×

NMB BANK
NIC ASIA

मुसाले एटीएमभित्रको १२ लाख भारु खाइदिएपछि ...

असार ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ असार – भारतको असम राज्यको तिनसुकियामा रहेको स्टेट बैंक अफ इन्डियाको एक एटीएममा मुसा पसेर १२ लाख भारु नष्ट गरिदिएका छन् । 

मिडियामा यससम्बन्धी रिपोर्ट आएपछि बैंक अधिकारीहरू भागाभाग भएका छन् । मुसा कसरी एटीएम मशिनमा पस्यो भन्ने प्रश्न पनि उठिरहेको छ । 

अचम्मको कुरा त, उक्त एटीएम २० मेदेखि बन्द थियो । जुन ११ मा एटीएम मर्मत गर्न पुगेका प्राविधिकले भित्र हेर्दा तीनछक्क परे । एटीएमभित्र ५०० र दुई हजार भारुका नोटहरूको ससाना टुक्रा छरिएका थिए । 

गुवाहाटीको एक फाइनान्सियल कम्पनी एफआईएस ः ग्लोबल बिजनेस सोल्युसनले यो एटीएमको रेखदेख गर्छ अनि यसमा क्याश डिपोजिट गर्छ । कम्पनीका अनुसार, एटीएममा १९ मेमा २९ लाख भारु हालिएको थियो । स्थानीय
मिडियाको समाचारअनुसार, त्यही दिनदेखि एटीएमले काम गर्न छोडेको थियो ।

मिडियासँगको कुराकानीमा एक बैंक अधिकारीले करीब १७ लाख भारु नोक्सान हुनबाट बचाइएको छ । एटीएमभित्र नोटहरू मुसाले नै नष्ट गरेको भएपनि यसमा अनेकौं प्रश्न छन् । यसको अनुसन्धान गरियोस् भनी तिनसुकिया प्रहरी
थानामा एफआईआर दर्ता गरिएको छ । 

घटनाका बारेमा एक स्थानीय पत्रकारले ह्वाट्सएपमार्फत जानकारी पाए । उनले एक न्युज वेबसाइटसँग कुराकानीमा भने, ‘कुनै एटीएमलाई यत्तिका दिनसम्म आउट अफ सर्भिस किन राखियो ? अनि प्राविधिकलाई बोलाउन किन यति ढिलाइ गरियो ?’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x