×

NMB BANK
NIC ASIA

हराउँदै मौलिक नेपाली गीत : छाडा गीतले पहिचान पनि गुम्दै

साउन ५, २०७५

NTC
Premier Steels

काठमाडौँ-
“केटाहरु नबन सोझो, 
फुच्ची केटीहरुले न्यू खोजो” 

प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ । 

Muktinath Bank

लोकसंगीतका पारखी चाबहिल निवासी २३ वर्षीया सृष्टि नेपाल पछिल्लो समयमा यस क्षेत्रमा देखिएको विकृतिका कारण लोकगीतप्रतिको आफ्नो मोह घट्दै गएको बताउनुहुन्छ । “आजभोलि बजारमा आएका गीत सुनिनसक्नुका छन् ”, नेपालको बुझाइ छ । 

बजारमा आएका नयाँ छाडा गीतले नेपाली पहिचान गुम्दै गएकामा उहाँले दुखेसो व्यक्त गर्नुभयो । “आजकलका गीत त सुन्न पनि छाडिसकेँ” उहाँ भन्नुहुन्छ । 

“छाडेर काम सारा, एक काम रोजिरहेछु, 
यो देशमा म एउटा मानिस रोजिरहेछु ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक शिशिर योगीले गाएको यो गीत अहिले पनि निकै लोकप्रिय छ । हरेक मानिसको मुख मुखमा देशभक्तिका यस्ता गीत झुण्डिरहन्छन् । योगीको यो गीत विसं २०७० मा डिजिटल माध्यममा देखिन थालेपछि झन् चर्चामा आउन थालेको छ । यो गीतलाई युटुबमा हालसम्म करीब ६८ हजारले हेरेका छन् । 

डिजिटल प्रविधिको विकास नहुँदा विगतमा यस्ता पुराना शैलीका गीतहरु संग्रहित गर्न निकै कठिन थियो । समीक्षक राम सहयात्रीले साँच्चिकै मार्मिक शब्द अनि स्वर भएको उत्त२m गीत सुनेपछि मनमा कताकता सिरिङ्ग भएको र आफू शिशु नै पो भएको जस्तो आभास भएको बताउनुभयो । अहिले त्यस किसिमका लोक मौलिकता बोकेका गीतसंगीत थोरै मात्र बन्न थालेका छन् । अहिले देशभक्तिका भन्दा पनि प्रेमसँग जोडिएका गीत बढी सुनिन थालेका छन् । 

नेपाली गीतसंगीतका लागि लामो समयदेखि काम गरिरहनुभएका वरिष्ठ संगीतकार शक्तिबल्लभ भन्नुहुन्छ, “नयाँ गीतसंगीतमा जति सिर्जनात्मकता चाहिने हो, त्यो अहिले छैन,” उहाँ थप्नुहुन्छ, “गीतको भिडियो बनाउने कुरामा र शब्दको चयनमा स्रष्टाले ध्यान दिनुपर्छ ।”


Advertisment
Nabil box
Kumari

उहाँका अनुसार नेपाली गीतसंगीत दीर्घकालीन समयसम्म पनि छाप बस्ने खालको हुनुपर्छ । अहिलेका गायक, संगीतकार, रचनाकार र भिडियो बनाउने व्यक्तिले राष्ट्रियताको सन्देश दिनेभन्दा पनि छोटो समयका लागि मात्र निर्माण गर्ने गरेको उहाँको बुझाइ छ । नयाँपुस्ताले नेपालीपनलाई बढी ध्यान दिनुपर्ने र छायाङ्कनमा पहिरनमा नेपालीपन झल्कनुपर्ने उहाँ बताउनुहुन्छ । 

जति पुराना गीतप्रति सकारात्मक विचार पुराना पुस्तामा पाइन्छ, त्यो पटक्कै अहिलेका धेरैजसो गीतमा पाइँदैन । पहिले लेखिएका गीतका शब्द सुन्नलायक थिए, त्यो अहिलेका गीतमा भेट्टाउनै मुश्किल रहेको केहीको भनाइ छ । विशेष गरी लोकगीत त सुन्नलायक नै छैनन् । “बल्ल प¥यो निरमाया माकुरी जालैमा’, ‘खैरेनीमा गेट’, ‘घुम्तीनिर भेट भयो’ लगायत गीतले जति हाम्रा मौलिक लोकगीत जोगाएका थिए, त्यति अहिलेका लोकगीतमा पाइँदैन । 

नेपाली गीतसंगीतप्रति ज्यादै रुचि राख्ने काठमाडौँ चाबहिल निवासी सीआर बस्नेत बढी पुराना गीतसंगीत सुन्न रुचाउनुुहुन्छ । “नयाँ शैलीका गीतसंगीत खासै सुन्नलायक नै छैनन्”, बस्नेतले भन्नुभयो । ‘साह्रै जाडो भो’, ‘साँढे गोरु’, ‘पीरतिमा दम छ’, ‘चालु रैछ यार’, ‘तिम्रै यादमा’, ‘झ्याप्पै माया लाउने’ लगायत लोकगीत भनिएका गीतमा लोक मौलिकपना पाउन नै मुश्किल रहेको उहाँ बताउनुहुन्छ । 

“पुराना मौलिक गीत भन्नेबित्तिकै तिनीहरुले समाजमा केही न केही लोक मौलिकपना बोकेका हुन्थे”, उहाँ थप्नुहुन्छ, “नयाँ गीतहरुमा नेपालीपन नै छैन ।” ‘ज्यान त टाढा छ, तर बिरानो नसम्झ माया गाढा छ’ गीतमा जति मौलिकपना र शब्द पनि सुनिरहुँ जस्तो लाग्ने छ, अहिलेका गीतमा वासनात्मक कुरा बढी घुसाएकाले लोकगीतप्रतिको मानसिकतामा समेत परिवर्तन आएको उहाँले महसुुस गर्न थाल्नुभएको छ । 

पहिलेका गीतमा बनाइएका भिडियोमा महिलाको पहिरन पनि हेर्नलायक थिए । तिनीहरुले नेपाली संस्कृतिलाई जोगाएका थिए । अहिले गुन्युचोलीबाट बदलिएर महिलाले छोटाछोटा पहिरन लगाएको पाइन्छ जुन संस्कृति हाम्रो नभएको जानकार बताउँछन् । 

नेपाली संस्कृतिमा अहिले पाश्चात्य संस्कृति घुसेको प्रष्टै हुन्छ । प्रायःनग्नताले संगीत बिक्छ भन्ने धारणा अहिलेका निर्मातामा पाइने लोकगीतका पारखी बताउँछन् । अहिले सुन्नेभन्दा हेर्ने गीत आएको भनी अहिलेका छाडा गीतहरुप्रति नकारात्मक दृष्टिकोण बढिरहेको छ ।

Vianet communication

स्वतन्त्र नेपाली गीतमा भन्दा पनि नेपाली चलचित्रमा लोकगीत घुसाउने गरेको पाइन्छ । ‘सान्नानीलाई भेट्न आउँदा रातै प¥यो बाटैमा’, ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली चलचित्रको गीतमा नायिकाले गुन्युचोलो लगाएका छन् । तिनका दाँजोमा अचेल गाइने प्रायः लोकगीतमा उच्छृङ्खल शब्दको प्रयोग बढी छ । 

“पहिलेका नेपाली गीतमा छुट्टै खालका मीठास हुन्थे,” लोक, आधुनिक र भजनगायिका ज्ञानु राणा भन्नुहुन्छ, “अहिलेका नेपाली गीतले हाम्रो संस्कृति नै हराउँदै गएको आभास हुन्छ ।” नयाँ गीत कुनै यथार्थमा भन्दा पनि काल्पनिकतामा रच्ने गरेको अनुभव उहाँको छ ।

गीतको रचनाका लागि समाजसँग भिज्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । पहिले गीतको बजार सानो थियो, तर अहिले यो एउटा यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको उहाँको अनुभव छ । 

पहिले गीतको बजार सानो भएको तर अहिले यो एउटा यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको संस्कृतिविद् बताउँछन् । कुनै गीतका शब्द राम्रा भए पनि छायाङ्कनमा पहिरनको छनोट राम्रो पाइँदैन ।

‘तरकारी काउली बसी बसी खाउली’– कृष्ण समीप सुवेदीको यो गीतमा केही मौलिकता पाइए पनि पहिरनको छनोट भने सुहाउँदो छैन । सो गीतमा दिलीप रायमाझी र सावित्रा भुजेलको अभिनय छ । युट्युबमा सो गीतका विषयमा यस्तो प्रतिक्रिया छ, “गीतको सबै पक्ष राम्रो छ तर अभिनय गर्ने केटीको कपडाले पाउनुपर्ने नम्बर पाएन ।”

नेपाली संगीतमा नयाँपन ल्याउँदै राष्ट्रियता बचाउने गीतमा नयाँपुस्ताको ध्यान बढी जानुपर्ने विज्ञको सुझाव छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x