×

NMB BANK
NIC ASIA

लागूऔषध कारोबार मुद्दामा फरार २ अभियुक्त पक्राउ

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गौशाला – लागूऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका २ अभियुक्तलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका साह विक्रम सम्वत् २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा राखी बिक्री वितरण गर्न लागेको अवस्थामा प्रहरीले उक्त गाँजा सुराकीको आधारमा छापा मारी नियन्त्रणमा लिएको थियो भने कारोबारी साह घरबाट भाग्न सफल भएका थिए । 


Advertisment
Nabil box
Kumari

अर्का कारोबारी यादव विक्रम सम्वत् २०६० असार २१ गतेका दिन ज१त ३२२ नम्बरको ट्याक्टरमा बालुवा लोड गरी बालुवाभित्र २०० किलो प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्न लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा जानकारी पाएपछि जलेश्वर–सम्सी सडकखण्डमा आरोपीले प्रहरीलाई देखेर ट्याक्टर छाडी भागेका थिए । 

Vianet communication
Laxmi Bank

क्रमशः १८ वर्ष र १५ वर्षदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार दुवै अभियुक्त दशैँ मेला मान्नका लागि लुकीछिपी गाउँघरमा आएको जानकारी पाएपछि प्रहरीले दुवैलाई घरैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

भारतबाट बोका ल्याउनेसँग असुली गर्दै प्रहरी 

महोत्तरीको विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् । जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् । 

उनले आफूजस्ता दर्जनौं व्यक्तिसँग प्रहरीले न्यूनतम रु ५० देखि १०० र कसैसँग १५० रुपैयाँसम्म माग्ने गरेको बताउनुभयो । त्यस्तै जिल्लाको मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, बथनाहा, कटैया, मनरालगायतका नाकाबाट पनि दशैंको बलिका लागि खसी बोका ल्याउनेसँग प्रहरीले रकम असुली गर्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन् । 

प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताए । कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ । 

महोत्तरीमा भारतसँग जोडिएका साना–ठूला गरी जम्मा १३ नाका छन् भने खुला वनसमेत रहेको छ । सबैतिर अहिले दशैँको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् र उनीहरू खसी बोका ल्याउनेसँग जथाभावी रकम असुली गर्ने गरेको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x