चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं — माइकल आँधीले फ्लोरिडाका तटीय क्षेत्रमा प्रवेश गरी अकल्पनीय विनाश ल्याएको उक्त राज्यका गभर्नर रिक स्कटले बताएका छन् ।
‘धेरै जिन्दगीहरू पूरै परिवर्तन भएका छन्,’ उनले भने, ‘धेरै परिवारले सबै कुरा गुमाइसकेका छन् ।’
फ्लोरिडाको उत्तरपश्चिमी तटका सर्वाधिक प्रभावित क्षेत्रमा घरहरू जरैबाट उखेलिएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका तारहरू सडकभरि छरिएका छन् ।
माइकल आँधीले बुधवार २५० किलोमिटर प्रतिघन्टाको दरले हावा चलाएको छ ।
उत्तरपूर्वमा जमीनतर्फ बढ्दै जाँदा यो कमजोर हुँदै गयो तर यसले कम्तीमा ६ जनाको ज्यान लियो । मर्नेमा अधिकांश फ्लोरिडा निवासी छन् ।
तीन लाख ७० हजार भन्दा बढी मानिसलाई फ्लोरिडा छोड्न लगाइएको भएपनि धेरैजसोले चेतावनीलाई बेवास्ता गरेको अधिकारीहरूको विश्वास छ ।
गभर्नर स्कटले रातभरिमा अमेरिकी तटीय गार्डले १० वटा मिसन चलाएको र कम्तीमा २७ जनाको ज्यान बचाएको बताए ।
संघीय संकटकालीन व्यवस्थापन निकायका प्रमुख ब्रोक लङले मेक्सिको बीचमा अत्यधिक क्षति पुगेकाले त्यसलाई ग्राउन्ड जिरो भनिएको बताए ।
पनामा सिटीमा रुखहरू लडे, घरहरू भत्किए अनि डुंगा र बिजुलीका तार छरिए ।
फोहर र बाढीको पानी जमेका कारण कतिपय अतिप्रभावित क्षेत्रमा पुग्नै अप्ठ्यारो परेको छ ।
बीबीसीबाट
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...