×

NMB BANK
NIC ASIA

कर्णालीको बिडम्बना : बजेट खर्च नै गर्न नसक्ने समस्या, वित्तीय प्रगति ७.४२% मात्रै

असार ५, २०७५

NTC
Premier Steels

सुर्खेत, ५ असार – कर्णालीलाई केन्द्र सरकारले हेप्यो, बजेट नै दिएन भन्ने गुनासो धेरै सुनिन्छ । तर, चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विनियोजन गरेको बजेट खर्च नै नभएको पाइएको छ ।

Muktinath Bank

कर्णाली प्रदेशसँग भएको बजेट नै खर्च गर्न नसक्दा विकास आगामी वर्षमा धकेलिएको छ । कर्णाली प्रदेशसँग बजेट खर्च गर्ने क्षमता ज्यादै कमजोर रहेको चालू आर्थिक वर्षको बजेट खर्च प्रगतिले देखाएको छ । प्रदेश सरकारले ७ दशमलव ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आज संसदमा चालू आर्थिक वर्षमा ल्याएको बजेटको खर्च विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार प्रदेशको खर्च भएको रकम जम्मा ७ दशमलव ४२ प्रतिशत मात्र रहेको छ । संसदमा प्रस्तुत विवरण अनुसार सबैभन्दा बढी प्रदेश सभाले रकम खर्च गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभालाई ३ करोड ७० लाख ६५ हजार रुपैयाँ चालू र २ करोड ५६ लाख रुपैयाँ पुँजीगततर्फ बजेट विनियोजन गरिएकोमा चालूतर्फ १ करोड ७० लाख २१ हजार ४ सय ४७ रुपैयाँ र पुँजीगततर्फ ३२ लाख ६४ हजार ३ सय ७९ रुपैयाँ खर्च भएको छ । यो बजेटको ३२ दशमलव ३७ प्रतिशत रकम हो ।

Vianet communication

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छुट्याइएको ५ करोड २९ लाख ५९ हजार रुपैयाँमध्ये ७९ लाख ७२ हजार ३ सय ६६ रुपैयाँ मात्र खर्च भएको जनाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सरकारले ५ करोड १ लाख २० हजार रुपैयाँ विनियोजन गरिएकोमा ७३ लाख २९ हजार ७ सय ९३ रुपैयाँ खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पाएको ५९ लाख ५२ हजार ४० रुपैयाँमध्ये ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको छ । मन्त्री ज्वालाका अनुसार प्रदेश लेखा नियन्त्रक कार्यालयलाई छुट्याएको १० लाख १० हजारमध्ये १ लाख २९ हजार २ सय ७ रुपैयाँ मात्र खर्च गरेको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाएको ८ करोड ३४ लाख १५ हजारमध्ये ६१ लाख ६८ हजार ५ सय ८३ रुपैयाँ खर्च गरेको मन्त्री ज्वालाले जानकारी दिए । उनका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाएको १० करोड ०७ लाख ७७ हजार रुपैयाँमध्ये १ करोड ७ लाख १९ हजार २ सय ७१ रुपैयाँ खर्च भएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयले २१ करोड १६ लाख १६ हजारमध्ये २८ लाख १५ हजार ४ सय ८० रुपैयाँ अर्थात् १ दशमलव ३३ प्रतिशत रकम मात्र खर्च गर्न सकेको छ ।

मन्त्री ज्वालाले दिएको जानकारी अनुसार सामाजिक विकास मन्त्रालयले ७ करोड ८० लाख ४५ हजार रुपैयाँमध्ये १ करोड १९ लाख १६ हजार ४३ रुपैयाँ खर्च गरेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ०८ प्रतिशत बजेट खर्च गरेको छ ।

कर्णाली प्रदेश सरकारले ४ महिनाका लागि गत बैशाख १६ गते ल्याएको आर्थिक वर्ष २०७४÷७५ को १ अर्ब २० करोड ५० लाखको बजेटमध्ये हालसम्म ७ करोड ५७ लाख ५२ हजार ३ सय ४ रुपैयाँ १५ पैसा मात्र खर्च भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x