×

NMB BANK
NIC ASIA

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवातास नियन्त्रणका लागि जुवाडेलाई निशानामा राखेको पाइएको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) उमाकान्त चतुर्वेदीले सम्हालेपछि गत आर्थिक वर्ष २०७३/०७४ मा १६ वटा मुद्दामा ८९ जना जुवाडेलाई कारवाही गरेको हो । त्यसअघि आर्थिक वर्ष २०७२/०७३ मा जुवाबारे एउटा मात्रै मुद्दा परेको थियो । उतिबेला जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जुवाडेको संरक्षण गर्दै आइरहेको आरोप लाग्ने गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षमा प्रहरीले जुवा खालबाट नगद र चेकबापत ३९ लाख ६७ हजार ५ सय ४५ रुपैयाँ बरामद गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी चतुर्वेदीले ४ सय ६३ जना लागूऔषध प्रयोगकर्तालाई समातिएको र मनोवैज्ञानिक परामर्श समेत दिइएको जानकारी दिए । ४३ ग्राम ब्राउन सुगर तथा ५८ दशमलव ५ किलो चरेश बरामद गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार अवैध यौनजन्य क्रियाकलापमा सहभागी भएको आरोपमा ७५ पुरुष तथा ६३ महिलालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा महिला हिंसाका ४ सय ५९ वटा मुद्दा दर्ता भएकोमा ३ सय ९९ मुद्दाको मिलापत्र भएको छ भने २४ वटा फस्र्याैट हुन बाँकी रहेका छन् । ३६ वटा मुद्दा अन्य निकायमा पठाइएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

Vianet communication

‘उजुरी छानविन शाखामा गत वर्षमा १ हजार ३ सय ७६ वटा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘तीमध्ये १ हजार ४३ मुद्दा फस्र्याैट भएका छन् भने ३ सय ३० वटा बाँकी रहेका छन् ।’

सुर्खेतमा आत्महत्याका घटना बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ९२ वटा आत्महत्याका घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार १ वर्षको अवधिमा ७१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

जसमा ४६ महिला र २५ जना पुरुष छन् । २१ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । जसमा १३ जना महिला र ८ जना पुरुष रहेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x