×

NMB BANK
NIC ASIA

कबाडीबाट बनेको छ यो हवाई रेस्टुराँ, छन् सबै सुविधा

जेठ १, २०७५

NTC
Premier Steels

काठमाडौं, १ जेठ – भारतको राजस्थानस्थित बहरोडमा नयाँ खालको रेस्टुराँ खुलेको छ । एक पुरानो विमानलाई रेस्टुराँको आकार दिइएको छ । कबाडी भइसकेको प्लेनको उपयोग राम्रोसँग गरिएको छ । 

एक डीलरले केही दिनअघि दुईवटा पुराना प्लेन किनेका थिए जसको प्रयोग रेस्टुराँ खोल्नमा गरिएको छ । अहिले यसको मर्मतको काम भइरहेको छ । प्लेन रेस्टुराँमा राजस्थानी पक्वान्न र अन्य आइटमहरू हुनेछन् । 

नेपालमा क्याप्टेन वेद उप्रेतीले पुरानो विमानलाई रेनोभेट गरेर विमान संग्रहालय बनाएजस्तै भारतमा पनि प्लेनको थिममा पर्यटक आकर्षण गर्ने कुराहरू बनिरहेका छन् । लुधियानामा पनि यस्तै खालको एउटा रेस्टुराँ केही समयअघि खोलिएको थियो । 

राजधानी दिल्लीभन्दा लगभग ३५० किलोमिटर पर रहेको यो रेस्टुराँमा देशविदेशबाट पर्यटकहरू आउँछन् । 

भित्रबाट प्लेन जस्तो देखिने यो रेस्टुराँमा तमाम किसिमका आधुनिक सुविधाहरू रहेका छन् । हवाईयात्राको सपना देख्नेहरूले जमीनमा बसेर नै प्लेन चढेर स्वादिष्ट परिकारको आनन्द प्राप्त गर्न सक्छन् । 

Muktinath Bank

प्लेनमा त १८० जना यात्रु अटाउँथे तर रेस्टुराँ बनेपछि ग्राहकहरूको आरामका लागि यहाँ ७२ जनासम्म बस्न सक्ने प्रबन्ध मिलाइएको छ । अनेकौं इन्जिनियरले कडा मेहनतपछि चार महिनामा यसलाई तयार गरेका हुन् । 

विदेशको कुरा गर्दा चीनको वुहान शहरमा अनि म्यान्मारको राजधानी नेपीडमा प्लेन थिमको रेस्टुराँ बनेका छन् । त्यहाँ वेटरहरू क्याबिन क्रूको जस्तो लुगा लगाउँछन् । 

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x