×

NMB BANK
NIC ASIA

मुख्य समाचार : नेकपा इतिहासकै शक्तिशाली र एसियाकै तेस्रो ठूलो कम्युनिस्ट, स्वास्थ्य परीक्षणको एकाधिकार तोडियो

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ जेठ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेको छ । साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पुर्‍याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका हुन् । 

Muktinath Bank

६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको हो । एमाले र माओवादीको एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टी बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ ।


Advertisment
Nabil box
Kumari

बिहीबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारीक घोषणा गरिएको हो । घोषणासभामा शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे । गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै एकतालाई निष्कर्षमा पुर्‍याइएको हो ।

नयाँ पार्टी दर्ताका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ । ४४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपलब्ध सदस्यहरूको हस्ताक्षरसहितका कागजात बोकेर सहअध्यक्षद्वय ओली र प्रचण्ड आफै आयोग पुगेका थिए ।

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय
सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । मलेसियाले भिसा प्रक्रियाका नाममा पाँच कम्पनीमार्फत उठाउँदै आएको शुल्क पनि सरकारले खारेज गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘माइग्राम्स, निश्चित स्वास्थ्य परीक्षण संस्था, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क’ अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । नेपालको स्वीकृतिबिनै ती कम्पनीले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारबाट १८ हजार ८ सय रुपैयाँ उठाइरहेका थिए ।

यस्तै सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ‘एकाधिकार’ समेत तोडेको छ । मन्त्रालयले ३९ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाउँदै स्वास्थ्य मन्त्रालयबाट स्वीकृत सबै स्वास्थ्य संस्थामा गरिने परीक्षण मान्य हुने निर्णय गरेको हो ।

श्रमले गैरकानुनी शुल्क उठाउने कम्पनीको कारोबारबारे थप अनुसन्धान गर्ने तयारीसमेत गरेको छ । श्रम मन्त्रालयले मलेसिया सरकारलाई विगतका आफ्नो निर्णय खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको छ ।

श्रममन्त्री गोकर्णराज विष्टले बिहीबार पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन सकिने जानकारी गराए । यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । 

झन्डा कसले बिगार्यो हेक्का भएन
प्रदेश नम्बर २ का कर्मचारीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा जनकपुरमा राष्ट्रिय झन्डाको स्वरूप बिगारेको बारे हेक्कै नभएको स्पष्टिकरण दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको दुई पाना लामो स्पष्टिकरणमा प्रदेश नम्बर २ का प्रमुख सचिव हरि फुयाँल, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जनकपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले झन्डा कसले कार्यक्रम स्थलमा राखेको भन्ने आफूहरूलाई जानकारी नभएको स्पष्टिकरण दिएका हुन् । 

पराजुली बाहेकका कर्मचारीले आफूहरुलाई मञ्च व्यस्थापनको सिलसिलामा सबै ठाउँमा जानसमेत नदिइएकाले स्वरूप बिगारेको झन्डा कसले राखेको हेक्का नभएको स्पष्टिकरण दिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशन सकियो 
प्रदेश नं. २ को प्रदेश सभाको पहिलो अधिवेशन सकिएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले धन्यवाद मन्तव्य राख्दै पहिलो अधिवेशन समाप्त भएको घोषणा गरे । 

२०७४ साल फागुन २० गतेबाट शुरु भएको पहिलो अधिवेशनमा जम्मा २६ पटक बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । सो क्रममा कुल २५ घण्टासम्म बैठक चलेको थियो । पहिलो अधिवेशनबाट २ वटा विधेयकसमेत पारित भएको छ । सचिवालयका अनुसार आर्थिक कार्यविधि विधेयक र विनियोजन विधेयक पारित भएको हो ।

संसदमा संकल्प प्रस्ताव दर्ता
प्रदेश नं ३ को प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ । नेपाली काँग्रेसका सांसद्हरु प्रभात तामाङ, छिरिङदोर्जे लामा र निमा लामाले भूकम्प पीडितको आवास र पुनः निर्माण कार्यमा उल्लेख्य प्रगति नभएको भन्दै संकल्प प्रस्ताव पेश गरेका हुन् । 

संकल्प प्रस्तावमा सरकारी भवन, सार्वजनिक भवन, विद्यालय, गुम्बा, मठमन्दिर र अन्य भौतिक संरचना क्रमबद्ध रुपले पुनः निर्माण गर्न, नागरिकको घर निर्माणका लागि विनियोजित रकम अपर्याप्त भएकाले थप अनुदान रकम उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।

यसैगरी पुनः निर्माणका लागि कर्जा रकम बढीमा १५ लाख १५ वर्षको अवधिका लागि निब्र्याजी मासिक किस्ता चुक्ता गर्ने व्यवस्था मिलाउन, पुनः निर्माणका लागि कर्जा दिँदा नागरिकताको प्रमाणपत्र र जग्गाधनी पुर्जा कायम गर्न र जग्गाधनी पुर्जा मात्र रोक्का गरी कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव समेटिएका छन् । 

पल्सर स्पोर्टस अवार्ड
पल्सर स्पोर्टस् अवार्डको १५ औं संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिएको छ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मान गरिएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्चले भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड क्रिकेटका पारस खड्काले जितेका छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडी अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितेकी छिन् । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् ।.

उत्कृष्ट युवा खेलाडी स्पिनर सन्दीप लामिछाने र पारा एथलिट अवार्ड बास्केटबल तथा क्रिकेट खेलाडी हिमाल अर्याललाई प्रदान गरिएको छ । भने स्पेशल अवार्ड करन केसीले जितेका छन् । 

लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबल खेलाडी अशोक केसीलाई प्रदान गरिएको छ । त्यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले जितेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x