×

NMB BANK
NIC ASIA

आप्रवासन सङ्कटः होन्डुरसका हजारौं नागरिक सीमामा अलपत्र

कात्तिक ४, २०७५

NTC
Premier Steels

सिउडाड हिडाल्गो, मेक्सिको, - रोजगारी र नयाँ जीवनको सपना बोकेर अमेरिका हिँडेका ठूलो संख्याका होन्डुरसका नागरिकलाई मेक्सिको प्रवेशमा कडाइ गरिएको छ । मेक्सिकोका अधिकारीहरुले केही महिला र बालबालिकालाई मात्र मानवीय कारणबाट मेक्सिको प्रवेशको अनुमति दिएका छन् । 

ग्वाटेमाला–मेक्सिको सीमावर्ती नदीको पुलमा मेक्सिको प्रवेशको प्रतिक्षामा हजारौं बसिरहेका छन् । मेक्सिकोको दङ्गा प्रहरीले उनीहरुलाई पुलमै रोकेर राखेको छ । 

होन्डुरसका ठूलो संख्याका नागरिकहरु पैदल हिँडेर ग्वाटेमाला हुँदै मेक्सिको प्रवेश गर्न चाहन्छन् । उनीहरुको यात्रा यहाँ टुङ्गिने छैन । उनीहरु मेक्सिकोबाट संयुक्तराज्य अमेरिकामा आप्रवासी हुन चाहन्छन् । 

ग्वाटेमालाका लागि मेक्सिकोका राजदूत लुइस मानुएल लोपेजले महिला र बालबालिकाको नामदर्ता गरी सीमाबाट करिब ४० किमी टाढाको तापाचुला शहरमा अस्थायी शिविरमा राखिने बताउनुभयो । 

पुलमा रोकिएर थाकेका अरु सयौं व्यक्ति भने सुसियाट नदीको आसपास उपलब्ध डुङ्गाबाट नदी पार गर्न थालेका छन् । प्रहरीले पनि विशाल नदीको जोखिम मोलेर र नदी किनाराको लेदो माटोमा घस्रेर मेक्सिको प्रवेश गर्ने त्यस्ता व्यक्तिलाई रोक्न सकेको छैन । 

पुलमा धेरै मानिस २४ घन्टाभन्दा बढी समयदेखि रहेकाले चर्को गर्मी र भोकका कारण थाकिसकेका छन् । 

यता, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेभादाको एल्कोमा चुनावी सभामा बोल्दै आप्रवासीलाई अमेरिकाले स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँले आप्रवासीको लस्कर (क्याराभान) राजनीतिक प्रेरित रहेको र अमेरिकालाई ध्वस्त पार्नेतर्फ उद्यत रहेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “डेमोक्राट्सहरु यही क्याराभान चाहन्छन्, उनीहरुलाई यो क्याराभान मन पर्दछ । धेरै मानिस सोध्दैछन्, यो क्याराभान कसले शुरु गराएको होला ?” 

राष्ट्रपति ट्रम्पले मेक्सिकोले क्याराभान रोक्न गरेको प्रयासका लागि धन्यवाद दिनुभयो । “मेक्सिकोले अदभूत कार्य गरेको छ । मेक्सिको र मेक्सिकोका नेताहरुलाई धन्यवाद । यो किन भइरहेको छ भने आजको मेक्सिकोले संयुक्तराज्य अमेरिकाको नेतृत्वलाई सम्मान गर्न थालेको छ ।” 

गत साता, ट्रम्पले मध्य अमेरिकी देशहरुलाई उपलब्ध गराउने सहायता कटौती गर्ने, सैन्य परिचालन गर्ने तथा मेक्सिकोले आप्रवासी रोक्न प्रयास नगरे अमेरिका–मेक्सिको सीमा बन्द गर्ने चेतावनी दिनुभएको थियो । 

होन्डुरसका राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज र ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालेसले आप्रवासन सङ्कटका बारेमा शनिबार छलफल गर्नुभएको थियो । 

“यो आप्रवासन राजनीतिक प्रेरित छ,” मोरालेसले भन्नुभयो, “आप्रवासनले देशको सीमा र राज्यहरुबीचको सदभावलाई बेवास्ता गरेको छ । यसले जनतामा नैराश्यता बढाएको छ ।” 

हर्नान्डेजले राजनीतिक स्वार्थसिद्धिका लागि जनतालाई दुरुपयोग गरिएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “जनताले अवसरको खोजी गरिरहेकाले हामीले धेरै काम गर्नुपर्छ भन्नेमा हामीमा कुनै शङ्का नै छैन ।” 

एक साता अघिमात्र होन्डुरसको पश्चिमी सहर सान पेड्रो सुलामा सामाजिक सञ्जालमा गरिएको आह्वान बमोजिम करिब दुई हजार स्थानीयबासी होन्डुरस छाड्न तयार भएका थिए । 

महिला र बालबालिकालाई प्रवेश अनुमति 

मेक्सिकोका अध्यागमन अधिकारीहरुले पुलको द्वार खोल्नासाथ महिलाहरु दौडिएर अगाडि बढेका थिए । “ओहो, म आज अति खुशी छु,” मेक्सिकोको जमिन टेक्नासाथ २१ वर्षीया गीना पाओला मोन्टेसले खुशीले चिच्याउँदै भनिन् । 

यो पुलमा महिला र बालबालिकाले रात बिताएका थिए । यहाँ सयौं मानिस खुला आकाशमुनि सुतेका थिए । ग्वाटेमालाको टेकुन उमान सहरमा पनि मानिसहरु मेक्सिको प्रवेश गर्ने आशामा खुला आकाशमुनि रातभर बसेका थिए । 

मेक्सिकाली अधिकारीहरुले पुलमा रहेका मानिसहरुलाई आप्रवासी शरणार्थीको मान्यता प्राप्त गर्नुपर्ने जनाएका थिए । ग्वाटेमाला सरकारले भने होन्डुरस फर्कन चाहनेहरुका लागि निःशुल्क बसको व्यवस्था गरेको जनाएको छ । 

मेक्सिको छिर्न नपाएका छ सयभन्दा बढी व्यक्तिले आफ्नै मुलुक होन्डुरस फर्कन बससेवा लिएको प्रहरीले जनाएको छ । 

होन्डुरसका आप्रवासीसँग मेक्सिकाली प्रहरीको सीमाक्षेत्रका ठाउँठाउँमा शुक्रबार भिडन्तहरु भएका थिए । भिडबाट दङ्गा प्रहरीमाथि ढुङ्गा र अरु बस्तुहरु फालिएको थियो । प्रहरीले भीड तितरबितर गर्न रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो । यी आप्रवासी संयुक्तराज्य अमेरिका प्रवेश गर्न प्रतिबद्ध रहेका देखिन्थे । 

प्रहरीसँगको झडपका कारण केही व्यक्ति घाइते भएका छन् । प्रहरीको हस्तक्षेपपछि मात्र शान्ति कायम भएको थियो । 

मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नीटोले पछिल्लो परिस्थिति अनौठो रहेको बताउनुभयो । 

यो क्याराभान (समूह) का आयोजकहरुले केही आप्रवासीले मात्र प्रहरीसँग सामान्य विवाद गरेको बताउँदै शान्तिपूर्वक मेक्सिको प्रवेश गर्न चाहनेहरुलाई भड्काउन प्रहरीमाथि आक्रमण गरिएको जनाएका छन् । 

बाइस वर्षीय अलेक्स बेनिटेजजस्ता केहीले भने नदी पार गराउन स्थानीयलाई पैसा तिरेका थिए । “उनीहरुले भिसा मिलाउने वचन दिएका थिए तर उनीहरु हिजोदेखि पुलमै छन् । उनीहरुले हामीलाई केहीपनि दिएका छैनन्,” बेनिटेजले बताए । अरु साथीहरुसँगै उनी पनि ट्रकको टायरले बनाइएको डुङ्गाबाट नदी तर्ने कोशिस गरिरहेका थिए । 

केही घर फर्किए 
होन्डुरसका ब्रायन रिभेरा (२५) जस्ता केहीले भने अमेरिकाको स्वप्निल जीवनशैली त्यागेर स्वदेश फर्कने निर्णयमा पुगेका छन् । “बरु स्वदेश फर्किनु नै ठीक छ । अमेरिका पुग्नु अति कठिन छ ।” उनी ग्वाटेमाला सरकारले उपलब्ध गराएको बसमा यात्रा गरेर होन्डुरस फर्कन चाहेका छन् । 

मसिनो स्वरमा बोल्ने रिभेराले आफूसँग तीन जना साथी रहेको बताए । उनका साथीहरुले क्याराभानमै रहने बताएका छन् । मेक्सिकोमा पुगेपछि फेरि देशनिकाला हुनुपरे परिस्थिति अझ खराब हुने उनको बुझाइ छ । 

आप्रवासीहरुले सामान्यतया होन्डुरसमा व्याप्त गरिबी र असुरक्षाका कारण देश छाडेको बताएका छन् । होन्डुरसमा हिंसात्मक झडप र लुटपाटले आम मानिसलाई सङ्कटमा पु¥याएको छ । 

प्रत्येक एक लाख नागरिकमा ४३ जनाको हत्या हुने गरेको होन्डुरस विश्वमै सर्वाधिक हिंसा मच्चिएको मुलुकमा गनिन्छ । रासस/एएफपी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x