चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
काठमाडौं –संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।
कोफी अन्नान फाउन्डेसनको अफिसियल ट्वीटर ह्यान्डलले उनको निधन भएको पुष्टि गरेको हो ।
एक्कासि बिरामी परेपछि अन्नानको शनिबार स्वीट्जरल्यान्डमा निधन भएको रोयटर्सले जनाएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता अन्नान संयुक्त राष्ट्रसंघको महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक हुन् ।
घानाका कूटनीतिज्ञ अन्नानले सन् १९९७ देखि २००६ सम्म संयुक्त राष्ट्रसंघको नेतृत्व सम्हालेका थिए ।
कोफी अन्नानले सम्झिएका एक नेपाली
कोफी अन्नान समेत सहभागी एक समारोहमा नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री कमल थापा सहभागी भएका थिए ।
समारोहमा उपस्थित अतिथिहरूलाई चिनाउने क्रममा नेपालको नाम लिएपछि कोफी अन्नानले मन्त्री थापालाई सोधेछन्– ‘डु यू नो जेनेरल थापा ?’
कमल थापाले अनविज्ञता प्रकट गर्दै सोधेछन्– ‘ह्वाइ ?’
तब अन्नानले भनेछन्, ‘ही वज आवर कमान्डर अफ पीस कीपिङ ।’
कमल थापा कार्यक्रम सकेर नेपाल फर्किए, अनि अन्नानले नाम लिएका जेनेरल थापाबारे खोजीनीति गरे ।
बल्ल उनको चीनजान जेनेरल कृष्णनारायणसिंह थापासँग भयो ।
इराकले कुबेतमाथि हमला गरेपछि उत्पन्न तनावका बीच जेनेरल थापाले फोर्स कमाण्डरको रूपमा कुवेतमा संयुक्त राष्ट्रसंघीय सेनाको नेतृत्व गरेका थिए ।
अन्नानले अह्राएको एउटा काम
कोफी अन्नानको निधनपछि उनीसँग काम गर्दाको अनुभवबारे सोध्दा जेनरल थापाले लोकान्तरलाई एउटा प्रसंग सुनाए –
मैले युएनमा करीब ३ वर्ष काम गरेँ ।
त्यतिबेला मलाई विश्वास गरेर उहाँले एउटा काम जिम्मा दिनुभएको थियो । इजिप्टमा संयुक्त राष्ट्रसंघको पोस्ट हेलियो पोलिसस्थित सुविधासम्पन्न शहरी इलाकामा थियो ।
सेवा सुविधायुक्त शहर र छोराछोरी पढाउन पनि सहज भएकाले त्यहाँ कार्यरत प्रतिनिधिहरूले पोस्ट सार्न मानिरहेका थिएनन् ।
कार्यक्षेत्रमा आउन जान टाढा भएकाले भाडामा पनि अत्यधिक खर्च भइरहेको थियो । अन्य खर्च पनि बढिरहेको थियो ।
यसबीच तत्कालीन महासचिवले मलाई विश्वास गरेर त्यो क्याम्प अन्यत्र सार्ने जिम्मा दिनुभयो ।
मैले स्माइलियामा उपयुक्त जग्गा हेरेँ । त्यो जग्गा स्वेज क्यानल अथोरिटीको रहेछ । मैले त्यो जग्गा उपलब्ध गराउन आग्रह गरेँ ।
त्यसका प्रतिनिधिले भाडामा मात्र दिने कुरा गरे । मैले भाडा कति लाग्छ भनेर सोधेँ । उनले हाँसेर जवाफ दिए– १ डलर । त्यसपछि मैले १ डलर किन, १०० डलर दिन्छौं भनेर सम्झौता गरेँ ।
त्यसपछि मैले हेलियोपोलिसस्थित युएन पोस्टमा कार्यरत एक अर्जेन्टाइनलाई भनें– यो पोस्ट सारिस् भने तँलाई पोस्ट कमाण्डरको जिम्मेवारी दिन्छु ।
त्यसपछि खुसी हुँदै ऊ पोस्ट सार्न तयार भयो । प्री फ्याबका घरहरू थिए । हामीले ६ हप्तामा पोस्ट सारिसकेका थियौं ।
सो कामबाट कोफी अन्नान निकै खुसी हुनुभयो । मेरो तारिफ गर्नुभयो । बधाई पनि दिनुभयो ।
पछि मैले कुवेतमा युएनको फोर्स कमाण्डरको रूपमा पनि काम गरे । युएनमा २ वर्षका लागि तोकिएको मेरो कार्यकाल ३ वर्षसम्म लम्बिएको थियो ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...