×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्ड : राजनीतिक दलका नेतासहित ३० जनामाथि गोप्य अनुसन्धान

दुई सातामा नतिजा निस्किने गरी अनुसन्धान थालिएको दाबी

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लागिसकेको छ । तर उनको बलात्कार र हत्यामा को–को संलग्न थिए भन्ने विषय अझै पनि पत्ता लाग्न सकेको छैन ।

Muktinath Bank

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै देशभर विरोध प्रदर्शन भएपछि सरकारले निर्मला हत्याको प्रारम्भिक अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीलाई निलम्बन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्मला पन्त प्रकरणमा निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ६ पुगेको छ । सरकारले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पहिले नै निलम्बन गरिसकेको थियो । गृह मन्त्रालयले शनिवार कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञान बहादुर सेटी, घटनाको प्रारम्भिक अनुसन्धान गर्न गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीका प्रमुख डीएसपी अंगुर जिसी, इन्सपेक्टर जगदिश भट्ट तथा एकेन्द्र खड्का र असई रामसिंह धामीलाई निलम्बन गरेको छ ।


Advertisment
Nabil box
Kumari

निर्मला हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा रहेका प्रहरी अधिकारीको भूमिका शंकास्पद रहेको भन्दै स्थानीयले विरोध जनाएका थिए । स्थानीयको विरोधपछि सरकारले भदौ १४ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा छुट्टै समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा शनिवार गृह मन्त्रालयले थप ५ जना प्रहरी अधिकृतलाई निलम्बन गरेको हो । 

Vianet communication
Laxmi Bank

एसएसपी सुवेदी नेतृत्वको समितिको छानबिनबाट उनीहरू निर्मलाको हत्या प्रकरणको प्रमाण नष्ट गर्न, अनुसन्धानलाई विषयान्तर गर्न तथा घटनासँग असम्बन्धित व्यक्तिलाई अभियुक्त बनाएर घटनाको तथ्यलाई मोड्नमा संलग्न देखिएको थियो । सोही विषयलाई एसएसपी सुवेदी नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको प्रतिवेदनमा पेश गरेको थियो ।   

३० जनामाथि गोप्य अनुसन्धान

निर्मला पन्तको बलात्कार र हत्यासँग सम्बन्धित प्रमाण प्रहरीले नै नष्ट गरिसकेकाले अहिलेको अनुसन्धान प्रक्रिया जटिल बन्दै गएको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्यासम्बन्धी घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले अहिले दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको छ । उच्चस्तरीय समितिलाई अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली पनि सक्रिय छ । 

उच्चस्तरीय छानबिन समिति र एसएसपी ज्ञवाली नेतृत्वको सीआईबीको टोलीले गरेको छानबिनका आधारमा अहिले ३० जनामाथि गोप्य अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ । घटनामा शंकास्पद भूमिका रहेको भनिएका व्यक्ति र उनीहरूसँगको सम्पर्कमा रहेका व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो । 

‘हामीले ३ पक्षलाई केन्द्रमा राखेर उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिमाथि अनुसन्धान शुरू गरेका थियौं,’ प्रहरीको उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘अहिले करीब ३० जनामाथि गोप्य अनुसन्धान भइरहेको छ ।’

प्रहरी स्रोतका अनुसार यसरी गोप्य अनुसन्धानको दायरमा रहेका ३० जनामा स्थानीय राजनीतिक दलका नेता, केही जनप्रतिनिधि, सामाजसेवी भनिएका व्यक्ति र केही सरकारी भूमिकामा रहेका व्यक्ति पनि छन् । ‘निर्मलाको हत्या गर्ने व्यक्तिलाई जोगाउनका लागि उनीहरूको भूमिका रहेको हुनसक्ने आशंकाका आधारमा हामीले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उच्च स्रोतको भनाइ छ, ‘हत्या र बलात्कारसँग सम्बन्धित बलिया प्रमाणहरू सबै नस्ट गरिएकाले अब बाहिरी घेराबाट अनुसन्धान गर्नुपर्ने भएको छ । यसमा पहिलो चरणमा कल डिटेलबाट अनुसन्धान शुरू गरिएको छ ।’

निर्मलाको बलात्कार र हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान विभाग (सीआईडी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले संयुक्त रूपमा कल डिटेलको अनुसन्धान गरिरहेको छ । 

अपराधी पत्ता लगाउन गुप्तचर परिचालन

गृह मन्त्रालय स्रोतका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेका व्यक्तिको पहिचानका लागि राष्ट्रिय अनुसन्धान विभागका गुप्चरहरूलाई समेत परिचालन गरिएको छ ।

अनुसन्धान विभागका उपनिर्देशकको नेतृत्वमा करीब १०० जना गुप्तचर परिचालन गरिएको गृह मन्त्रालय स्रोतको भनाइ छ । 

‘निर्मला पन्तको हत्या प्रकरणमा केही निश्चित व्यक्तिको निगरानीका लागि गुप्तचर परिचालन गरिएको छ,’ गृह मन्त्रात्रलय स्रोतले भन्यो, ‘अनुसन्धानको क्रममा शंकास्पद् देखिएका व्यक्तिको दैनिक कामकाज, उनीहरूले कसलाई भेट्छन्, कहाँ जान्छन्, के–के गर्छन् सबै घटनामा गुप्तचरले निगरानी गरिरहेका हुन्छन् । अनुसन्धानमा रहेका गुप्तचरले दैनिक रूपमा केन्द्रमा रिपोर्ट गरिरहेका हुन्छन् ।’

दोषी कहिलेसम्म पत्ता लाग्छ ? 

साउन १० गते साथी (रोशनी बम)को घर गएकी निर्मला दोस्रो दिन (साउन ११ गते) उखुबारीमा मृत फेला परेकी थिइन् । त्यसयता प्रहरीबाट जति पनि अनुसन्धानका घटना भए ती सबैमा निर्दोषलाई फसाउने प्रयास मात्रै भए । 

निर्मलाको शव फेला परेको तेस्रो दिन प्रहरीले २ युवालाई पक्राउ गरेको थियो, कञ्चनपुरका दीपक नेगी र जीवन घर्तीमगर । प्रारम्भिक बयानमा उनीहरूलाई आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको भनेर बयान दिन दबाब दिइयो । तर दुवै जनाले सरकारी वकिल कार्यालयमा दिएको बयानले प्रहरी अप्ठेरोमा पर्‍यो । 

दीपक नेगीले आफू गम्भीर प्रकारको यौन रोगबाट ग्रस्त भएको बताए भने जीवनले बयानका क्रममा निर्मलाको खुकुरीले घाँटी काटेको बताए । घटनासँग उनीहरूको बयान नमिल्ने देखिएपछि सरकारी वकिल कार्यालयले उनीहरूलाई अभियुक्त बनाउन नसकिने बतायो ।

त्यसपछि प्रहरीले स्थानीय चक्र बडुलाई पक्राउ गर्‍यो । उनलाई पनि यातना दिएर निर्मलाको हत्या गरेको बयान दिन भनियो । उनले बयान दिन नमानेपछि अन्नतः ११ दिनपछि उनलाई छाडियो । त्यही बीचमा स्थानीय हेमन्ती भट्टलाई पनि प्रहरीले पक्राउ गर्‍यो । एक स्थानीय कलेजमा कक्षा १२ मा पढ्ने हेमन्तीलाई प्रहरीले यातना दिएर आफन्त नाता पर्ने पुरुषसँग मिलेर निर्मलाको हत्या गरेको भन्ने बयान गराउन खोज्यो । हेमन्तीले पनि झुटो बयान दिन नमानेपछि उनलाई पनि छाडियो । 

वास्तविक अपराधीलाई जोगाउने भूमिकामा देखिएको कञ्चनपुर प्रहरीले साउन ४ गते मुख्य अभियुक्त भन्दै भीमदत्त नगरपालिका– १९ का दिलिपसिंह विष्टलाई सार्वजनिक गर्‍यो । दिलिपलाई सार्वजनिक गर्दा वितरण गरिएको प्रेस विज्ञप्तिमै प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको बताएको थियो । दिलिपलाई दोषी सावित गर्न प्रहरीले अनेक हत्कण्डा अपनायो । अन्ततः निर्मलाको योनीबाट संकलन गरिएको रगतसहितको तरल पदार्थसँग दिलिपको डीएनए नमिल्दा उनी छुटे । 

घटना भएको दुई महिना पुग्नै लाग्दा प्रहरीले भने शुन्यबाट अनुसन्धान शुरू गरेको छ । ‘यसअघि जिम्मेवारी निकायबाट बदमासी भएको थियो । अब त्यस्तो हुँदैन । वास्तविक अपराधी पत्ता लगाउने गरी अनुसन्धान भएको छ,’ प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘अबको २ हप्तासम्म केही न केही रिजल्ट आउँछ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x