×

NMB BANK
NIC ASIA

एकाबिहानै राजधानीमा बम आतंक : सुरक्षा व्यवस्था कडा, प्रहरी भन्छ-'तर्साउन राखिएको हो आत्तिनु पर्दैन'

साउन २९, २०७५

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं– मंगलबार विहानै राजधानी उपत्यकाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन् । बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

Muktinath Bank

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न आठ स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको नेपाल प्रहरी जनाएको छ । फेला परेका प्रेसर कुकर बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘राति ३ बजेदेखि नै प्रहरी परिचालित छ । केही स्थानमा भेटिएका शंकास्पद बस्तु प्रहरी आफै र केही स्थानमा सेनाको सहयोगमा निष्क्रिय पारिको छ ।’ उनका अनुसार अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउँठाउँमा चेकजा  पनि गरिएको छ । 


Advertisment
Nabil box
Kumari

तर्साउने नियतले प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु मान्छेको आवतजावत हुने ठाउँमा राखिएको उनले बताए । 

Vianet communication

भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

यस्तै ललितपुुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले मंगलबार बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ । थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ ।

यसैगरी नैकापमा बम फेला परेको  छ ।  उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ । नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x