×

NMB BANK
NIC ASIA

दशैं खर्च खोज्दै सांसद, सचिवालयले लेख्यो यस्तो पत्र

असोज २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– प्रदेश नम्बर १ का सांसदहरूलाई पनि दशैं खर्च दिने तयारी भएको पाइएको छ । प्रदेशसभाबाट पारित प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि ऐनमा दशैं खर्च पाउने व्यवस्था उल्लेख नभएपछि संसद सचिवालयले दशैं खर्च पाउने गरी कानूनीबाटो खोलीदिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पत्राचार गरेको हो । 

Muktinath Bank

प्रदेशसभाका पदाधिाकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐनमा प्रत्यक महिना पारिश्रमिक तथा अन्य सेवा सुविधा पाउने व्यवस्था  छ । तर, त्यसमा चाडपर्व खर्च पाउने वा नपाउने भन्नेकुरा स्पष्ट छैन । सांसदहरूले दशैं खर्च लिनको लागि ऐन नै संशोधन गर्नुपर्ने बाध्यात्मक अवस्था देखिएपछि संसद सचिवायलले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई राय माग्दै पत्राचार गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालयले असोज १९ गते लेखेको पत्रमा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई समेत बोद्धार्थ छ । ऐनमा स्पष्ट व्यवस्था नगरिएको भन्दै पत्रमा स्पष्ट निर्णय गरिदिन दुबै मन्त्रालयलाई अनुरोध गरिएको छ । प्रदेशसभाका सांसदसहित सभामुख, उपसभामुखको नाममा पनि चाडपर्व खर्च भन्दै दशैं खर्च मागिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभाका पदाधिकारीसहित सार्वजनिक खरिद नियमावली २०६४को दफा ९५ बमोजिम विभिन्न सेवाका लागि करारमा नियुक्ती पाएका कर्मचारीले पाउने गरी उपयुक्त निर्णयका लागि भन्दै संसद सचिवालयले पत्राचार गरेको हो । कुल ९३ सांसद मध्ये मन्त्री परिषदमा ५ सदस्य बाहेक सबैले मासिक पारिश्रमिक सहित बैठक भत्ता, मासिक आवास खर्च, संचार खर्च, विद्युत् तथा पानीको महसुल खर्च तथा सुविधा बुझ्दै आएका छन् । 

Vianet communication
Laxmi Bank

कतिपय सांसदहरुले त आवास सुविधा र यातायात सुविधासमेत लिदै आएका छन् । सभामुख र उपसभामुखले इन्धनसहित अन्य सुविधा लिई रहेका छन् । दशैं खर्च पाउने कानूनी प्रक्रिया पूरा भएमा उनीहरुले एक महिनाको थप तलव बुझ्नेछन् । वर्षे अधिवेशनको अन्त्य हुनु अघिका प्रदेशसभा बैठकमा आउने धेरै सांसदहरुले सभामुखलाई दशैं खर्चको लागि दबाब दिएको स्रोतले जनाएको छ । 

अधिकांश सांसदले दशैं खर्च पाउनु पर्ने माग गर्दै आएका थिए । तर केहीले भने सांसद पदको मान मर्दन हुने तर्क गर्दै दशैं खर्च लिन नहुने तर्क गरेका थिए  । सभामुख मार्फत तथा सिधैं सांसदहरुले सचिवालयमा समेत दवाव दिएका छन् । ऐनमा स्पष्ट व्यवस्था नभएकोले चाडपर्व खर्च उपलब्ध गराउन नसकिने संसद सचिवालयका लेखा अधिकृत दहलमान राईले बताए । उनले भने, ‘पैसा नभएर हैन कानूनी आधार स्पष्ट नभएकाले दशैं खर्च नदिइएको हो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x