मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – संघीयता कार्यान्वयनमा आएपछि स्थानीय तहमा जथाभावी कर संकलन भएको भनेर जनस्तरमा चर्काे विरोध भइरहेको छ ।
जनजीविकासँग प्रत्यक्ष जोडिएका स–साना कुरामा पनि स्थानीय तहले कर लगाइरहेकाले गुनासो बढ्नु स्वभाविकै हो ।
खोला तर्दा कर, ठेला चलाउँदा कर, जताततै करैकर ..... । सामाजिक सञ्जालमा करप्रति लक्षित गरेर व्यंग्य समेत भइरहेका छन् ।
सरकारलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा प्रश्न गर्ने गरिएको छ – फलानोमा कति कर लाग्छ सरकार ? केहीले सोधेका छन् – प्रेम गर्दा पनि कर लाग्छ कि सरकार ?
करको व्यंग्य संघीयतामा मात्रै होइन, राणाकालमा समेत व्यंग्यात्मक किस्सा रहेका छन् ।
सुदूरपश्चिम क्षेत्रमा जनश्रुतिमा रहेको एउटा कर किस्सा छ – राणाकालका प्रशासकीय ठेकेदार जयदेव भट्ट ‘सुब्बा’ले बैतडीको सीमावर्ती झुलाघाट पुलमा हिँड्दा कालो अनुहारकी (काली) महिलासँग ५० पैसा र गोरो अनुहारकी (गोरी) महिलासँग २५ पैसा कर लिन्थे ।
करको सन्दर्भ आउँदा बुढापाकाले जयदेव सुब्बाको काली–गोरी कर किस्सा सुनाउने गरेको डडेल्धुराका राजनीतिकर्मी टेकराज पनेरुले बताए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महाकाली अञ्चलको भूमिका विषयमा विद्यावारिधि गरेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. मुकुन्द कलौनी भने काली–गोरी कर किस्सा सत्य नभएको बताउँछन् ।
‘उतिबेला जयदेव भट्ट ‘सुब्बा’ले कर आतंक फैलाएको, जुनसुकै ठाउँमा पनि कर लिने गरेकाले सर्वसाधारणले व्यांग्यात्मक रूपमा किस्सा चलाएका हुन्,’ उनले भने, ‘जसरी अहिले कर आतंक भएको भनेर विरोध भइरहेको छ, त्यसैगरी राणाकालमा पनि जयदेव सुब्बाले आतंक फैलाएका थिए ।’
बैतडी घर भएका जयदेव भट्ट ‘सुब्बा’ राणा शासकका प्रशासकीय ठेकेदार थिए । उनले नेपालगञ्ज पश्चिमको भौगोलिक क्षेत्रमा कर संकलनको काम गर्थे । नेपालगञ्ज पश्चिमको भू-भाग एउटा प्रशासनिक क्षेत्र थियो, जसलाई ‘सुवा’ भनिन्थ्यो । त्यो सुवाको कमाण्डरलाई ‘सुब्बा’ भन्ने गरिन्थ्यो । राणाका विश्वास पात्र जयदेव सुब्बा पश्चिमी सुवाको कमाण्डर थिए ।
राणाकालमा सुब्बाले आफ्नो प्रशासनिक क्षेत्रबाट बढीभन्दा बढी कर संकलन गरेर केन्द्रमा रहेका राणालाई बुझाउनुपर्ने व्यवस्था रहेको प्राध्यापक डा. कलौनीले बताए ।
‘बढीभन्दा बढी कर लगाएर राणाको विश्वास जित्न जयदेव सुब्बाले कञ्चनपुरको ब्रह्मदेव नाकाबाट आयात हुने नूनमा समेत चर्काे कर लगाएर नून आयातमा अवरोध खडा गरे,’ उनले भने, ‘जसबाट सुदूरपश्चिमभरि नूनको अभाव सिर्जना भयो । जनता आतंकित भए । त्यतिबेला किसान नेता भीमदत्त पन्तले ब्रह्मदेव आएर जयदेव सुब्बालाई बोरामा हालेर महाकाली नदीमा बगाएका थिए ।’
नदीमा बन्द बोराको मुख खुलेपछि जयदेव सुब्बा बाँच्न सफल भएका थिए ।
कर संकलनमा अवरोध सिर्जना गरेको भनेर उतिबेलाका शासकले भीमदत्त पन्तलाई कञ्चनपुरको बेलौरीमा थुनामा समेत राखेका थिए ।
प्रजातन्त्र स्थापनाका शुरूवाती चरणमा विक्रम सम्वत् २००८ सालतिर ब्रह्मदेवमा नूनकाण्ड भएको बताइन्छ ।
त्यसअघि जयदेव सुब्बाले राणाको प्रशासनिक ठेकेदार भएर सर्वसाधारणबाट कर संकलन गर्ने गरेका थिए । संकलित करमध्ये केही केन्द्रमा राणालाई पठाउनुपर्थ्यो भने केही आफैं राख्ने गरेका थिए ।
‘करको विषय अहिले पनि राणाकालजस्तै चर्चामा आएको छ,’ प्राध्यापक डा. कलौनीले भने, ‘सर्वसाधारणले व्यंग्य समेत गर्न थालेका छन् ।’
स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि राणाकालमा खटिएका प्रशासनिक ठेकेदार ‘सुब्बा’ जस्तै बन्दै गइरहेका टिप्पणी हुन थालेको छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...