९ जना केन्द्रीय सदस्यले धारणा राखेसँगै सकियो आजको काँग्रेस बैठक

मंसिर २०, २०७५

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार पनि जारी रह्यो । 

 मंसिर ९ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी बैठक विधान संशोधन मस्यौदामा केन्द्रित रहेको छ । 


ADVERTISEMENT

आजको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, दिलबहादुर घर्ती, डा मिनेन्द्र रिजाल, शंकर भण्डारी, जीवन परियार, सुजाता परियार, बीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राखेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि जारी रहनेछ । 

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस