×

NMB BANK
NIC ASIA

गाउँ नै तरकारीमय, हरेक किसानको वार्षिक आम्दानी तीन लाख भन्दाबढी

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँग सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकालाई तरकारीको राजधानीको रुपमा लिने गरिएको छ ।

Muktinath Bank

गुराँस गाउँपालिकाको वडा नं. ४ को गुराँसे अर्गानिक तरकारीका लागि प्रख्यात ठाँउ हो । करिब १५० घरधुरी रहेको सो ठाउँका हरेक किसानले तरकारी खेती गर्दै आइरहेका छन् । उनीहरुले तरकारी खेती मात्रै गरेर राम्रो आम्दानीसमेत लिइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुराँसेका कृषकहरुलाई बजारको समस्या नै छैन ।


Advertisment
Nabil box
Kumari

सुर्खेत–देलेख सडकखण्ड सञ्चालनमा आएदेखि उनीहरुको जीवनशैलि नै बदलिएको छ ।

Vianet communication
Laxmi Bank

भुमिसरा ढकालले तरकारी खेति गर्न लागेको ६ बर्ष भएको छ । उनको बारिमा अहिले काउली, बन्दा र आलु छ । उनले अन्य खेती गर्न छोडेकी छिन् । ‘हामीले मौसमी तरकारी मात्रै उत्पादन गर्ने गरेका छौं ’ उनले भनिन्, ‘तरकारी खेतीबाट हामीले वर्षेनी चार लाख भन्दा बढी बचत गर्ने गरेका छौं ।’ अर्का कृषक चुडामणि ढकाल पनि तरकारी खेती गरेरै जिविकोपार्जन गर्दछन् । ‘पाखुरा चलाएको खण्डमा नेपालमै सुन फलाउन सकिन्छ भन्ने हामीले गरेर देखाएका छौं’ उनले भने, ‘अहिले मैले ५ रोपनी जग्गामा तरकारी खेति गरिरहेको छु । कम्तिमा पनि तीनलाख यो सिजनमा नाफा हुने अपेक्षा छ ।’

उनले आलुको सिजनमा ४ लाख रुपैंयाँ कमाएको बताए ।

‘मैले आलुको सिजनमा ४ लाख भन्दा बढी रकम बैंकमा जम्मा गर्न सफल भएको छु ।’ उनले गाउँकै अन्य ४ जनालाई रोजगार समेत दिएका छन् । ‘गुराँसेको आलु, तरकारी जुम्ला, मुगुसम्म जाने गर्दछ ।’ स्थानीय व्यापारी अर्जुन शाहीले भने, ‘यहाँ फलेको सबै तरकारी विक्री गर्न कते जानैपर्दैन । सडकमा आएर विक्री गरेपनि सहजै बिक्री हुने गर्दछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x