संसदमा व्यङ्ग्य– रुख काट्न लागेको हो, कांग्रेसको चुनाव चिह्न होइन

असोज ४, २०७५

काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबन्दै रुख कटानको तयारी गरिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । 

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको विशेष समयमा सांसदहरुले डिपीआर नबन्दै रुख कटानको हतारो नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 


ADVERTISEMENT

‘निजगढ विमानस्थलको विषयमा यसको विरोध मा कोही छैन, प्रश्न प्रबृत्ति र कामगर्ने शैलीको हो । डिपीआर तयार भएको छैन, लागत कति लाग्ने भन्ने तय भएको छैन, लगातीको स्रोत गर्भमै छ । खालि हतार के मा भएको छ भने अर्बौंको रुख कटानी गर्नेमा छ’ त्रिपाठीले संसदमा भने, ‘रुख भन्ने वित्तिकै नेपाली कांग्रेसले आफ्नो चुनाव चिह्न नठान्नु होला, साँच्चिकै रुख हो, वनको रुख । डिपीआर नबनी रुख कटानी गर्ने कुरामा हाम्रो आपत्ति छ ।’

स्रोत नखोजी रुख कटानी गर्दा पछि कव्जा गरेर बस्ती बस्ने काम शुरु हुने भन्दै सांसद त्रिपाठीले स्रोतको लगानी खोजेर मात्र रुख कटानीको काम शुरु गर्न माग गरे । 

संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थल आयोजनाको डीपीआर नै नबनी रुख कटानी गर्ने तयारी गर्नु आपत्तिपूर्ण भएको बताए । 

‘विमानस्थल बन्नुपर्छ, आवश्यक रुख काटिनु पर्छ तर त्यसभन्दा पहिलो डिपीआर बनेर स्रोतको खोजी हुनुपर्छ’ उनले भने । नेपाल सरकारको वातावरण मूल्याङकन प्रतिवेदनमा २४ लाख ५० हजार ८ सय रुख काटनु पर्ने देखिएकोमा ८ लाख रुख काट्ने प्रस्ताव मन्त्रिपरिषद्मा जान लागेको भन्ने बिषयमा उनले सरकारको ध्यानाकर्षण गराए । 
 

असोज ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस