×

NMB BANK
NIC ASIA

खुमल–१० रोप्न चाहँदैनन् किसान

कात्तिक ३०, २०७५

NTC
Premier Steels

ललितपुर- रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई खुमल–१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन । 

नार्कले केही वर्षयता किसानलाई खुमल–१० सिफारिश गरिरहे पनि किसानले भने खुमल–४ नै लगाउने गरेका छन् । खुमल–४ को उत्पादन क्षमता बढी भएकाले किसान त्यसप्रति आकर्षित भएको बाली विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक राजेन्द्र भट्टराईले बताउनुभयो । खुमल–४ लाई रोगले आक्रमण बढी गरेका कारण केही वर्ष अघि नार्कले खुमल–१० को विकास गरेको हो । किसान भने अझै पनि खुमल–४ नै रोज्ने गरेका छन् । उहाँले भन्नुभयो, “किसानले रोग लागे पनि धेरै उत्पादन दिने जात नै रुचाउँछन् ।” 

खुमल–४ ले प्रतिहेक्टर झण्डै ६ टन उत्पादन दिन्छ भने खुमल–१० ले प्रतिहेक्टर पाँच टन मात्र उत्पादन दिन्छ । किसानले धानमा रोग प्रतिरोधात्मक क्षमता, उत्पादन, स्वाद, नढल्नेलगायतका गुण हेर्ने गरेको भट्टराईले बताउनुभयो । “अवगुण भए पनि किसानले उत्पादन क्षमता बढी भएका जात नै रुचाउने गरेका छन्,” भट्टराईले भन्नुभयो । एउटा जातको धानको बीउ लामो समयसम्म लगाउँदा त्यसमा भएका गुण विस्तारै हराएर जाने उहाँले बताउनुभयो । विसं २०४४ मा नार्कबाट सिफारिश भएको खुमल–४ मा विभिन्न समस्या देखिन थालेपछि खुमल–१० सिफारिश भएको हो । उहाँले भन्नुभयो, “खुमल–४ जस्तै उत्पादन दिनसक्ने नयाँ जात अहिले आवश्यक देखिएको छ ।” 

नार्कअन्तर्गतको बाली वनस्पति महाशाखाले नयाँनयाँ धानको बीउका जात सिफारिश गर्दै आएको छ । बाली विज्ञान महाशाखाले भने सिफारिश भएका जातको परिमाण बढाएर विभिन्न माध्यमले किसानलाई बीउ उपलब्ध गराउँदै आएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x