×

NMB BANK
NIC ASIA

आर्थिक अभावमा सगरमाथा औषधालयको सेवा बन्द

साउन २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुर- जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ । 

औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिँदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द हुँदै आएको हो । 

गाईघाटका सेवाग्राही राजकुमार राउत भन्छन्, “आफू ग्याष्टिक र सुगरको बिरामी भएकाले औषधालयमा पञ्चकर्म सेवा लिन दैनिक बिहान आउने गरेको थिएंँ, अहिले अचानक सेवा बन्द हुँदा आफूलगायत पचासौं सेवाग्राही निराश भएका छौँ ।” 

सिरहा कचनारीबाट औषधालयमा सेवा लिन आएका अर्का सेवाग्राही कृष्णदेव यादवको पनि गुनासो उस्तै छ । यादव भन्नुहुन्छ, “आफू महिनामा दुई पटक औषधालयमा विभिन्न थेरापीको लागि उपचार लिन आउने गरेको नियमित ग्राहक भएकाले अहिले सेवा नै बन्द भएछ, अब कसरी उपचार पाउने चिन्तामा छु ।” 

पञ्चकर्म सेवामा योगा, स्नेह, स्वेदन, बमन, बिरेचन, अक्युपञ्चरजस्ता सेवा औषधालयले प्रभावकारी ढंगले उपलब्ध गराउँदै आएपछि केही समयअघिसम्म दैनिक सयौंको संख्यामा उपचारको लागि सेवाग्राही औषधालय आउने गरेको औषधालयका वैद्य दीपाकला राई बताउनुहुन्छ । 

आफूहरूले प्रभावकारी सेवालाई निरन्तरता दिन नसक्दा अहिले ठूलो संख्यामा सेवाग्राही मर्कामा परेको र औषधालयमा अहिले दैनिक दशसम्म मात्र सेवाग्राही तथा बिरामी आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । 

औषधालयका डा सञ्जीवकुमार यादव भन्नुहुन्छ, “औषधालयमा सामान्य उपचारबाहेक पञ्चकर्म सेवा पनि उपलब्ध गराउँदै आएका थियौँ, तर स्वास्थ्य ्िवभागले विनियोजन गरेको न्यून बजेट सकियो, त्रियुगा नगरपालिकाले उपलब्ध गराएको रु दुई लाख बजेट पनि सकियो, अब बजेट छैन, त्यसैले यो सेवा निरन्तर सञ्चालन गर्न सकेनौँ ।” 

२००४ सालमा गाईघाटको बोक्सेमा स्थापना भएको सगरमाथा आयुर्वेदिक औषधालय सगरमाथा क्षेत्रकै पहिलो र पुरानो औषधालय हो भने अहिले यहाँ एक डाक्टरसहित चार मात्र कर्मचारी रहँदै आएका छन् । 

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा र भारतबाट समेत यस औषधालयमा सेवाग्राही उपचारका लागि आउने गरेको भएता पनि आयुर्वेदिक विभागले यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा यो औषधालय अहिले औषधिबिहीन बन्न पुगेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x