मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा छोरी र आमाबीच विवाद हुँदा आमाले छोरीको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापरा टोलमा आमाले १६ वर्षीय छोरीको हत्या गरेको हो ।
बुधवार रामवरण मण्डलकी १६ वर्षीय छोरी सोनी मण्डललाई उनकै आमा ४५ वर्षीय रामकुमारी मण्डलले घाँटी थिचेर हत्या गरेको आरोपमा आमा रामकुमारीलाई पक्राउ गरिएको एसपी थपलियाले बताए ।
पक्राउ परेकी आमाले हत्या गरेको कुरा स्वीकार समेत गरिसकेको उनले बताए । ‘आफूले इच्छाएको केटासँग बिहे गर्ने विषयमा छोरीको आमाबुवासँग विगत १ सातादेखि विवाद चल्दै आएको थियो । तर आमाबुवाले भने त्यो कुरा मान्न तयार थिएनन् । परिणाम स्वरूप आमाले छोरीलाई विगत ७ दिनदेखि घरमै थुनेर राखेका थिए,’ एसपी थपलियाले भने ।
केटाकेटीकै उमेरमा भागेर बिहे गर्ने क्रम बढेकाले आफ्नो छोरी पनि कहीँ भाग्लान् कि भनेर उनीहरूले छोरीलाई थुनेर राखेका जनाइएको छ । ‘आमाबुवा र छोरीको अलग–अलग खाना समेत बन्ने गर्थ्यो । बुधवार साँझतिर आमा र छोरीबीच खाना खाने बेला झगडा भयो । झगडाका क्रममा छोरीले आमालाई घरको गेट बन्द गर्ने ‘बिलैया’ काठले हिर्काउँदा आवेशमा आएर आमाले पनि छोरीको घाँटी थिची हत्या गरिन्,’ एसपी थपलियाले भने ।
घटनाको अनुसन्धानका क्रममा मृतकका आमाबुवा र छिमेकीलाई समेत पक्राउ गरेर सोधपुछ गरिएको भएपनि आमा मात्र दोषी देखिएकाले अरु सबैलाई छाडिएको उनले बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...