माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको जथाभावी टिप्पणी गर्दै हिँड्ने बानीका कारण अमेरिकाको परराष्ट्रनीतिमा पनि नकारात्मक प्रभाव पर्न थालेको देखिन्छ । केही दिनअघि मात्र पूर्वी युरोपेली मुलुक इस्टोनियाका लागि अमेरिकाका राजदूत जेम्स डी. मेल्भिलले राजीनामा दिएका छन् । ट्रम्पले युरोपेली साझेदारहरूलाई दुर्व्यवहार गरेको र उनीहरूविरुद्ध अनुचित टिप्पणी गरेको भनेर निराशा जनाउँदै राजीनामा दिएको मेल्भिलले फेसबूक पोस्टमार्फत जानकारी दिएका छन् ।
हुन पनि ट्रम्पले नाटो सदस्यहरूविरुद्ध आक्रमण, ईयूका मुलुकविरुद्ध व्यापारमा कर, इरानसँगको आणविक सम्झौता तथा पेरिस जलवायु सम्झौताको बहिष्कार लगायतका कदम चालेर युरोपेलीहरूलाई चिढ्याएका छन् । अमेरिकी प्रतिनिधिका रूपमा ट्रम्पका टिप्पणीहरूको बचाउ गर्न आफूलाई अप्ठ्यारो परेको मेल्भिलले जिकिर लिएका छन् ।
यसअघि मार्च महिनामा मेक्सिकोका लागि अमेरिकी राजदूत रोबर्टा जेकबसनले पनि ट्रम्पका अपमानजनक टिप्पणीको प्रतिरक्षा गर्दागर्दा आजित भएकाले पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । अमेरिका र मेक्सिकोको सम्बन्धमा गम्भीर क्षण आएका बेलामा आफूले राजीनामा दिएको उनको भनाइ छ । उनी अमेरिकाकी वरिष्ठ तथा सम्मानित कूटनीतिक अधिकारी थिइन् ।
अनि ट्रम्प राष्ट्रपति निर्वाचित भएदेखि अमेरिकाका आधीभन्दा बढी वरिष्ठ कूटनीतिज्ञहरूले परराष्ट्र मन्त्रालय छोडिसकेका छन् । फेब्रुअरी महिनामा परराष्ट्र मन्त्रालयका वरिष्ठतम कूटनीतिज्ञ टम श्याननले राजीनामा दिएका थिए । अनि जनवरीमा पनामाका लागि अमेरिकी राजदूत जोर्डन फीलेले पनि ट्रम्प प्रशासनमा बसेर काम गर्न अब नसक्ने भन्दै राजीनामा दिएका थिए ।
त्यसो त ट्रम्पले निर्वाचन जितेपछि पदबहाली गर्नुअघि राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने भनी घोषणा गरेका थिए । उनले राजनीतिक नियुक्तिमा आएका राजदूतका बारेमा यसो भने पनि उनका क्रियाकलापका कारण कूटनीतिक प्रशासनमै रहेका (करीयर डिप्लोम्याट) हरूलाई पनि अप्ठ्यारो परेर उनीहरूले धमाधम राजीनामा दिएका छन् ।
ट्रम्पले कूटनीतिलाई उदेकलाग्दो तवरले सम्हाल्ने गरेका छन् । गम्भीर कूटनीतिक निर्णयलाई पनि उनी ट्वीटमार्फत खुलासा गरिदिन्छन् अनि ट्विटरमै अन्य राष्ट्रका प्रमुखहरूलाई अपमान गरिदिन्छन् । यस्तो अवस्थामा तत्तत् देशमा रहेका अमेरिकी राजदूतहरूले आतिथेय मुलुकको सरकारलाई आश्वस्त तुल्याउने अनि अमेरिकाको वास्तविक अडानको बारेमा प्रस्ट पार्ने गरेका थिए । तर ट्रम्पले अपमान शृंखला कायम राखेकाले राजदूतहरूलाई पनि मुश्किल पर्ने गरेको छ ।
अमेरिकाले अन्य देशका राजदूतका रूपमा प्रायः वरिष्ठ करीयर डिप्लोम्याटहरूलाई नै पठाउने गरेको छ । उनीहरू आफूलाई नियुक्त गर्ने हाकिमहरूभन्दा कूटनीतिमा बढी नै जानकार हुन्छन् । त्यसैले दुई मुलुकबीचको गम्भीर कूटनीतिक पहलका लागि राजदूतकै आवश्यकता हुन्छ ।
तर ट्रम्पले एकपछि अर्को राजदूतलाई निराशाजनक स्थितिमा पु–याउनुलाई कसरी बुझ्ने ? आखिर के हो ट्रम्प प्रशासनको परराष्ट्रनीति ? अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कलम चलाइरहेका विज्ञहरू पनि यस विषयमा रनभुल्ल परेका छन् ।
ट्रम्पको ‘अमेरिका प्रथम’ नीति नै परराष्ट्रनीतिमा समेत झल्केको केही विज्ञको भनाइ छ । आर्थिक संरक्षणवाद र अन्तर्राष्ट्रिय सम्झौताहरूको बहिष्कारले ट्रम्पको त्यही नीतिलाई परिपुष्ट गरेको देखिन्छ । अनि अन्य मुलुकमा अमेरिकाको खर्च घटाउने उनको भनाइले पनि अमेरिकालाई मजबूत बनाउने लक्ष्य झल्किन्छ । उनका यस्ता भनाइलाई उनका ‘कोर’ मतदाताहरूले खुशीका साथ अंगीकार पनि गर्ने गरेका छन् ।
त्यसो त ट्रम्पले राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा परराष्ट्रनीतिका सम्बन्धमा भनेका पनि हुन्, ‘एक राष्ट्रका रूपमा हामीहरू अनुमान गर्न नसकिने हुनुपर्छ ।’ तर यो अनुमान गर्न गाह्रो बनाउने नीति ट्रम्पका पूर्ववर्ती रिचर्ड निक्सनको ‘बहुला मान्छे’ (म्याडम्यान) नीतिको आधुनिक रूप भने होइन । निक्सनको राजनीतिक सिद्धान्तले शीतयुद्धकालमा दुश्मन कम्युनिस्ट खेमाका देशलाई निक्सन मानसिक असन्तुलन नभएको व्यक्ति हुन् भन्ने विश्वास दिलाउन खोजेको थियो । यस्तो व्यक्तिले चलाएको प्रशासनलाई चिढ्याएमा त्यसको नराम्रो परिणाम भोग्नुपर्ने डर देखाएर ती देशका नेताले अमेरिकाविरुद्ध कुनै काम नगरून् भन्ने उद्देश्य यो सिद्धान्तले लिएको थियो ।
तर ट्रम्प भने त्यसो पनि गरिरहेका देखिँदैनन् र यो शीतयुद्धको जस्तो तनावग्रस्त समय पनि होइन । अत्यधिक आत्ममुग्धतामा रमाउने ट्रम्प अचम्मका हर्कत देखाएर संसारको ध्यान आफूतर्फ केन्द्रित गर्न र झिनामसिना कुराको हिसाब बराबर गर्न उद्यत देखिन्छन् । सन् २०१८ को शुरूतिर उत्तर कोरियाका नेता किम जोङ–उनसँग उनको शत्रुतापूर्ण दोहोरी (तिम्रो आणविक बटनभन्दा मेरो बटन ठूलो) लाई यही सन्दर्भमा हेर्न सकिन्छ ।
त्यसैले ट्रम्पको अनिश्चितताको कुनै व्याख्या सम्भव देखिँदैन । उनले अमेरिकालाई फेरि महान् बनाउने भन्दै घोषणा गरेको भएपनि उनका क्रियाकलापका कारण अमेरिका विश्वबाट अलगथलग भइरहेको स्थिति छ । सिरिया युद्धमा रुसले अमेरिकालाई पन्छाएको छ, उत्तर कोरियासँग ट्रम्पले वार्ता गरेपनि त्यहाँ चीनले भनेकै कुरा मात्र लागू हुन्छ, टर्कीले अमेरिकाको साथ छोडेर अब रुस र चीनसँग हात मिलाउन थालेको देखिन्छ, भारत पनि अब बिस्तारै अमेरिकाबाट टाढिँदै गएको देखिन्छ र युरोपेली साझेदारहरू पनि अमेरिकामा भर पर्न नसकिने विश्वास राख्न थालेका देखिन्छन् । अनि विश्वभर गरिएका विभिन्न सर्वेक्षणहरूले पनि वैश्विक मामिलाहरूमा अमेरिकाले सम्मान गुमाउँदै गएको देखाएका छन् ।
अमेरिकाले यसरी सम्मान गुमाउँदै जाँदा उसका प्रतिनिधिका रूपमा रहेका राजदूतहरूलाई प्रतिरक्षा गर्न गाह्रो हुनु स्वाभाविक नै हो । यस्तो स्थितिमा अमेरिकालाई ट्रम्पले कसरी महान् बनाउने हुन्, आश्चर्यकै कुरा हो ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...