालाई अभियोजन अधिकार दिइएको छैन । केन्द्रका महान्यायाधिवक्ताको मातहतमा रहने मुख्य न्यायाधिवक्ताका अन्य अधिकार भने महान्यायाधिवक्ता सरह नै राखिएका छन् । अभियोजनको अधिकार भने उच्च सरकारी वकिल कार्यालय प्रमुख तथा जिल्ला सरकारी वकिल कार्यालय प्रमुखसँगै रहने भएको छ । 
केन्द्रमा सरकारवादी मुद्दा चल्ने वा नचल्ने अन्तिम निर्णय महान्यायाधिवक्ताले गर्ने कानुनी व्यवस्था छ । तर, प्रदेश सरकार स्तरका मुद्दाहरूको पुनरावेदन, मुद्दा दायर लगायत अधिकार मुख्य न्यायाधिवक्तालाई तोकिए पनि मुद्दा दर्ता हुने वा नहुने निर्णय गर्ने अधिकार दिइएको छैन । 
मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकारसम्बन्धी प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘कुनै न्यायिक वा अर्ध न्यायिक निकायबाट भएको निर्णय वा आदेशबाट प्रदेश सरकारको हकहितमा असर पर्ने रहेछ र त्यस्तो निर्णय वा आदेशविरुद्ध मुद्दा दायर गर्न, पुनरावेदन गर्न वा पुनरावलोकनका लागि निवेदन दिन वा अन्य कुनै कानुनी उपचार प्राप्त गर्न कानुनबमोजिम कुनै अधिकारी तोकिएको रहेनछ भने मुख्य न्यायाधिवक्ता वा निजले तोकेको अधिकृतले त्यस्तो निर्णय वा आदेशविरुद्ध कानुनबमोजिम सम्बन्धित निकायमा मुद्दा दायर गर्न, पुनरावेदन गर्न वा पुनरावलोकनको लागि निवेदन दिन सक्नेछ । ’ नेपालको संविधान मस्यौदाका क्रममा उक्त अधिकार मुख्य न्यायाधिवक्तालाई दिने वा नदिने विषयमा थुप्रै परामर्श भएका थिए । तर, प्रदेशका मुख्य न्यायाधिवक्तामा राजनीतिक नियुक्त हुने हुँदा उक्त अधिकार दिनु उपयुक्त नहुने भन्दै अभियोजनाको व्यवस्था हटाइएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x