जेठ १९, २०८०
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपालको वर्तमान अर्थतन्त्र वास्तवमा बिरामी छ । गम्भीर छ, संंकटग्रस्ट छ । सरकारले जारी गरेको श्वेतपत्रले भनेको अवस्थामा छ । श्वेतपत्रबारे पक्ष बिपक्षमा भएको बहस अन्यथा लिनु हुँदैन ।
सामान्य कुरा कृषिको अवस्था जर्जर छ । हाम्रो जीवनको प्रमुख आधार, ६५ प्रतिशत भन्दा बढी मान्छे कृषिमा आधारित छन् । तर कृषि र कृषिजन्य उपजको आयात १ खर्ब नाघिसक्यो । चामल मात्रै ३६ अर्ब भन्दा बढीको आयात गर्दैछौं हामी । तरकारी नुन तेलको पनि उस्तै हो । अहिले गाउँघर रित्तिरहेको छ । खेतबारी बाँझो बनिरहेको छ ।
उद्योगको अवस्था त्यस्तै चिन्ताजनक छ । पञ्चायतकालभन्दा तल झरिरहेको छ । धमाधम उद्योगहरु बन्द भइरहेका छन् । रोजगारी छैन । नेपालको रोजगारी अरबी देशहरु, द०िाण कोरियामा छन् । अहिलेसम्मको अर्थतन्त्र धानेको ‘रेमिट्यान्स’ पनि घट्ने क्रममा छ ।
विकृत पूँजीवाद
हामी पूजीवादी व्यवस्था भन्दै बिकृत पूजीवाद तर्फ गइरहेका छौं । यहाँ कमिसनखोर हाबी छ । भ्रष्टाचारको अवस्था देख्दा कहाली लाग्छ ।
जहाँ छोयो त्यतै भ्रष्टाचार गन्हाउन थालेको छ । यसको स्पष्ट उदाहरण पछिल्ला महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन नै प्रयाप्त छन् । अहिले सुन तस्करीको अवस्था हेर्नुस्, प्रशासनदेखि सुरक्षा निकाय यसमा मुछिएको छ । यो पनि कमिसन भ्रष्टाचारको जालोले गाँजिएको छ । समग्रमा भ्रष्टाचारको जालोले नेपाल नै गाँजिएको छ ।
उत्पादन र रोजगारीको उचित वातावरण नहुँदा धनी कसरी हुने भन्ने छोटो बाटो खोजिरहेका छन् मानिसहरुले । कुन किसिमले अरुलाई लुट्न सकिन्छ भन्ने सोचाईको विकास हुँदैछ । तस्करहरुले अब देश खान मात्रै बाँकी छ ।
अचम्म के छ भने बैंकहरु मोटाइरहेका छन् । हरेक बैंकले अरबौं रुपैयाँ कमाइरहेका छन् । यही हो बिकृत पूँजीवाद भनेको ।
समाजवाद उन्मुख हुन प्रबृत्ति फेरौं
संविधानअनुसार हामी समाजउन्मुख अर्थतन्त्रको अभ्यासका क्रममा छौं । सरकारले ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’को नारा अपनाएको छ । यी कुरासँगै हामी यो बिकृत अर्थतन्त्रमा छों हामी । यसको व्यवस्थापन अहिलेको सरकारको ठूलो चूनौती हो ।
अहिलेको डरलाग्दो अवस्थालाई समाधान कसरी गर्ने भन्ने बाटो पनि संविधानले देखाएको छ । हाम्रो संविधानले अर्थतन्त्रको सुधारका लागि तीन खम्बे अर्थनीतिमा जाउ भनेकै छ । यो विश्वमै सफल अभ्यास पनि हो । यसलाई नै अब पछ्याउनुपर्छ ।
अहिलेको निजी क्षेत्रलाई सबै थोक दिएका कारण यस्तो भएको छ । हेर्नुस्, जताततै सिण्डिकेट छ । जहाँ गए पनि बढी भन्दा बढी कमाउने उपाय मात्रै खोजी हुने गरेको छ । यसलाई नियन्त्रण गर्न राज्यले स्पष्ट नीति नियम बनाउने, आन्तरिक तथा बाह्य सहयोग लिएर सबै क्षेत्रमा आफ्नो सहभागिता जनाउनु पर्छ । राज्य, निजी क्षेत्र र सहकारी गरेर ।
अर्को महत्वपूर्ण कुरा आन्तरिक वा बाह्य लगानी सही ठाउँमा जान सकेन । काम लाग्ने स्थानमा लगानी गरे पो उत्पादन हुन्छ । तस्करीमा लगानी लगाएर हुन्छ त !
ग्रामिण भेगमा सहकारी नै जीवन भएको छ । यहाँ कार्यक्रम नभएको बिग्रेको पनि होइन, पैसा नभएर बिग्रेको पनि होइन, ऋण नपाएर बिग्रेको पनि होइन । सबै चिज छ तर कमिसनखोरी भ्रटाचारी नैतिकता छ त्यो नै बाधक हो । त्यसमाथि पनि हाम्रो नीति नै प्रभावकारी भएन ।
सहकारीलाई कृषिमा सहभागी गराउने र नियमनलाई प्रभावकारी बनाउने गर्नुपर्छ ।
सरकारले काठमाडौंको एक वाणिज्य बैंकलाई पैसा दिन्छ तर गाउँमा रहेको सहकारीलाई पैसा नदिने अवस्था छ ।
सबै उत्पादनको एकमा मात्रै उद्देश्य सम्बृद्धि हुनुपर्यो । सम्बृद्धिको धार चाहीँ समाजवाद उन्मुख हुनपर्यो । समाजवाद उन्मुख भनेको व्यापक मानिसलाई उत्पादनसँग लिंक गराउनु, व्यापक मानिसलाई रोजगारी दिनु हो । सारा नेपालीलाई सम्बृद्धिको यात्रामा सँगसँगै हिडाउनु पर्छ । यही हो समाजवाद उन्मुख भनेको । समाजवाद उन्मुख अर्थतन्त्रका लागि हामीले प्रबृत्ति नै फेर्नुपर्छ ।
वैदेशिक लगानी अस्तव्यस्त
अहिले वैदेशिक लगानी पनि सही ठाउँमा हुन सकेको छैन । प्रत्येक वर्ष लगानी आइरहेको छ । कहाँ लगाउने, त्यसको प्रतिफल के हो भन्ने कुराको स्पष्ट नीति छैन ।
हाम्रो देशको खास विशेषतालाई हेरेर त्यसबाट हाम्रो सम्बृद्धि कसरी हुन्छ भन्ने बाटो पहिल्याएर त्यसपछि लगानी लगाउने हो ।
अहिले उर्जाको क्षेत्रमा हेर्ने हो भने, नेपालीहरुले एक मेघावाट, २ मेघावाट विद्युत आफैं उत्पादन गर्न सक्छन् । त्यसका लागि सहकारीको प्रयोग गर्नुपर्यो ।
सानासाना उद्योगमा पनि विदेशी लगानी विदेशीको हस्तक्षेप हो । ठूला ठूला लगानी जुन काम गर्न हामीसँग प्रयाप्त पैसा छैन, त्यस्तोमा बाहिरको लगानी आउने वातावरण बनाउनुपर्छ । केही उद्योगपतिले पैसा कमाएर मात्रै भएन । गाउँका मान्छे पनि पैसा कमाउनुपर्यो ।
अहिले संक्रमित बजेट
संघीयता लागू भएपछिको बजेट संक्रमणमा छ । चालू आर्थिक वर्षमा स्थानीय तहले स्पष्ट नीति बनाउन सकेको छैन । यसले गर्दा स्थानीय तहमा गएको बजेट खर्च हुन समस्या भएको छ ।
आगामी आर्थिक वर्षमा पनि स्थानीय र प्रादेशिक सरकारसँग स्रोत छैन । यसको व्यवस्थापन यो पाली सरकारले गर्नुपर्छ ।
संघीयताको सफल कार्यान्वयनका लागि मात्रै पनि स्थानीय सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ र यसका लागि केन्द्रले आवश्यक सहयोग गर्नुपर्छ । साधन स्रोत खोज्नका लागि पनि यो पटक साधन स्रोत दिनुपर्छ । यो सरकारको ठूलो दायित्व हो ।
अहिलेको बजेटले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा, भ्रष्टाचार र कमिसनखोरको अन्त्य गर्ने वातावरण हुनुपर्छ । हाम्रो एउटा समस्या लामोसमयदेखि हाम्रो पूँजीगत खर्च समयमा हुँदैन । अन्त्यमा सकाउने मेलो गरेर गुणस्तरहीन काम भइरहेका छन् ।
यसको हतार चाहीँ किन गर्ने ? अरु नीति नियम मिच्दै हिडरहेका छौं हामी, तर आर्थिक वर्षमा तोकिएको बजेट मात्रै सकाएर सद्दे बन्ने ध्याउन्न लाग्नु कमिसनका लागि लाग्नु हो ।
अब यसो गरौं
माथिकै वाक्यांश दोहार्याए, अहिले अर्थतन्त्र बिरामी अवस्थामा छ । यसका केही आधार छन् । स्पष्ट र प्रभावकारी नीति नहुनु, उत्पादन नहुनु, उत्पादनको वातावरण नबन्नु ।
पैसा भयो भने आयात गर्ने भयौं तर उत्पादन गरेर खाने भएनौं ।
उत्पादनका बढाउन सरकारले पनि खास पहलन गर्नुपर्छ । जुन देशले उत्पादन बढाउँछ त्यै देशको आर्थिक अवस्था मजबुत हुन्छ । रोजगारीको अवसर आउँछन् ।
सरकारले चारवटा कुरालाई ध्यान दिनुपर्छ, उत्पादन बढाऊ, रोजगारी बढाऊ, लगानी बढाऊ र सामाजिक सुरक्षालाई पनि फराकिलो बनाऊ ।
(पूर्व अर्थमन्त्री भरमोहन अधिकारीसँगको कुराकानीमा आधारित)
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...