अस्ट्रेलिया र डेनमार्कबीचकाे खेलमा १ गोलको बराबरी

असार ७, २०७५

काठमाडौं, ७ असार– जारी विश्वकअन्तर्गत अस्ट्रेलिया र डेनमार्कबीचको खेल १–१ गोलको बाराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएसँगै दुवै टोलीले समान १–१ अंक बाँड्नु परेको छ । 

विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध खेलको ७ औं मिनेटमा नै गोल गरेको थियो । 
निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्रता दिलाएका थिए । 



अस्ट्रेलियाका लेकीले हानेको कर्नर किक डी एरियामा डेनमार्कका डिफेन्डर युसुफ पूल्सेनको हातमा लागेपछि भने डेनमार्कको अग्रता कायम रहन सकेन । डेनमार्कका डिफेन्डर युसुफ पूल्सेनको ‘गल्ती’का कारण अस्ट्रेलियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो ।

अस्ट्रेलियाका कप्तान माइल जेडिनाकले पेनाल्टीमा गोल गरे ।

असार ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस